Sunday, April 28, 2013

कथा/स्खलन

घाम अस्ताएको थियो। अर्थात्, भर्खर खरानी झरेको झरझराउँदो कोइलाजस्तो गाढा सुन्तला रंगको एउटा चाक्लो पश्चिम आकाशबाट पर्तिर कतै बिलायो। त्यसका तीखा रेसादार किरण आकाशतिर गएका थिए। ती कहाँसम्म पुगेका थिए, फैलिएको आकाशमा मेरा आँखाले राम्ररी ठम्याउन सकेनन्। जमिनमा विस्तारै अँध्यारो घोप्टिने तरखर गर्दै थियो। अँध्यारो भइसकेको थिएन।

उखरमाउलो गर्मी थिएन। घामले हल्का राप जमिनबाट आइरहेको थियो। त्यसमा केही गन्ध महसुस गर्न सकिन्थ्यो। जाडो सकिएको थिएन। तर, बाक्ला लुगा लगाउनैपर्ने भने थिएन। रातीचाहिँ कम्मल नओढी सुत्न गाह्रो थियो।




रंगमञ्चमा कालो पर्दा खसेजस्तो विस्तारै अँध्यारो खस्दै गयो। लोडसेडिङ् एक साताका लागि हटेको थियो। सुनिएको थियो, पोखरीमा पानीको सतह बढेको छ। पोखरीमा पानी बढ्यो, सहरमा झिलीमिली बत्ती बले। कोठाको टीभी खोलेँ। एक्कासि उनको अनुहार देखेँ। उनी हाँसेका थिएनन्। गालाको दाहिनेतिरको खोपिल्टो उस्तै थियो। चाक्लो निधार, केही मोटो नाक। चिल्लो अनुहार। छरतिो ज्यान। सिरूपाते बाक्ला घोप्टे जुँगा। उनी उस्तै थिए। थुक लगाएर ओठ भिजाइरहने बानी पनि छुटेको थिएन।

"अलि मोटाएछन्," मनमनै सम्झेँ, "मलाई त बिर्से होलान्। आखिर यति ठूलो मान्छे भइसकेछन्। ठूला हुँदै गएपछि मलाई यो सहरमा कसले सम्भिmए र ? आफूलाई पार्टीको अध्यक्ष्ा भन्ने त्यो कालो धम्मरधुस, प्रहरीको त्यो हाकिम, भुँडीजस्तो बुद्धि नबढेको त्यो व्यापारी, अस्ित मात्रै ठूलो पुरस्कार पाएको त्यो लेखक, राज्यमन्त्रीमा सिफारसि भएको ङच्िच हाँस्ने त्यो लट्ठु नेता- आखिर कसले सम्झ्यो र मलाई ? ती सबैको अनुहार त मै पनि चिन्दिनँ।"

अगाडि तेर्सिएका क्यामरातिर हेर्दै उनको स्वर टीभीमा बजेपछि मेरो तन्द्रा भंग भयो। भन्दै थिए, "आखिर यो सब अधुरो क्रान्ति पूरा गर्नका लागि हो। हामी गर्छौं र भोलि पनि नेपाल बन्द निरन्तर हुन्छ। यो जनताको माग हो। क्रान्ति सफल पार्ने जनताको माग पूरा नगरी कसरी हुन्छ ? बन्दमा सबको मुक्ति छ।"

नेपाल बन्दले डान्सबार आज पनि बन्द थिए। झिलीमिली बत्तीमा भोलि पनि नाच्नु नपर्ने सम्झेर मन आनन्द भयो। "सुतिन्छ," मनमनै सोचेँ, "हिँडेर त जसले बोलाए पनि गइन्नँ। दिनभर घरै बसेर फिल्म हेरन्िछ बरु। भेट्न मन भए घरै आउँछन्। हिँड्नलाई रोकटोक छैन क्यारे !"

डान्सबारको साहूजीले केहीछिन अघि फोनमा भनेको थियोे, "मैले माथि कुरा गर्‍याछु, बन्द दिनभरलाई हो रे ! ७ बजेपछि त खोलूम् कि ? दिनभर सडक बन्द गरेर के भो ? बारमा आँखा बन्द गर्न सक्दैनन्, हेर्न आइहाल्छन् क्यारे उनीहरू पनि। नभए अलिअलि चन्दा दिएर पठाम्ला।"

"खोल्ने भए बेलैमा खबर गर्नू है," मैले भनेको थिएँ। 

फेर िएकछिनमा फोन गरेर साहूले भनेको थियो, "भैगो नचलाम्, व्यर्थैमा फुटाइदिए भने। के भर छ र ? डान्सबारमा न सरकारको भर छ, न उनीहरूको। सबैले हान्ने नै हुन्। हाने भने त हानिहाले नि !"

