Tuesday, August 13, 2013

विवाहेत्तर सम्बन्धका दुष्परिणाम

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ ।
यौन, अपराध र परिवार विखण्डन
  • अनमोलमणि
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया 
नचाहँदा(नचाहँदै छुट्यो हाम्रो माया 
अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको

सम्बन्ध टुक्रिनका कारण पहिल्याउन गीतकार राजुबाबु श्रेष्ठका यी शब्द काफी छन् । हरि लम्सालको संगीतमा मनोजराजले यी शब्द गाउँदा संयोग कस्तो परेको थियो भने गायिका श्रीमती अन्जु पन्तसित भर्खर(भर्खर उनको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको सम्बन्धविच्छेदको कारण थियो, विवाहेत्तर सम्बन्धको शंका । दुवैले दुवैलाई गरेको शंकाले संगीत बजारमा जमेको एउटा जोडी टुक्रियो । गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ुविवाहेत्तरको सम्बन्धले समाजमा श्रीमान्(श्रीमतीको कसिलो प्रेम पानीको फोकाजस्तो नचाहँदा(नचाहँदै फुटिरहेको छ ।ु २५ हजारले सीआरबीटी प्रयोग गरेको र करिब २ लाखले फेसबुक पेजमा मनपराएको यही गीतको भावजस्तै कहिल्यै नटुट्लान् भन्ने ठानिएका सम्बन्धहरू विवाहेत्तर सम्बन्धका कारण फेरि नजोडिनेगरी टुक्रेका छन् । कतिले आत्महत्या गरेर अमूल्य जीवन सकेका छन् । कति आपराधिक क्रियाकलापमा लागेर जेल जीवन बिताइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमडौंका डीएसपी वसन्त थापाले १५ कात्तिकमा आत्महत्या गर्नुको कारण पनि विवाहेत्तर सम्बन्ध नै भएको अनुसन्धानले देखायो । थापाको आत्महत्या खबर आएपछि प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी जवान प्रमिला भट्टराईले पनि त्यही बाटो रोजिन् । घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार, विवाहित थापा र अविवाहित भट्टराई बीचको घनिष्ट सम्बन्धले दुवैलाई मृत्युको मुखमा पुर्‍यायो । भन्छन्, गुपचुप सम्बन्धबारे परिवारको चियो र सम्बन्ध सार्वजनिक हुने भयले दुवैले आत्महत्या रोजेको देखिन्छ ।

 केही हप्ताअघि राष्ट्रिय महिला आयोगमा आएको एउटा उजुरी यस्तो थियो, मेरा श्रीमान् बाहिर अर्की केटी लिएर हिंँड्छन् । घर कम आउँछन् । दुई बच्चा र मेरो वास्ता गर्दैनन् । उनलाई सम्झाइ(बुझाइ मेरो परिवारको खुसी फिर्ता ल्याइदिनुपर्‍यो । आयोगले दुवैलाई झिकाएर सम्झायो ।

३ वर्ष कतार बसेर फर्केका पर्वतका दीपक चापागाईंकी श्रीमती मन्जु उनी आएको महिना नपुग्दै २ छोरीलाई अलपत्र छाडेर भिनाजू नाता पर्ने राजु पौडलसित भागिन् । गत असार ३१ मा म्याग्दीको बेनीमा भएको उक्त घटनापछि दीपक अहिले मानसिक रूपमै विक्षिप्त छन् । पोइल जाँदा श्रीमतीले लगेको ३ तोला गहना र १७ हजार रुपैयाँ उनका लागि ठूलो विषय भएन, समाज र परिवारमा उनीबारे हुने टिप्पणीले दुःखी बनाएको छ ।

