Friday, August 2, 2013

कथा /एउटा अर्को गुलाब

मलाई त्यो गुलाबले छातीमै लागेको थियो। मुटु धड्किने छातीको देब्रे पाटोनेर। त्यसपछि म बेहोस भएको थिएँ।
म बेहोस भएपछि छेउमा यस्ता वाक्य बोलिए :

'उसलाई गुलाबकै थुँगाले लागेको छ। कसले हान्यो त्यो फूलले? राम्ररी छिमलिएको छैन कि के त्यसका डाँठ, राम्ररी हेर? त्यसका घुमे्रका काँढाले उसको कोमल छाती कोतरे जस्तो छ। चोट पक्कै मुटुसम्म पुगेको हुनुपर्छ। नत्र किन फूलले छुँदै यसरी लत्रेर बेहोस हुन्थ्यो?'

मेरै छेउमा पछारएको अखबारको पहिलो पृष्ठमा लेखिएको खबरको शीर्षक यस्तो थियो, 'सहरमा साना हतियारको बिगबिगी'।


त्यही भएर धेरैले ठानेका थिए, मलाई गोली नै लागेको छ। मान्छे मार्न एक गोली काफी थियो। फूलले लागेर व्यक्ति यसरी घाइते हुन्छ भन्नेमा उपस्थित आमनागरकि विश्वस्त थिएनन्। तिनका आँखा वास्तविकता जान्न आतुर थिए। अलिकति निधार खुम्च्याएर, अलिकित आइब्रो र परेला तन्काएर सकेसम्म सही कुरा के हो खुट्याउन प्रयासरतहरू मलाई गोली नै लागेको हो भन्ने जिद्दी गर्दै थिए। तर, म रगतपच्छे भएको थिइनँ। त्यसैले 'होइन होइन' भन्नेहरू पनि त्यत्तिकै थिए।

रगत नदेखे पनि गोली लागेको हो भन्नेहरूले अखबारका केही खबरलाई आधार बनाएका थिए। तिनले आधार बनाएका खबरमा यस्तो थियो :
  •   प्रेमीले पहिले प्रेमिकाको निधारमा चुमेको थियो। फूलैफूलको जंगलबीच प्रेमिकाले आँखा बन्द गरेकी थिई। त्यही बेला वर्षौंदेखिको पि्रय प्रेमिकाको चाक्लो निधारमा एउटा गोली खर्चेर उसले प्रेमिकाको हत्या गरेको थियो। प्रहरी बयानमा उसले भन्यो, "म उसको प्रेममा पागल छु। म यति धेरै उसलाई मन पराउँछु कि आफूलाई पनि त्यति माया गर्दिनँ। तर, उसले मलाई बुझिन। मेरो भावनामाथि खेलबाड गरी।
  •   एक थान गोलीले छाती चुमेपछि व्यापारी सडकमै डङ्ग्रङ्ङ लड्यो। त्यसपछि उसको आत्मा शरीरबाट मुक्त भयो। सहरको एउटा अज्ञात समूहले घटनाको जिम्मेवारी लिँदै भन्यो, 'चन्दा नदिनेलाई हामी यसैगरी गोलीले भगवान्को नजिक पुर्‍याउँछौँ।'
  •   परीक्षामा चिट चोर्न नदिने शिक्षकलाई एउटा विद्यार्थीले केहीबेरको भनाभनपछि कम्मरपछाडि लुकाएको कटुवा पेस्तोल निकालेर एक गोली हानेको थियो। जसको प्रहार यति कठोर भयो कि शिक्षकले फेर िचिट नचोर भन्ने नैतिक पाठ सिकाउने अवसर नै पाएन। भाग्दै गर्दा स्कुल चौरमा विद्यार्थीले भन्यो, "चोर्न पाउनु मेरो नैसर्गिक अधिकार हो। हेरौँ कसले चोर्न दिँदैन!"
  •   श्रीमतीले पूर्वप्रेमीको आग्रहमा श्रीमान्लाई आफ्ना कोमल औँलाले स्टिगर दबाएर कन्चटमा प्रहार गरी। सधैँ आफूसित नांगै घन्टाँै मडारनिे ओच्छ्यानमा श्रीमान्ज्यूको शरीर पछारएिको थियो। असहज महसुस नगरी सारी सम्हालेर श्रीमतीले लोग्नेको घर छाडेकी थिई। त्यसपछि उसले भनी, "म बन्धनमुक्त भएकी छु। अब जोसुकैलाई चुम्न, हेर्न र छुन स्वतन्त्र छु।"
  •   ओम माने पद्मे हुम्... मन्त्र जप्दै गुम्बाअघि हिँडेको एउटा भिक्षुलाई स्वयम्भूको जंगलनजिकै केही लुटेराले गोली हाने। उसको गेरु झोला खोसे। झोलामा बुद्धका वाणीहरू भएको एउटा पुस्तक थियो। भुइँमा उसको टाउको गोलीले धोद्रो पारेको थियो। तिनले भिक्षुको हातको माला पनि खोसे। त्यसपछि माला जप्दै स्वयम्भूका मानेहरू घुमाउँदै लुटेराहरू मन्त्रोच्चारण गर्दै थिए, 'बुद्धम् शरणम् गच्छामि।'
यस्तो बेला कसले खर्चियो यो एक थुँगा फूल? जुन मेरा लागि पित्तलको एक गोलीसरह भएको थियो। म एउटै थुँगाले बेहोस भएको थिएँ।

