Saturday, August 10, 2013

दोहोरीमा परदेश पीडा

  • अनमोलमणि
कुनै बेला यस्तो थियो, झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत सुनेर भक्कानिने धेरै थिए । परदेशिएको ‘लाहुरे’ श्रीमान्, छोरो, भाइ र आफन्तको दुख समेटिएको त्यो गीत सारंगीमा रेटि“दा मन भारी बनाएर आ“खा पिलपिल पार्थे । त्यति बेलाको वैदेशिक रोजगारी भारत वा वेलायती सेनामा हुने भर्ना थियो । ती ‘लाहुरे’ गनिन्थे । वर्षौमा घर फिर्थे । प्रियजन र आफन्त भेट्थे, दुख सुनाउ“थे । लडाइमा कहा“ परिन्छ पत्तो थिएन । तिनै अनुभूति गीतमा समेटिएका थिए ।
अहिले पनि पारिवारिक खुसी र आर्थिक उन्नतीका लागि विदेशिनु पर्ने बाध्यता बदलिएको छैन । स्वदेशमा घट्दो अवसरले वैदेशिक रोजगारीमा जाने दिनदिनै बढेका छन् । कुल जनसंख्याको ६५ प्रतिशत गरिब नेपालीको सजिलो गन्तव्य बनेको छ खाडी मुलुक । सरकारी तथ्याङ्क अनुसार यसरी सस्तो श्रम गर्न जानेको संख्या दैनिक ७ सयको हाराहारीमा छ । कतारमामात्रै यो संख्या ३ लाखभन्दा बढी छ । मलेसिया, इराक, युएइ, दुवइ, कुबेत लगायत देशमा गरेर सस्तो श्रममा गएका नेपाली करिब १५ लाख छन् । त्यसमध्येका ३० प्रतिशत अत्यन्त जोखिमको काममा छन् । वैध वा अवैध रुपमा त्यहा पुगेका नेपालीको जीवन सुखी छैन, ‘रण है प¥यो भन्दिए’ शैलीकै दुखिया दैनिकी छ ।

अहिले चल्तीका केही दोहोरी गीतमा वैदेशिक रोजगारीका तिनै पीडा समेटिएका छन् । कान्तिपुर एफएमका लाइबे्ररियन विष्णु वस्नेतका शब्दमा यस्ता लोक दोहोरीमा विदेश बस्नेको पीडा, घरको सम्झना, आफन्तको माया, प्रेमी, पे्रमिका वा श्रीमतीको झझल्को समेटिएको पाइन्छ ।
‘धेरै नेपाली कतार मलेसिया जाने भएर होला क्यासेटको नाम र गीत पनि त्यस्तै भावका छन्’, उनी भन्छन्, ‘घर परिवार र श्रीमतिको सम्झना तथा त्यहा काम गर्दाको दुख अनुभवका गीत धेरै छन् । केही गीत हङकङबारे र केही गीत अमेरिकाका बारेमा पनि आएका छन् । एक दुई बाहेक कतार मलेसियाजति तिनको चल्ती छैन ।’ यस्ता भाव समेटिएका करिब एक दर्जन गीत धेरैले रुचाएका छन् । बाकी क्यासेटमै सीमित । 
चल्तीमा रहेमध्येको एउटा हो ‘लाको छैन फर्की आउ“ला’ एलबममा ऋषि अधिकारी र बीमा कुमारी दुराले गाएको इराकको त्रासदी सम्झाउने भावको गीतः
सद्दाम हुसेन जन्मेको गाउमै छु
बाह« जना मारेको ठाउमै छु
लाको छैन फर्की आउ“ला झै“
सानु तिम्रो मुख देख्न पाउला झै
सुख दुख गरिखाउला झै
...................
राम्रै ठाउ“ हो भन्थ्यौ नि पहिले त
किन त्यस्तो बोल्छौ नि अहिले त
म बा“चुला कसलाई हेरेर
२०६२ भदौ १६ पछि यो गीत निकै चर्चामा रह्यो अहिले पनि बजिरहन्छ । यसले नेपालीको दुर्दान्त कथालाई जिवित तुल्याइदिन्छ । अहिले पनि क्यासेट बिकीरहेकै छ । त्यसपछि आएका क्यासेट ‘तातो हावा चल्छ सरर’, ‘फर्क जहाज चढी’, ‘मलेसिया साउदी कतार’, ‘चीठी आउदैन’, ‘नजाउ विदेश’, ‘मेरो माया मलेसियाको’, ‘बा“चे आउ“छु जन्मेको गाउघर’ चल्ती मध्येका एलबम हुन् ।