धेरैलाई लाग्दो हो, श्रीमान्(श्रीमतीको सम्बन्ध भनेको नितान्त व्यक्तिगत कुरा हो । हुन पनि श्रीमान्(श्रीमती सबैभन्दा नजिकका साथी हुन् । सुखमा सँगै हाँस्ने, दुःखमा सँगै रुने र समस्यामा मिलेर त्यसलाई परास्त गर्ने आदर्श यी दुई साथीले बोकेका हुन्छन् । तर पछिल्लो समय लोग्ने(स्वास्नीबीचको यो आदर्श क्षय हुँदै गएको छ । जीवनभर सँगै बाँच्ने वाचाबन्धन गरेकाहरू सधैंलाई छुट्टनिे बाटोमा अग्रसर छन् ।


केहीअघि लक्ष्मीपूजाको अघिल्लो दिन काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्धविच्छेदका ३ वटा मुद्दामा बहस भयो भने गतसाता झन्डै ७ वटा यस्ता मुद्दामा बहस भयो । अदालतले सकेसम्म मिलाउने तर केही सीप नलागे मात्रै सम्बन्धविच्छेदको अन्तिम फैसला गर्ने गरेको छ ।

अपराधको स्रोत

घरमा श्रीमान् वा श्रीमती हुँदाहँुदै बाहिर मन डुलाउनेहरूले दाम्पत्य जीवनमात्रै धरापमा पारेका छैनन्, आफैं आपराधिक क्रियाकलापमा समेत मुछिएका छन् । कतिले पदरप्रतिष्ठा गुमाएका छन् । यस्तै सम्बन्धका कारण सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइराला श्रीमती हत्या अभियोगमा अहिले जेलमा छन् । महाबौद्धमा रेस्टुरेन्ट चलाउने एक महिलाले भाइ बनाएका व्यक्तिसँगको सम्बन्धका कारण श्रीमान्को हत्या गरिन् । हत्याले उनको इच्छा पूरा भएन, बरु योजना नै चकनाचुर भयो ।


मानवशास्त्री तथा कानुनविद उपप्राध्यापक डा। चन्द्रकान्त ज्ञवाली भन्छन्, देखावटी र खोक्रो बन्दै गएको पारिवारिक सम्बन्धले सामाजिक संरचनामै प्रभाव पार्छ । सामाजिक संरचना भत्किनु भनेको एक हिसाबले राज्यका लागि चुनौती हो । त्यसले देखिनेगरी ठूलो नोक्सानी त नपुयाउला, तर बेलैमा सचेत नभए यसले भोलिका दिन समाजमा झन् समस्या पार्न सक्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी धीरजप्रताप सिंहका शब्दमा विवाहेत्तर सम्बन्ध सहरी क्षेत्रमा प्रवृत्तिका रूपमा बढ्दै जाँदा त्यसले आपराधिक घटना निम्त्याएको छ । ुयस्तो सम्बन्धमा व्यक्तिको सामान्य लडह र भावनात्मक उत्तेजनाले समाजलाई हिंस्रक बनाउँदै लगेको छु, भन्छन्, ुपारिवारिक तनाव बढाएको छ ।ु

प्रहरी तथ्यांकअनुसार वर्षमा झन्डै २ हजारभन्दा बढी उजुरी श्रीमान्(श्रीमतीको नितान्त व्यक्तिगत विषयमा पर्छन् । त्यसमध्ये सबैभन्दा बढी विवाहेत्तर सम्बन्ध र बहुविवाहसम्बन्धी हुन्छन् । विवाहेत्तर सम्बन्धका कारण श्रीमान् वा श्रीमतीले बेहोर्नुपरेको भौतिक आक्रमण र मानसिक तनावले बिस्तारै उनीहरूलाई आपराधिक बाटामा धकेलिरहेको छ । सम्बन्ध गुपचुप हुन्जेल उनीहरू सामान्य रूपमा चलेका हुन्छन् । जब गोप्य सम्बन्ध बाहिर आउन थाल्छ, परिवारले चियो गर्न थाल्छ र त्यसको भेउ पाउँछ, त्यसपछि एउटा गल्ती छोप्न अन्य गल्ती गर्दै जाने र सामान्य व्यक्ति पनि आपराधिक बन्ने खतरा बढ्दै गएको छ ।