त्यसपछि मेरो दिन घरी छत, घरी बरन्डा गर्दै बित्यो। सडकमा हेर्‍यो मान्छे मान्छे। सिलिङ्मिलिङ् हिँडिरहेछन्। यो सहरमा कति मान्छे बस्दा हुन् ? हिँडेर कहाँ पुग्दा हुन् ? एकअर्काको अनुहार मिले पो ? 


कन्टेनरमा रातो डायरी


-अनमोलमणि-
विमान केही घण्टाका लागि डिले भयो। प्राविधिक कारण बताएर बजेको सूचनाको सुरिलो नारी स्वर लविमा गुन्जियो। यात्रुहरु चहलपहल गर्न लागे।
उठेर दुवै घुँडा तन्काएपछि म फेरि त्यही बेन्चीमा बसेँ। पुस्तक हातमै थियो।
मैले उसलाई लबीको अघिल्लो सीटमा देखेँ। खैरो झोला पिठ्युँपटि्ट बोकेर ऊ पछाडि फर्किँदा हाम्रा आँखा जुधेका थिए।
उसितको यो मेरो चौथो भेट थियो।
पहिलो पल्ट मैले उसलाई लमजुङको भार्तेमा भेटेको थिएँ, झण्डै सात वर्ष अघि। भूमिगत थियो। त्यो सदूर गाउँ। पुरानो स्कुल। साँझ पर्दै गरेको समय। स्कुलको कक्षामा भएको पत्रकार सम्मेलनमा उसले जोशिलो भाषण गरेको थियो, ‘क्रान्तिको कारबाहीमा हुने घटना सामान्य हुन्। बाँचे राज्य र मरे एउटा ज्यान भनेर हामी क्रान्तिमा हिडेका मान्छे देशको मुक्तिका लगि जे पनि गर्न सक्छौं।’ 
घाटीका नसा फुलाएर उसले बोलीसक्दा बुझेर वा नबुझेर उपस्थितले पटट ताली बजाए। किलो फुस्केर हल्लिएको बेन्चीमा बसेर मैले उसको भाषण सुनेको थिएँ, सञ्चारकर्मी भएर।
दोस्रो पल्ट मैले उसलाई इलामको एउटा क्यान्टोनमेन्टमा भएको सांस्कृतिक कार्यक्रममा भेटेको थिएँ। उसको आँखामा पहिलेजस्तो जोश देखिन्नथ्यो।
‘किताब लेख्दैछु’, कार्यक्रम सकिएको साँझ रातो डायरी देखाएर उसले भनेेको थियो, ‘यसमा धेरै कुरा आउने छ सर। हाम्रो क्रान्ति र समाजका नया कुरा। सिद्धान्त विचार सबै यही डायरीमा छ।’ डायरीमा किरमिरे नक्सा र टिपोट लेखिएको थियो।
त्यसको केही समयपछि एकाएक क्यान्टोनमेन्टबाट हराएको ऊ सोझै मेरो पत्रिकाको अफिस आएर मसँग लामै गफियो। ऊ राजधानीमै छ भन्ने जानकारी कसैलाई नदिन पनि भन्यो।
………. ………………… …………….
‘आखिर सब भ्रम रहेछ’, चियाको पहिलो सुर्कीसँगै त्यो भेटमा ऊ बेलेको थियो, ‘महानगरको मस्त सहर छिरेपछि क्रान्तिको ज्वाला विस्तारै सेलाउने रहेछ। हाम्रा नेतृत्वले त्यसै गरे। उमेरदार हामीलाई लडाए। सत्ताको सपनाले हाम्रो सपना चकनाचुर पारि दिए। सर, कति पड्काउनु खिया लागेको बन्दुक?’
त्यतिखेर उसले युद्धको विगत सम्झेको थियो। कहिले काहि आत्तिएजस्तो हुन्थ्यो। कहिले चनाखो भएजस्तो। ‘त्यही भएर म क्यान्टोनमेन्ट छाडेर हिडँे’, एक सर्को चुरोटको धुवा हावामा छरेपछि ऊ बोल्यो, ‘बन्दुक बोकेर, मान्छे मारेर मैले कुनै क्रान्ति गरेनछु सर। मेरा दुख सकिएनन् भविष्यमात्रै सकियो।’
किसान बाउ आमाको असहमतिवीच बन्दुक बोकेर हिंडेकोमा ऊ पछुतो मानिरहेको थियो। स्कुले पढाइ पूरा गर्न नपाएकोमा दुख मान्थ्यो। सोचमग्न हुदा निधार खुम्च्याउँथ्यो। चुप लाग्दा पनि ओठ खुल्ला खुल्ला झै हुन्थे, चल्थे। झसंग झसंग हुन्थ्यो। अत्तालिएजसरी दायाबाया हेरिरहन्थ्योे। आवाज प्रष्ट पार्न खोकेर उसले घाटी सफा पार्‍यो।
‘त्यति बेला’, ज्यानदार ठीटोले ओठ चलायो, ‘रातभर गोली पड्कायौं। ग्रिनेड बजार्‍यौँ। पुलिस चौकी, दुर सञ्चार, सरकारी कार्यालयमा आगो सल्कायौं। मान्छे चिच्याए। जमीनमा ढले। भुइमा मुलको पानी भुल्केजस्तो विस्तारै रगत बग्यो। आहाल बन्यो र जमेर कटकटियो। दोषी वा निर्दोष सबैका रगत राता थिए।’
उसका कुरा सुनेपछि लाग्थ्यो राजमार्गमा भारी ट्रक कुदेजस्तो बेतोडले कुद्ने मनको बेग धान्ने ब्रेक ऊ सित अब छैन। त्यसलाई नियन्त्रणमा नलिने हो भने ऊ बालुवाको मुठ्ठीजस्तो फुस्किदै सकिने छ। साहसी हुन चाहेको तर कमजोर मान्छे बनेको पत्तो पाएपछि उसलाई पश्चाताप भएको छ।
म चुपचाप उसको कुरा डायरीमा टिपिरहेको थिएँ।