यी एलबममा समेटिएका दोहोरी गीतमा श्रीमान् र श्रीमतीका विछोड भाव, देशको सम्झना, चाडबाडको तिर्सना सुन्न सकिन्छ । मानवशास्त्री विष्णुप्रसाद दाहालका शब्दमा गीतमा समाजको स्वरुप देखिने भएकाले यस्तो भावका गीतले पछिल्लो समयमा बजार लिएको हो । ‘मरुभूमिको ५० डिग्री तातोमा श्रम पसिना पोखेर विदेशिनेले गरेको श्रम र दुखलाई गीतमा उतारेको पाइन्छ’, उनले भने, ‘परिवारको खुसीका लागि गएका आफै दुखमा छन् र परदेशमा कामकाज सजिलो छैन भन्ने गीतले देखाउ“छ ।’
श्रम मन्त्रालयका अनुसार भारत बाहेकका मुलुकमा काम गर्न गएका करिब १५ लाखमध्ये १ लाखभन्दा बढी महिला छन् । यस्ता श्रमिकले वर्षै साल ९० अर्बभन्दा बढी रेमिटेन्स देशमा भित्रयाउ“छन् । भारतमा श्रम गर्ने नेपाली करिब १५ लाख छन् । उनीहरुबाट वर्षेनी १० अर्ब रेमिट्यान्स भित्रिने अनुमान छ । यसो गर्दा झण्डै १ खर्ब रुपैया रेमिटेन्स वैदेशिक रोजगारीमा गएका र त्यसमध्ये पनि सस्तो श्रमबजारमा गएका नेपाली जनशक्तिबाट उठ्छ । यसले के देखाउ“छ भने गाउबाट शहर र शहरबाट विदेश जाने क्रम बढेको छ र गीतमा त्यसैले स्थान जमाउदै लगेको छ । 
नेपालमा चालु २७ विमान कम्पनीका दैनिक २ सय उडानबाट विदेशिनेको पीडाचाहि“ यही बसेका लेखक गायकले लेखे गायका छन् । गीतकार एकनारायण भण्डारी स्रष्टा समाजको नजिकको द्रष्टा हो त्यसैले यस्ता गीत आएका हुन् । ‘यस्ता गीतमा व्यापार पनि लुकेको छ’, क्यासेट कम्पनीका मालिक समेत रहेका गीतकार भण्डारी भन्छन्, ‘विदेशिने र उनीहरुको परिवारले पनि सुन्ने भएकाले यसमा धेरैको मोह छ । मनकारी सबै यतै छाडेर एक्लो विदेशिदा मन नदुख्ने कोही हुदैन, त्यही पीडा लेख्दा सबैले आफ्नो ठान्छन् । श्रमका लागि युवाको विदेश यात्रा सिर्जनाको उर्वर क्षेत्र हो ।’ त्यसैले उनले लेखे ः
एकघान मकै भए नि भुटे
पीरै पीरले भोकभोकै नसुते
चीठी आउदैन, सञ्चै छौ कि विचसन्चो खबर पाइदैन
.............................
तिम्रै पीरले हातमा काम आउदैन
कपाल कोर्न जागरनि लाउदैन

डेढ वर्ष कतार गएका श्रमिकका पीडा चियाएर नेपाल फिर्रेपछि पत्रकार देवेन्द्र भट्टराईले आफ्नो पुस्तक ‘रेगिस्तान डायरी’को भूमिकामा लेखेका छन्, ‘यता (नेपालमा) दाउरे, बन्चरे र घ“सिया हुनुको नियति छल्न खाडी पुगेका नेपाली दाजुभाइले उता पनि भेडाबाख्रा र उ“टका लागि घास बेचिरहेको देखे“ ।’ गीतकार र गायकले पनि यस्तै देखेका छन् । असिम महत, घनेन्द्र मास्की रानामगरको एलबम ‘तातो हावा चल्छ सरर’ मा खुमन अधिकारी र देवी घर्तीले गाएको  सुन्दा त्यस्तै लाग्छः
देख्दिन म फुलेको पालुवा
जता हे¥यो बालुवै वालुवा
तातो हावा चल्छ सरर
...........................
तिमी भयौ अरबको भूमिमा
रातदिन सम्झेर रुनी म

अध्ययनले भन्छ कुल जनसंख्यामध्ये ६५ प्रतिशत नेपाली गरिब छन् । गा“स, बास र कपासको आधारभूत अधिकारमा उनीहरुको सहज पहुच छैन । ऋणपान गरेर भए पनि उनीहरु परिवारको सुख र खुसीका लागि विदेशिएर दुई चार पैसो जोर्न चाहन्छन् । भत्केको घर बनाउन र छोराछोरी राम्ररी पढाउन चाहन्छन् । एलबम ‘नजाउ विदेश’मा जेवी लामाको इच्छा त्यस्तै छः
धन कमाइ पठाउ“ला
छोराछोरी ए कान्छी
बोर्डिङमा पढाउ“ला
नरोइ बसे ए प्यारी आ“सु नझारे ।

भुगोलको जति पर रहे पनि परदेशिएका सबै भावनात्मक रुपमा नजिक हुन्छन् । सूर्यमणि आचार्य, गीता देवी, लक्ष्मी कार्की र सुरज घिमिरे विदेशिनुको बाध्यता गीतमा यसरी व्यक्त गरेका छन् ः
गरिबीले सतायो अति
छोड्नु प¥यो बालबच्चा श्रीमति
बा“चे आउ“छु जन्मेको गाउ“घरमा, मरे बगरमा
.................
गयौ परदेश बन्नलाई धनी
बसेकी छु फर्कने दिन गनी
साउदी नगरमा
छिट्टै आउनु घर व्यवहार सम्झेर आफ्नै गाउघरमा

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।