बेहोस हुनुअघिसम्म म आफ्ना एकजोर खुट्टाले ठमठम हिँड्दै थिएँ। आकाश खुलेको थियो। यो सबै गतिविधि थापाथलीबाट वाग्मती पुल तरेपछि भएको थियो। प्रहरी चौकी अघिल्तिर। देब्रेपट्ट िघुम्तीमा, पान, भाँडा, साइकल र मिठाई पसलनजिकै सडकमा म पछारएिको थिएँ। त्यसको ठीक पारपिट्ट िएउटा पुस्तक पसल पनि थियो। नजिकै एउटा पत्रिकाको कार्यालय पनि।

अँ, वाग्मती अल्छीलाग्दो गरी मैलो न मैलो लेदो बोकेर बगिरहेको थियो। वाग्मती किनारका सुकुम्बासीहरू नजिकैको डोजर हेरेर बसिरहेका थिए। केही केटाकेटी डोजरमाथि चढेर खेल्दै रमाइरहेका थिए। डोजर तिनले टाउको लुकाउँदै आएको सानो छाप्रोमा नंग्रा गाड्न तम्तयार थियो। मानौँ त्यो डोजर होइन, गरबिको झुपडीमा पड्किन लागेको मिसाइल हो। बिचरा केटाकेटी त्यो के बुझ्थे?

म बेहोस हुने बेला काठमाडौँमा फेबु्रअरी १४ को गुलाबी जाडो बढेको थियो। फेब्रुअरी १४ ले सुकुम्बासी बस्तीमा कुनै प्रभाव परेको थिएन।

डोजर बसेकै र केटाकेटी खेलिरहेकै ठाउँनजिकको छाप्रोबाट निस्केकी एउटी किशोरीले साथीसित भनेकी थिई, "सालेहरू ! बस्न पनि नदिने भए। सुत्न पनि नदिने भए। यो जाडोमा कहाँ गएर टाउको लुकाउनु होला ! सबै नेता चोर छन्। भोट हामीसित माग्छन् र हामी बस्ने घर भत्काएर रमाउन खोज्छन्, सालाहरू!"