कथा/१९ नम्बर

खबारमा उसको आत्महत्याको खबर छापियो । 

ऊ आफँैले आफ्नो आत्माको स् वविवेक हत्या गरेको थियो । उसका बारे लेखिएको खबर पढेपछि मेरो आँखामा यस् तो दृश्य नाच्यो ः

इन द डार्क टाइम्स्

विल देयर अल्सो बी सिंगिङ् ?

यस्, देयर विल अल्सो बी सिंगिङ्

अबाउट द डार्क टाइम्स् ।

- ब्रतोल्त ब्रेख्त 

यी कवितांश पढ्दा ऊ मसँग ढेप्पिएर बसेको थियो विश्वविद्यालयको हरयिो पाखे चौरमा । अरू पनि यसरी बसेका थिए । मन्द हावामा रूखका पातहरू एकअर्कामा ठोक्किएर निस् केको आवाजले हाम्रो आवाज दबाउन सकेको थिएन । हामी बोली पनि रहेका थियौँ र कविता पढी पनि रहेका थियौँ । रूखको सियालमा बसेकाहरूको हातमा थियो नोटकापी र अंग्रेजी साहित्यका किताब । कतिका हातमा गेसपेपर । कोही जोडी बनेर गफिइरहेका । तिनले खित्का छाडेर हाँस् दा हामी बेलाबेला त्यता नजर दिन भ्याइरहेका हुन्थ्यौँ । 

"ह्या...कति पढ्नु ! जति पढे पनि दिमागमा घुस् दैन," ऊ बोलेको थियो ।

त्यसपछि उसले छ्याङ्ग आकाशमा आँखा कुदाएको थियो । तर, बोलेको थिएन । आँखा चिम्लेको पनि थिएन । म कवितांश दोहोर्‍याएर उसलाई सुनाइरहेको थिएँ । यसरी एउटा साँझ हामी त्यस चौरबाट बाहिरएिका थियौँ । 

०००

आत्मा कहिल्यै नउघारएिको एउटा अद्भुत रहस् य हो । आत्महत्या झन् रहस् य । समाजशास् त्री/मानवशास् त्रीले यसबारे गर्ने व्याख्या पूर्ण छैन । संसारमा पूर्ण पो के छ र ? त्यसैले होला, अखबारमा छापिने आत्महत्याका अरू खबरजस् तै यो पनि रहस् यमयी नै थियो । 