नेपालको काुननले विवाहेत्तर सम्बन्धलाई गैरकानुनी मानेको छ । व्यक्तिले एकभन्दा बढी विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । गैरकानुनी जान्दाजान्दै पनि प्रेम विवाहबाटै दाम्पत्य जीवन सुरुवात गरेका, शिक्षित, सामाजिक पद र प्रतिष्ठाको उच्च स्थानमा बसेका नै यस्तो समबन्धका कारण चर्चामा आइराख्छन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन त्यसको उदाहरण हुन् । अमेरिकाको गुप्तचर विभाग प्रमुखले विवाहेत्तर सम्बन्धकै कारण केही हप्ताअघि जागिरबाट हात धोएका थिए ।

त्यस्तो के कारण छ, जसले विवाहेत्तर सम्बन्धलाई बढाइरहेको छ रु मानवशास्त्री विष्णु दाहाल भन्छन्, ुनेपालमा मात्रै होइन, यो संसारमा चलेको प्रवृत्ति हो र यो नितान्त व्यक्तिसित सम्बन्धित छ । हाम्रो संस्कार र संस्कृतिमा यो नयाँ भएको छ ।ु उनको शब्दमा, यस्ता सम्बन्धको पछिल्तिर व्यक्तिको नैतिकता र शारीरिक आवश्यकता जोडिएको देखिन्छ । घटनाक्रमहरू हेर्दा व्यक्तिको यौनचाहनाले यी सब निम्त्याइरहेको देखिन्छ । प्रायः विवाहेत्तर यौनसम्बन्धकै कारण आपराधिक घटना भएका छन् । श्रीमान्(श्रीमतीबीच विवाद सुरु भएको छ र सम्बन्ध टुक्रेर विच्छेदसम्म पुगेको छ । सर्वोच्च अदालतको २०६७र६८ वाषिर्क प्रतिवेदनअनुसार, देशभरका जिल्ला अदालतमा पारिवारिक मुद्दाको संख्या २८ हजार ४ सय २१ वटा थिाए । जारी, नाता कायम, बहुविवाह, मानाचामल भराउने, अंश र सम्बन्धविच्छेदजस्ता पति(पत्नीसित सम्बिन्धत मुद्दा ९ हजार ४ सय ६५ वटा थिए । सर्वोच्चका एकजना अधिकारीका अनुसार, कुल मुद्दा संख्यामध्ये २२ प्रतिशत मुद्दा पारिवारिक विषयसित सम्बन्धित हुन्छन् । यी कानुनी उपचार खोज्न बाहिर आएका घटना हुन् । विवाहेत्तर सम्बन्धले पारेको प्रभावबारे समाजमा छुट्टै अध्ययन हुनसकेको छैन ।

प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयमा परेका करिब साढे २ हजार महिला हिंसाका उजुरीमध्ये विवाहेत्तर सम्बन्धले निम्त्याएका धेरै छन् । महिला आयोगमा पछिल्लो एक वर्षमा करिब ४ सय यस्ता उजुरी दर्ता भएका छन् । यसबाहेक

महिला अधिकारकर्मी, अधिवक्तासम्म पनि फुटकर उजुरी पुगेका छन् ।

यौन असन्तुष्टि र अराजकता

भनिन्छ, विवाह वैध यौनसम्पर्कको कानुनी आधार हो । यो वैध आधार बिस्तारै कमजोर हुँदै गएको छ । जीवनभर सँगै बस्नुपर्ने, सँगै सुत्नुपर्ने र बालबच्चा परिवारको रेखदेख गर्नुपर्ने श्रीमान्(श्रीमतीबीच मनमुटाव बढ्दै गएको छ । भनाइ नै छ, श्रीमान्(श्रीमती एउटै रथका दुई पांग्रा हुन् । विवाहेत्तर सम्बन्धपछि नेपाली समाजका यी दुई पांग्राचाहिं सँगै घुम्नै नसक्नेगरी बिग्रिन थालेका छन् ।