मैले त्यो केटीलाई पुलुक्क हेरेको थिएँ। केटी राम्री थिई। सलक्क जीउडाल। मैलो जिन्स पाइन्ट, टाइट टिसर्ट र नबाटिएको कपालमा पनि उसको सौन्दर्य खुलेको थियो। उसले आक्रोशमा बोलेको स्वर मैले पर पुगुञ्जेले अप्रस्ट रूपमा सुनिरहेको थिएँ। प्रसूतिगृह, नर्भिक अस्पताल हुँदै मैले वाग्मती पुल काटेको थिएँ। पुल काटिसक्नै लाग्दा एक्कासि मलाई गुलाबको थुँगाले लागेको थियो।

त्यसपछि हो म सडकमा डङ्ग्रङ्ङ लडेको।

"गुलाबको एकै प्रहारमा ढल्ने कति कमजोर रहेछ यो मान्छे?" पावरदार चस्मा पहिरएिको हल्का दारीवालले मलाई हेर्दै दार्शनिक शैलीमा बोल्यो, "फूलजस्तो त्यो कुनै विष हो कि? कि कागजको फूल हो? अचेल फूलको ठाउँ कागजको फूलले लिएको छ। त्यसकै केमिकलले ऊ बेहोस भएको हो कि? यो फूल मात्रै हो भनेर पत्याउन सकिन्न। परीक्षणका लागि नास्ट लानुपर्छ।"

त्यहाँ उसले शंका गरेजस्तो केही थिएन। खासमा मलाई भर्खरै फक्रिँदै गरेको गुलाबले नै लागेको थियो। गिफ्ट पसलमा किनिएको ओरििजनल गुलाब। प्रमाणस्वरूप गुलाब मेरै छेउमा पछारएिको थियो। थुँगो छोएका त्यसका दुईवटा पात बिस्तारै कालो बन्दै ओइलिएका थिए। देख्नेलाई त्यो पत्याउन मुस्किल पर्‍यो। मैले केही भन्न सक्ने अवस्था नै रहेन। म त बेहोस जो भइसकेको थिएँ।

यस्तैमा एउटा होचो कदको मान्छे बोल्यो, "मुटुजस्तो रातो गुलाब दिएर यो मान्छेलाई कसैले प्रेम प्रस्ताव त राखिरहेको छैन?"

"प्रेम यति निर्दयी हुन्छ? एकै प्रहारमा भुतुक्कै पार्ने?" अर्कोले जवाफ दियो।

"हो, प्रेम यस्तै निर्दयी हुन्छ। यसको प्रत्येक प्रहारले भुतुक्कै पार्छ। मुटुमै हान्छ नि त! प्रेमको तीर छातीमा झ्वाम्म रोपिन्छ। जब प्रेमको तीर छातीमा रोपिन्छ अनि के भन्नू र ?" होचो कदको मान्छेको जवाफ सुनियो, "त्यतिखेर प्रत्येक गुलाबको प्रहार विष बन्न सक्छ। यो मान्छे त्यही भएर बेहोस भएको हुन सक्छ। तिमीलाई कहिल्यै प्रेमको तीर लागेको छैन जस्तो छ।"

त्यसपछि कोही बोलेनन्। धेरैको मनमा एउटै कुरा खेल्यो, 'निर्दयी बन्दै गएको यो सहरमा साँच्चैको फूल दिएर प्रेम साट्न चाहने को/कति होलान्? फूलसित मुटु साट्न चाहने, धमनीहरूमा फैलिएर, शिरा र कोषहरूमा कुदेर निःस्वार्थ आफ्नो बनाउन चाहने को होला? प्रत्येक पल मुटुमा धड्किरहन चाहने को होला? अबको दुनियाँमा यस्तो प्रेम सम्भव छ? सहरमा चल्ने प्रेमको बतासमा पहिले स्वार्थ, त्यसपछि घृणाका मसिना चक्का धेरै छन्। यो कुण्ठाको भकारीले भरएिको दुनियाँमा साँच्चै प्रेमको पुजारी को होला?'

तिनले उत्तर कसैलाई सोधेनन्। प्रश्न मनमै राखे। एक अर्कालाई हेरे। निःशब्द आँखाको भाषा एकआपसमा बुझेजस्तो गरे।

एकैछिनमा त्यहाँ एम्बुलेन्स आयो। ट्राफिकले तीखो स्वरमा सिटी बजाएर मोटरसाइकलबाट नओर्ली रमिता मात्रै हेरेर बस्ने भीड, रोकिएका ट्याक्सी र विक्रम टेम्पो, अलिकति झ्यालको सिसा खोलेर हेर्दै गरेका निजी सवारीलाई गन्तव्यतिर पठायो। पुरानो बन्दुक र छोटो डन्ठा बोकेका प्रहरीको जमातले घटनाबारे एकसरो कुरा गर्‍यो। देखी जान्नेहरूले घटनाबारे सविस्तार बताए।
होस आउँदा म नर्भिक अस्पतालको बेड नम्बर १ सय २ मा लम्पसार थिएँ। सेतो एप्रोन, गुलाबी अनुहार र नीला आँखा भएकी डाक्टरले लेघ्रो तानेर मलाई सोधी, "अहिले तपाईंलाई कस्तो छ?"

