Saturday, June 29, 2013

कठघरामा शिक्षक

कुनै जमाना थियो, शिक्षक हुनु गर्व र सम्मानको विषय थियो । ज्ञानको स्रोत, समाजले आदर्श, अनुशासन, विश्वास र नैतिकताको विम्ब लिनुपरे शिक्षक उदाहरण बन्थे । चेतनाका संवाहक मानिएका तिनै शिक्षक दशकयता सामाजिक विश्वास र सम्मान गुमाउ“दै आलोचनाको केन्द्रीय पात्र बन्दै गएका छन् । शिक्षकको छवि धुमिल हु“दै तिनको व्यावसायिक दायित्वमाथि प्रश्न उठ्न थालेको छ । शिक्षक छाडा भएको तिनका नेताहरू नै स्वीकार्छन् । नपढाएर चरम राजनीतीकरण गरेको,  शिक्षण सिकाइ क्रियाकलाप र सामुदायिक विद्यालय बिगारेको आरोप शिक्षकले खेपिरहेको छ । आखिर किन भत्कि“दैछ, आदर्शको ‘विम्ब’ शिक्षकको पर्खाल ?

शिक्षा विभागका अनुसार, देशमा १८ थरी शिक्षक कार्यरत छन् । त्यसमध्ये १ लाख ९ हजार ९८ स्थायी छन् । ३७ हजार ६ सय २० राहत  करिब १२ हजार पीसीएफ, २० हजार अस्थायी, २५ हजार ईसीडी सहजकर्ता शिक्षक छन् । कुल बजेटको ७० प्रतिशत शिक्षक तलबमा खर्च भइरहेको छ । ६७ अर्बमध्ये शिक्षा विभागमा ४८ अर्ब पैसा जान्छ र ४३ अर्ब रुपैया“ शिक्षक तलबमा खर्च हुन्छ । एउटा माध्यमिक तहको शिक्षकले २७ हजारसम्म तलब खान्छ । खर्च अनुसारको उपलब्धिको साटो वर्षेनि विद्यार्थीको सिकाइ स्तर भने ओरालो लाग्दै गएको छ


‘आइडेन्टिटी क्राइसिस’
शिक्षा मन्त्रालयले गरेको एक अध्ययन अनुसार, कक्षा १० र कक्षा ८ दुवै तहको सिकाइ उपलब्धि अत्यन्त कमजोर छ । शतप्रतिशत शिक्षक तालिमप्राप्त हु“दा पनि उनीहरूले सिकाइमा आफूलाई अब्बल देखाउन सकेका छैनन् । कमजोर सिकाइ र केही दिनअघि आएको एसएलसी नतिजालाई केन्द्रमा राखेर फेरि शिक्षकको आलोचना सुरु भएको हो ।

शिक्षक पेसाप्रति इमानदार नभएको भन्दै पछिल्लो २ महिनामा शिक्षा विभागले तीनवटा निर्देशन बाहिर ल्यायो, राजनीतिमा लाग्न नपाउने, शिक्षण बाहेकको पेसा व्यवसाय गर्न नपाउने र निरन्तर ८५ प्रतिशतभन्दा कम विद्यार्थी फेल भए विषय शिक्ष्ँकको २ ग्रेड घटुवा गर्ने । यसले शिक्षकको व्यावसायिक मर्यादामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी भन्छन्, ‘शिक्षकले आफू शिक्षक भएकोमा गर्व गर्न छाडे । दलको कार्यकर्ता वा अरु नै व्यवसायीको परिचयमा उनीहरूले सम्मान महसुस गर्न थाले । यसले नेपालमा शिक्षकको परिचय जोखिममा छ भन्ने देखाउ“छ ।’

Tuesday, June 11, 2013

शर्मिलाको मृत्यु


यसपटक कहिल्यै नमर्नेगरी मरी
एसएलसी परिणामको आठ घण्टा पछि शर्मिला गिरी ।


गाँस्दा गाँस्दा गाँस्ने ठाउँ बाँकी नरहेको
खिइसकेको हात्ती छाप चप्पलको तुना सम्हाल्दै
भाँच्चिसकेको बाङ्गो बेन्चमा बसेर अस्तिसम्म
‘मान्छे दरिलो मन लिएर बाँच्नु पर्छ’ भन्ने
नैतिक शिक्षाको पाठ घोक्ने विचरी शर्मिला
अब कहिल्यै नमर्ने गरी मरी

Monday, June 3, 2013

शहर यात्रा

गाउँको प्रचीन गन्ध बिर्सेर बाँचिरहेछ शहर

आङमा छन् पुराना सम्झनाजस्तै
मक्किन लागेका मन्दिर, देवल र भवनहरु
लेउ लागेको छानो र स्याल—लाटोकोसेरो कराएको झझल्को
बथानका बथान गाडीहरु चिप्लिरहेछन्
कालो सडकको नाङ्गो छातीमा
र, गोधुलीमा गाईवस्तु हिँडेको धुले पाखोजस्तो
कुइरीमण्डल बनेको छ शहर धुवाधूलोले,