अखबारका पानामा घोप्टिएर म हत्या भएको आत्मालाई भेट्न हतारएिको छु । त्यो भड्किरहेको/नभड्किएको आत्मा यतै कतै छ कि ? म पुस् तकालयको कुना, चेप र टेबुलतिर पनि आँखा दौडाउँछु । 

बाहिर फुस्रो घाम लागेको छ । नरमाइलो ।



"यहाँ आत्मा भेट्ने कुनै सम्भावना छैन," मनमनै सोच्छु । मलाई आत्मासित कुरा गर्नु छ । मेरो पि्रय साथीको आत्मासित ।

मैले यस् तो सोचिरहँदा विश्वविद्यालयको मूल सडकमा तालुखुइले प्रोफेसरहरू अंग्रेजीमा गफिँदै हिँडेका छन् । टाइ लगाएर भलाद्मीझैँ देखिएका लेक्चररहरू हतारएिर क्याम्पसतिर लम्केका छन् । विद्यार्थी हूल आफ्नै तालमा मस् ताराम हिँडिरहेको छ । विद्यार्थी संगठनका केही नाराबाजी गर्दै विश्वविद्यालयको मूल भवनतिर झरेका छन् । तिनको आत्मामा के कुदेको होला भन्ने पनि सोच्छु । जिउँदो आत्मा चेतनामा छ । यी मरेका छैनन् । यिनले आफ्नो आत्माको हत्या गरसिकेका छैनन् । र, त यी सग्लो हिँडिरहेका छन् ।

सायद परीक्षा र्फम खुलेको छ, थुम्कोमा रहेको बैँकमा विद्यार्थीको लाम निकै लामो छ । तिनको हातमा एउटा लामो चिरकट्टो छ । त्यो भौचर हुनुपर्छ । परीक्षा शुल्क तिर्न भौचर बोकेका यी आत्माहरू आपसमा गफिइ पनि रहेका छन् ।

किताबको भारी



  • प्रिन्सिपललाई १ लाखदेखि १५ लाख रुपैयाँसम्म कमिसन 

काठमाडौ, वैशाख १५ - कलिला बालबालिकाको पढाइका लागि पुस्तकको भारी जरुरी छ कि सिकाइको शैली ? देशका अधिकांश निजी विद्यालयको प्रवृत्ति हेर्दा लाग्छ उनीहरू सिकाइको शैलीमा होइन, पुस्तकको भारीमा विश्वास गर्छन् । कमिसनका लागि उनीहरू कक्षा १ का विद्यार्थीलाई कम्तीमा १२ देखि १५ वटासम्म पाठ्यपुस्तक बेचेर नाफा खाइरहेका छन् ।
school
६ वर्ष उमेरका, पहिलोपल्ट विद्यालयको औपचारिक शिक्षामा प्रवेश गरेका विद्यार्थीलाई दिइने किताबको बोझको प्रभाव सीमित कमाइ भएका अभिभावकमा समेत पर्ने गरेको छ । निजी विद्यालयमा बर्सेनि पुस्तक बदलिन्छ । अघिल्लो वर्ष पढेको पुस्तक अर्को वर्ष काम लाग्दैन । ३५ वर्षदेखि शिक्षण पेसामा संलग्न ललितपुर माविका पि्रन्सिपल माधव सिटौला भन्छन्, 'किताब धेरै राखेर/बोकाएर विद्यार्थीले धेरै सिक्छन् भन्ने भ्रम मात्रै हो, प्रमुख कुरा सिकाउने शैली हो ।' उनले कमजोर शिक्षण शैली र प्रकाशकसितको लेनदेनका कारण निजी विद्यालयले पुस्तकको बोझ बढाएको बताए । 'धेरै किताब राख्दा केही नगद कमाइएला, तर विद्यार्थीको सिकाइ बढ्नुको साटो पढाइको बोझले विद्यालयप्रतिको उनीहरूको रुचि घट्न सक्छ,' उनले भने, 'हामीले कक्षा १ का ९ किताबलाई घटाएर ४ वटामा झारेका छौं ।' राजधानीका अधिकांश विद्यालयले शिक्षण शैलीभन्दा पुस्तक संख्यालाई प्राथमिकता दिएका छन् । यसको भित्री कारण प्रकाशकले स्कुल सञ्चालक वा पि्रन्सिपललाई दिने २० देखि ३५ प्रतिशत कमिसन हो । अधिकांश निजी विद्यालय सञ्चालकले कमिसन लोभमा अभिभावक विद्यार्थी माथि पुस्तकको भार लादेका छन् । स्रोतका अनुसार निजीका सञ्चालकले विद्यार्थी संख्याका आधारमा एउटा शैक्षिक सत्रमा कम्तीमा १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म पाठ्यपुस्तकमा नाफा गर्छन् । यसमा सबैभन्दा बढी काठमाडौं र ललितपुरका निजी विद्यालय छन् । 'चित्तबुझ्दो प्रस्टीकरण नआए र उनीहरूको काम गैरकानुनी ठहरिए विद्यालयको स्वीकृतिसमेत रद्द गर्ने तथा जरिवाना गर्ने गरी अनुगमन थालेका छौं,' काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले भने, 'उनीहरू कानुनी दायरामा आउनैपर्छ ।' प्याब्सनका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसी निजीको पुस्तकमोह नाफासित जोडिएको बताउँछन् ।

