Saturday, September 25, 2010

तातो हावा चल्छ सरर........


समाजशास्त्रीहरु भन्छन् गीत समाजको बिम्ब हो । गीत सुनेर पनि त्यो समाज कस्तो छ विश्लेषण गर्न सकिन्छ । नेपालमा अहिले चलेका लोक दोहोरीमा समेटिएको पीडाले हाम्रो समाजको हविगत नदेखाउने कुरै भएन ।

दैनिक १ हजार नेपाली युवा रोजगारीका लागि सस्तो श्रम बजारको मध्य पूर्व गइरहेका छन् । परिवार तिनलाई रोक्न सकिरहेको छैन । यहा बसुन्जेल हुर्केका छोराछोरी वा श्रीमानले विदेश गएर कमाए हुने भनेर बाउआमा र श्रीमतीले सोचिरहेका छन् । गएपछि आउने झल्कोले बरु यतै बस्या भए हुने रोटो पीठो नै खाएको भए हुने भनेर रोइ कराई गर्न थाल्छन् । श्रीमतीलाई श्रीमानको आवश्यकताले सताउन थाल्छ । बाउआमालाई छोराको पिरलोले ।

त्यही भएर होला लोक गीतमा विदेशका पीडा अभिब्यक्त भएको । मरुभूमिमा काम गर्नेका पीडा गीतकारले लॆखिरहेका छन् । गायक गायिकाले त्यसलाई गाएका छन् । र सुनिरहेका छन् विदेशिएकाको परिवार र तिनै विदेशिने जनहरु ।

No comments: