Saturday, September 25, 2010

तातो हावा चल्छ सरर........


समाजशास्त्रीहरु भन्छन् गीत समाजको बिम्ब हो । गीत सुनेर पनि त्यो समाज कस्तो छ विश्लेषण गर्न सकिन्छ । नेपालमा अहिले चलेका लोक दोहोरीमा समेटिएको पीडाले हाम्रो समाजको हविगत नदेखाउने कुरै भएन ।

दैनिक १ हजार नेपाली युवा रोजगारीका लागि सस्तो श्रम बजारको मध्य पूर्व गइरहेका छन् । परिवार तिनलाई रोक्न सकिरहेको छैन । यहा बसुन्जेल हुर्केका छोराछोरी वा श्रीमानले विदेश गएर कमाए हुने भनेर बाउआमा र श्रीमतीले सोचिरहेका छन् । गएपछि आउने झल्कोले बरु यतै बस्या भए हुने रोटो पीठो नै खाएको भए हुने भनेर रोइ कराई गर्न थाल्छन् । श्रीमतीलाई श्रीमानको आवश्यकताले सताउन थाल्छ । बाउआमालाई छोराको पिरलोले ।

त्यही भएर होला लोक गीतमा विदेशका पीडा अभिब्यक्त भएको । मरुभूमिमा काम गर्नेका पीडा गीतकारले लॆखिरहेका छन् । गायक गायिकाले त्यसलाई गाएका छन् । र सुनिरहेका छन् विदेशिएकाको परिवार र तिनै विदेशिने जनहरु ।

Friday, September 17, 2010

सीडीमा कथा

रमझम
सीडीमा कथा


नेपाली साहित्यले गुम्दै गएका पाठक समेट्न प्रविधि उपयोग गर्न थालेको छ। यसअघि जेल जर्नल (बीपी कोइराला), सेतो बाघ (डायमन शमशेर राणा) र सोच (कर्ण शाक्य) का सीडी बजारमा आएका थिए। अहिले युवा साहित्यकार अनमोलमणिको कथा सङ्ग्रह नीलिमा र गाढा अँध्यारो सीडीमा सुन्न सकिने छ।

१ घण्टा १४ मिनेटको यो सीडीमा नीलिमा र गाढा अँध्यारो का एक दर्जन कथामध्ये पाँच वटा सुन्न पाइन्छ। कथा मनपराउने तर पढ्न नभ्याउनेहरूले अब सीडी प्लेयर, आइपोड, पेन ड्राइभ, एमपी थ्री, डेस्कटप वा ल्यापटपबाट साहित्यको स्वाद लिन सक्नेछन्। लामो यात्राका वेला यो अझ् स्वादिलो हुनेछ। अनमोलमणिले रु.१२५ को यो सीडी दृष्टिविहीनहरूलाई निःशुल्क वितरण गरेको बताए। सीडीमा पार्श्व सङ्गीतसहित कथा वाचन अच्युत घिमिरेले गरेका छन्।

you can read this article on Himal Khabar Patrika or you can click

 http://himalkhabar.com/news.php?id=3667