Saturday, April 13, 2013

एउटा बजारु किताब


  • अनमोलमणि
केही चल्तीका गीतका लेखक हुन् राजेन्द्र थापा । आख्यानकार बन्ने रहरमा उनी सतही प्रस्तुतीको पुस्तक ‘खेलौना’ (उपन्यास ?) लिएर पाठकमाझ आएका छन् । पुरुष गमनकी लती कामुकपात्र स्मितालाई केन्द्रमा राखेर लेखिएको खेलौनामा उनले अपनाएका समागम आसनको ठाडो वर्णनबाहेक कुनै कला छैन । पुस्तक एक रेखीय ढाचामा छ । १८ अध्यययमा पात्रको वर्णन सकिएको छ र उपन्यास पनि ।

यौन आफैमा रहस्य, रोमान्चक र जीवित प्राणीका लागि अत्यावश्यक उर्जावान चिजका रुपमा प्रकृतिमा आदिकालदेखि स्थापित छ । यौनका बारेमा लेख्नु एउटा जोखिम हो । जोखिम उठाउने थापाको आट सकरात्मक मान्नु पर्छ । विचारोत्तेजक अन्तरवार्तामा सीमित एउटी केटीलाई उपन्यासको पात्र बनाउने उनको प्रयासलाई नकरात्मक ठान्नु पर्दैन । तर पात्रको एकसरो अन्तरवार्तालाई ‘डिकोड’ गर्नुमात्रै उपन्यास होइन भन्ने नबुझ्दा किताब बलियो हुन सकेको छैन । रिटायर्ड जर्नेलका लागि व्यापारिक हिसाबले यौनमाथि कलम चलाउने जोखिमको यात्रा फलदायी भएको हुन सक्छ तर सिर्जनात्मक हिसाबले खैलौना अत्यन्त कमजोरमध्येको किताब हो । यसले नेपाली साहित्यमा चिम्टी पनि योगदान गर्दैन । बरु यसले छद्यम नाममा छापिने ‘एडल्ट’ लेखनलाई ‘साहित्य’को कानुनी मान्यता दिन मद्यत पु¥याउने छ । पटक पटकको यौन प्रसंग र पुरुषलाई गरिएको गाली बाहेक थापाको खेलौनामा पाठकले कुनै सिर्जनात्मक उर्जायुक्त नयापन पाउने छैनन् ।

वर्षौ अघि कथाकार सीता पाण्डेकै शैलीमा पात्र स्मिताले भनेकी छिन्, ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ ।’ पाण्डेले बच्चा जन्माउने सन्दर्भमा यसो भनेकी थिइन् । स्मिताले संसर्गलाई केन्द्रमा राखेर भनिन् । छानी छानी इच्छाअनुसार लोग्ने मान्छे प्रयोग गर्नु खेलौनाकी पात्रको व्यक्तिगत इच्छा हो । कुनै बाध्यात्मक परिस्थिति वा परिबन्द बिना आफ्ना निहित स्वार्थ पूरा गर्न स्वेच्छिक वेश्यावृत्ति अपनाउने वयस्क युवतीले ‘केटा’मात्रै खोज्नुलाई क्रान्ति ठानेर ठूलो हल्ला फैलाउनु जरुरी छैन । उनले प्रयोग गरेका आसनको वर्णनलाई उपन्यासको दर्जा दिदा खास उपन्यासको मानहानी हुनेछ ।