वरिष्ठ मनोचिकित्सक प्रा। पुष्पप्रसाद शर्माका अनुसार, यौन पनि मान्छेको आधारभूत आवश्यकता हो । झैझगडाले मात्रै विवाहेत्तर सम्बन्ध बसेका छैनन् । क्षणिक शारीरिक भोक पूरा गर्न पनि यो बाटो रोजेका छन् । परिवारमा यसको खतरनाक प्रभाव परेको छ । श्रीमती छाड्दै गरेका श्रीमान् वा श्रीमान् छाड्दै गरेका श्रीमती दुवैको तनाव उस्तै छ । तिनका छोराछोरी र परिवारका अन्य सदस्य पनि यसको प्रभावमा छन् । श्रीमान् वा श्रीमतीको विवाहेत्तर गोप्य सम्बन्ध त्यतिबेला सम्ममात्रै सुरक्षित मानिन्छ, जति बेलासम्म त्यसबारे कसैलाई जानकारी हुन्न । जब जानकारी चुहिन्छ, त्यसपछि तनाव सुरु हुन्छ ।

कास्कीका माओवादी नेता दम्पतीको पछिल्लो यौनकाण्ड त्यसको उदाहरण हो । पार्टीकै अर्का नेतासँग श्रीमतीको सम्बन्ध थाहा पाएपछि उनले घरमा काम गर्न ल्याएकी किशोरीसित विवाहको प्रलोभनमा सहमतिमै शारीरिक सम्बन्ध स्थापित गरे । श्रीमतीको सम्बन्ध उनले बाहिर ल्याएपछि उनकी श्रीमतीले श्रीमान्ले घरमा काम गर्ने किशोरीको यौनशोषण गरेको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । दुवैको यौनतृष्णाले दुवैलाई समाजमा नांगो बनायो ।

डीएसपी थापा पनि त्यसको पछिल्लो उदाहरण हुन् । उनलाई नपुग्दो केही थिएन । केही दिनपछि उनी फोर्सैबाटै यूएन मिसन जाँदै थिए । परिवारमा अतिरिक्त सम्बन्धबारे चासो हुनथालेपछि उनले आत्महत्याबाट समस्याको समाधान खोज्न थाले । घटनाहरूको विश्लेषणले देखाउँछ, श्रीमान् वा श्रीमतीसित यौनसन्तुष्टि र प्रेमपूर्वक व्यवहार नपाएका, लामो समय सँगै बस्न नपाएकाहरू बढीजसो अतिरिक्त सम्बन्धमा जोडिएका छन् ।

नेपालको करिब ४० लाख जनसंख्या विदेशमा काम गर्छन् । त्यसको ९० प्रतिशतभन्दा बढी विवाहित छन् । तिनका बैंसालु श्रीमती स्वदेशमै छन् । गाह्रोसाह्रोमा भर दिने, एक्लो महसुस भएका बेला आफन्त बनेर सहयोग गरिदिने र भावना मिल्ने व्यक्तिसित वर्षौंसम्म श्रीमान् वा श्रीमती छाडेर एक्लै बसेकाको सम्बन्ध हुनु अस्वाभाविक होइन भन्ने विश्लेषण जानकारहरू गर्छन् । समाजशास्त्री ज्ञवाली विशेषगरी यौनसम्बन्धलाई अत्यन्त सामान्यीकरण गर्ने सहरीकरणको शैलीले विवाहेत्तर सम्बन्ध बढ्दै गएको ठान्छन् । उनी भन्छन्, यो पश्चिमाकरणको अन्धो नक्कल हो । विदेशी संस्कारमा सम्बन्धविच्छेद ठूलो कुरा होइन । हाम्रो समाज त्यति उदार भइसकेको छैन । विवाहेत्तर सम्बन्धलाई समाजले पचाइहालेको अवस्था छैन ।