चोर, बूढी र माझी औँलाले चेपेको स्टेथेस्कोप उसले मेरो छातीको देब्रे पाटोमा टाँसी। जहाँ मलाई त्यो गुलाबले लागेको थियो। मेरो मुटुको धड्कन सुनी। प्रेसर जाँची। दाहिने हातले निधार छामेर ऊ फिस्स हाँसी। सानो सर्पजस्तो स्टेथेस्कोप काँधमा बेरेर मन्द मुस्कानसाथ उसले भनी, "तपाइर्ंलाई त केही भएको छैन त!"

उसले मेरो धड्कनको खास कुरा बुझेर केही भएको छैन भनी वा नबुझेर? मैले बुझिनँ? एउटा बेरोजगार युवाको धड्कन कसरी ठीक हुन्छ? बेरोजगार युवाको धड्कन ठीक हुनु समस्या हो कि समाधान? मैले उसलाई सोधिनँ।

त्यसपछि मैले आँखा चिम्म गरेँ। आखावरपिर ितिनै डाक्टरको एकजोर नीला आँखा र झरझराउँदो गुलाबको एक थुँगा सलबलाइरहे। आँखा चिम्लिनुअघि मैले उसको छातीको देब्रे पाटोमा टाँसिएको नामको चिर्कटो पढेको थिएँ। लेखिएको थियो, डा गुलाब चौधरी, जसलाई सँगै स्कुल पढ्दा मैले मन पराएको थिएँ। र, गुलाबको पोस्टकार्डसहित एक थान प्रेमपत्र पठाएको थिएँ ।

6 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

CHRIS WALKER said...

यदि तपाईंलाई आफ्नो आर्थिक आवश्यकताहरु लाई हल गर्न को लागि तत्काल ऋण को आवश्यकता हो, हामी $ 3,000.00 देखि $ 80,000,000 सम्म को ऋण को पेशकश गर्दछ। अधिकतम, हामी विश्वसनीय, कुशल, तेज र गतिशील हो, 100% गारंटी ऋण संग यो फिब (यूरो, म र मजा र डायरेक्ट्स।) यदि तपाईं हामीलाई फिर्ता लिने रुचि राख्नु हुन्छ भने सबै ऋणको ब्याज दर (3%) हो। इमेल
lapolendersfirm@gmail.com

Anonymous said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Anonymous said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

MRS ZONAT said...

आज तपाईलाई ऋण चाहिन्छ? ... तपाईलाई कार ऋण चाहिन्छ, व्यवसाय ऋण, छात्र ऋण, तपाईंसँग पनि एक खराब क्रेडिट स्कोर छ, र तपाईंलाई ऋण चाहिन्छ। यदि हां कृपया हामीलाई ईमेल मार्फत थप जानकारीको लागि सम्पर्क गर्नुहोस्: Mrszonatloancompany@gmail.com

MRS ZONAT said...

आज तपाईलाई वैध ऋण चाहिन्छ? या तपाईं यस वर्ष 201 9 मा एक व्यापार मा निवेश गर्न को लागि तैयार गर्दै छन्, हामी पनि ऋण, घर ऋण, व्यापार ऋण कृषि ऋण, कमेन्ट ऋण विद्यार्थी ऋण आदि लाई पनि दिछन ... यदि तपाईं आज राम्रो तरिकाले जान्नुहुन्छ कि तपाईले आज दयालु सम्पर्क हामीलाई थप जानकारीको लागि ईमेल मार्फत: alexstone.greatsoul@gmail.com