यौनलाई लुकाउनु पाखण्ड हो । भनिन्छ मान्छेले यौनका बारेमा धेरै सोच्छ । त्यसको मतलब अत्यावश्यक चिज भन्दैमा कसैले संसर्गको छाडा व्याख्या गर्नु रोगी मानसिकताको उदाहरण हो । दार्शनिक ओशोले कतै भनेका छन्, ‘जुन चिज धेरै दबाएर राखिन्छ त्यो त्यतिनै बाहिर आउन खोज्छ । यौन पनि दवाएर राख्ने चिज होइन । यौन आखामा आखा राखेर होश पूर्वक हेर्ने ज्ञान हो ।’ छाडा व्याख्या र ज्ञान फरक हुन् भन्ने नबुझ्नु लेखनमाथिको खेलबाड हो । यसले ढिलो चाडो लेखक र प्रकाशकको सोचाइ तथा सिर्जनात्मक स्तर र विश्वसनीयतामा प्रश्न उठाउने पक्का छ ।

पुस्तकको प्राक्थनमा लेखक थापाले गरेको ‘स्मिता अहिलेको पुस्ताको रोलमोडेल’ भन्ने हावादारी दावीको आधार के हो ? रोलमोडेल हुन अब पुरुष÷नारी र संसर्गको आसन फेर्दै त्यसको व्याख्या गर्नुपर्ने थापाको कमजोर बुझाइ हो भने उनले आफ्नो सोचको दायरा कुण्ठितबाट फराकिलो बनाउनु जरुरी छ । भन्नै पर्छ, पछिल्लो समय ‘युवा पुस्तालाई केन्द्रमा राखेर लेखेको÷छापेको’ भन्दै यौन बेच्न लेखक प्रकशकहरु जुर्मुराएका छन् । यसले व्यापार बढाउला साहित्यप्रतिको दृष्टिकोण नकरात्मक बन्ने कुरा तिनले भुल्नु हुदैन । अहिलेका युवाको जीवन शैली यौनमात्रै हो ? कुनै वयस्क युवा÷युवतीको यौन अनुभव ‘युवाको आवाज’ हो ? लाज नमान्नुको अर्थ नांगो हिंड्नु हो ? लेखक प्रकाशकले बुझ्नु पर्छ, लाज पनि सौन्दर्य हो । लेखनमा त्यो सौन्दर्य गुम्यो भने सिर्जना मुर्कट्टा वा किचकन्याजस्तो हुन्छ—टाउको नभएको खोक्रो । लेखन त्यसमाथि उपन्यास लेखनमा प्रयोग राम्रो कुरा हो । जस्तोसुकै प्रयोग गरेर लेखिए पनि त्यसका आधारभूत तत्वहरु हुन्छन्—विषयवस्तु र पात्र चयन, पात्रको चरित्र र चरित्र अनुसारको व्याख्या, त्यसमा आउने आरोह अवरोह, द्वन्द्व, विचार र भाषा शैली । सबै तालमेल मिलेन भने लेखन यसरी चिप्लिन्छ कि अन्तमा त्यो साच्चैको खेलौना बन्छ ।

यौन मनोविज्ञानसित जोडिएर आउने चिज हो । खेलौनामा पात्रको त्यही कुरामा लेखकको अलिकति पनि ध्यान पुगेको छैन । वीच वीचमा अक्षर बोल्ड गर्दैमा सिर्जना बोल्ड हुदैन । कभरमा कामुक तस्वीर राख्दा विकाउ चिज होला, त्यो साहित्यको गणनामा रहदैन । उन्मुक्त जीवन बाच्न चाहने केटीका पछि आउने पुरुषपर्तिर लेखक जान नसक्नु लेखकको कमजोरी हो । प्रकाशकले उपन्यास भनेर बेचे पनि लेखन चाहि उपन्यास नबनाउन गरिएको प्रयोगहरुमा केन्द्रीत छ र नांगो छ ।

अन्तमा, युवाकवि मणि लोहनीको एउटा कविताले भन्छ, ‘नदेखाउ मलाई तिम्रो नांगो शरीर, स्त्रीहरु कपडाभित्रै सुन्दर देखिन्छन् ।’ पात्र, लेखक, प्रकाशक र पाठक सबैले सोच्नु पर्ने बेला आएको छ, कपडा लगाएरनै सुन्दर हुने कि आफूलाई नांगो बेच्ने ?