सहरीकरण र सञ्चारको विकास विवाहेत्तर सम्बन्धको अर्को कारण हो । यद्यपि सहरीकरण अघि पनि यस्तो सम्बन्ध नभएको होइन । अहिलेको विकासले व्यक्तिको भावना साट्न, नजिकिन र सम्बन्ध बढाउन थप सहज बनाइदिएको छ । महिलामा चेतना र सम्पत्तिको पहुँच तथा अधिकार बढ्दै गएको छ । आफूमाथिका अन्याय लिएर न्यायालय जाने, कानुनी उपचार खोज्ने क्रम पनि बढेको छ । यसले उनीहरूको इच्छाको आयतन बढाउन तथा आफूमाथि आउँदै गरेका समस्याबारे बोल्न हिम्मत दिएको छ ।

ज्ञवालीको तर्कसित सहमत दाहाल रेमिट्यान्सले देश विकासभन्दा धेरै सम्बन्ध विनाश गरेको तर्क गर्छन् । दाहाल भन्छन्, ुसमाजको यौन मनोविज्ञान विश्लेषण नगरी विवाहेत्तर सम्बन्धका भित्री पाटाहरू पहिल्याउन सकिन्न ।ु

सधैंको तनाव

मनोचिकित्सक शर्माका अनुसार, विवाहेत्तर सम्बन्ध भएका व्यक्तिहरू सधैं तनावमा हुन्छन् । यसले उनीहरूको समग्र व्यक्तित्व विकासमा बाधा पुर्‍याएको हुन्छ । तनावले व्यक्तिलाई उदास, आपराधिक, दुव्र्यसनी, झूठ बोल्ने, मध्यपान वा धूमपानको लती हुँदै आत्महत्यासम्म पनि पुर्‍याउँछ ।

शर्माको तीन दशकभन्दा लामो परामर्श करियरमा सयौंं जोडी यस्तो समस्या लिएर आएका छन् । त्यसमध्ये क्रमशः उच्च मध्यम, मध्यम र उच्च वर्गका छन् । शर्माको अनुभवमा उच्च मध्यम र मध्यम

वर्गले यस्तो सम्बन्ध व्यवस्थापन गर्न नसक्ने गरेको देखिएको छ । उच्च वर्गले सकेसम्म भित्रै व्यवस्थापन गर्ने गरेका छन् । उच्चपद, शक्तिकेन्द्र र प्रतिष्ठामा बसेकाको सम्बन्ध बढी चर्चामा आउने गरेको छ । शर्मा भन्छन्, कानुनी उपचार खोज्ने क्रम बढेकाले अहिले यस्ता समस्या बाहिर आएका हुन् ।

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ । दुई व्यक्तिको सम्बन्धले दुईवटा परिवार तनावमा पर्छन् । त्यसको सामाजिक मूल्य तौलिन सकिन्न । व्यवहारजन्य परिवर्तनमा आउने यो एउटा मानसिक समस्या नै हो । शर्माको विश्लेषण छ, संसारमा कुनै कानुनले छेक्न र रोक्न नसक्ने कुरा मन हो । व्यक्तिको इच्छा हो । यसको व्यवस्थापन गर्ने स्वयं व्यक्तिले हो । यहाँ आफूलाई लापरबाही छाडिदिँदा समस्या देखिएको हो ।

गीतकार राजुबाबु श्रेष्ठको विचारमा एउटाका गल्तीले मात्रै सम्बन्ध बिग्रेको छैन । समाजमा बढेको प्रतिशोध, अनावश्यक देखासिकी, तामझाम, पैसा मोहका कारण विवाहेत्तर सम्बन्ध प्रवृत्ति बन्दै गएको छ । यही देखेर उनले लेखे:
अलिकति तिम्रो गल्ती भो 
अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।