Friday, August 16, 2013

साउनको अन्तिम दिन

  •  अनमोलमणि
त्यसै गरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रातरातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रैजस्ता केहीछायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती।


तिम्रो सम्झना तर्साएर जिस्किरहे चट्याङको आवाजसँगै
विजुलीका धर्साहरु आकाशको मझेरीबाट मसँग
तर साउनको भेलजस्तै गएकी छौ तिमी एक्कासी
र कुनै पनि बेला पग्लिएर विलिन हुन सक्ने
वा जमिरहने बनाएर मलाई
तिमीसँगै गएका छन् मेरा सुन्दर सपनाहरु।

उमेर बाहेका सम्झनाको कुनै कुरो बाँकी नरहेको यो जीवनमा
तिमी गएकी छौ मसँग वाचा बन्धन गरेर फर्किने गरी
साउनको अन्तिम दिन
कहिल्यै नफर्किने गरी गणनामा बाँकी भएर गएको छ
साउनको अन्तिम दिन।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।