Monday, December 31, 2012

बिदाइ


  •  अनमोलमणि

5'6]sf af6fx? x]b}{ gx]/L e]6]/ hfpm
km]l/ e]6 x'G5 x'Gg Û

km]l/ o:t} lbg gx'g ;S5
gjxg ;S5 o:t} xfjf
klx/f] hfg ;S5 n]p nfu]sf] k|frLg af6f]
s'g} zf;s
xftdf gfËf] t/af/ lnP/
/fh ug{ ;S5 xfdL dfly,
Toltv]/ ;Demgfsf] lemgf] wfuf] klg afFsL g/xg] u/L
layf]lng ;S5 :jtGq lgb|f / ;kgf
;kgf gbf]xf]l/g ;S5

lat]sf af6fx? x]b}{ gx]/L e]6]/ hfpm
km]l/ e]6 x'G5 x'Gg Û

Monday, December 24, 2012

घुम्ती छेलिएपछि




  • अनमोलमणि


घुम्ती छेलिएपछि
हरसाँझ
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

विर्सिदिनू विझाउने सम्बन्ध
सहरको भीरबाट मान्छेमान्छेको कहाली लाग्दो छाँगोमा
नजोड्नू खिइदै छिन्न लागेको सम्झनाको तार
जसमा बज्ने छैन कुनै मुच्र्छना
च्यातिदिनू तरंगको सिरसिरे हावामा
सिंहदरबारको राष्ट्रिय झण्डाजस्तो एकनास फरफराइरहने
ती पीडाका पर्दाहरु
र हेर्नु आकांक्षाको खुला आकाश
शीतल बतासको मुस्लोले छोयो भने त्यतिखेर
अनुभव गर्नू म तिम्रै छेउछाउ कतै उडिरहेको छु हावा भएर
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

तिम्रो अभावमा
लम्पसार अजिङ्गरजस्तो कालो सडकमा
हुन्हुनाएर कुद्ने गाडीजस्तै चिप्लिएँ भने म
हुस्सुको डोरी समातेर उठ्न सकुँला नसकुँला
सुसेली विनाको आवाजले पछारिएँ भने म
लोडसेडिङकोे पट्यार लाग्दो अध्यारो समयमा
नकहालिइ ब्यूझिन सकुँला नसकुँला
धमिराको देवलजस्तो चुचुरै चुचुरा वा खण्डै खण्ड पारेर मनलाई
तिम्रो नाममा समर्पण गर्न सकुँला नसकुँला
पानी सुक्दै गएको सहरको मैलो नदीजस्तो अल्छेलाग्दोगरी बगिरहेछु

Tuesday, December 11, 2012

पेज थ्री



  • अनमोलमणि


मेरो गल्ती यत्ति हो
मैले समाचार लेखेँ ती कुनाका मैला मान्छेका पक्षमा
जो समाचारमा कहिल्यै आएका थिएनन्
र, मेरो हातमा किला ठोकियो÷मेरो कलम भाचियो

मेरो गल्ती यत्ति हो
मैले पहिलो पृष्ठमा नग्न स्त्रीको कामुक देह छाप्न इन्कारेँ

Sunday, December 9, 2012

डिसेम्बरको जाडो



  • अनमोलमणि

तिम्रो सम्झनाको तातो बाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।

रातो गुलाफजस्तो तिम्रो यौवन
प्रेमपूर्ण स्पर्श
मसँग हाँस्ने ओठ
र रुने आँखाहरु थिए तिमीसँग,
एउटै मुटु थियो हामीसँग
जुन तिमीसँगै गएको छ
मलाइ विना मुटु पारेर,
यतिखेर बाँकी छ मसँग
ढोकाको कापमा सप्को अड्किएर छाडिएको
तिम्रो पछयौरीको सुगन्ध
सम्झनाको तातोले ओभाएका मेरा एकजोर आँखा
फुल्दै गरेको केश
चाउरिँदै गएको गाला
मक्किँदै र कमजोर बन्दै गएको
कुसुमको बुढो रुखजस्तो यो शरीर
जसलाई धावा बोलिरहेछ यो डिसेम्बरको जाडो ।

Thursday, November 22, 2012

प्रेमीहरूको पक्षमा

अनमोलमणि पौडेल

तिनको कसुर यति थियो, उनीहरू प्रेमीसित त्यहाँ आए । पशुपतिको एकान्तमा जोडी भएर बसे । कंक्रिट चिहानले उजाड बन्दै गएको श्लेषमान्तक हेर्दै सुन्दर र हराभरा भविष्यको कल्पना गरे । अल्छेलाग्दो गरी बगेको वाग्मती साक्षी राखेर प्रेमिकालाई अँगालो हाले । निधार, ओठ र गालामा प्रेम स्पर्श गरे । आँखामा आँखा गाडेर हेरे, जहाँबाट प्रेमीहरूलाई मुटुसम्म जाने बाटो पहिल्याउन सजिलो हुन्छ ।
तिनलाई लागेको अभियोग हो, पशुपतिनाथ साक्षी राखेर तिनले प्रेम प्रदर्शन गरे । त्यसका लागि एकान्त खोज्दै किरातेश्वर, श्लेषमान्तक र त्यस वरपरका देवलका खोपीमा ढेसिएर कमजोर र उराठ बन्दै गएको सहरी जीवनको दिक्दारीबाट एकछिन सुस्ताउन खोजे । सबै हिसाबले विघटनको संघारतिर लम्किँदै गरेको समाजले सिर्जेका प्रेमभोकलाई तिनले त्यो एकान्तमा पोख्न खोजे ।

Friday, April 6, 2012

सम्झनाको अटोग्राफ



साइन पेन र मार्करको नरम
निवले कोर्दा जीउमा अलिअलि कुत्कुति लाग्यो । केही असजिलो महसुस गरेर तिनले जीउ हल्का हल्लाएझैं गरे । बढीचाहि“ उनीहरुले त्यसलाई आनन्दले सहे । क्षणभरमै उनीहरुले लाएको सर्ट अनेक रंगका किरमिरे धर्साले पोतियो । र, तिनको जीउमा साथीभाइको सिग्नेचर ‘सुन्दर अटोग्राफ’ को सम्झना बनेर टा“सियो ।

यो घटना एसएलसी परीक्षाको अन्तिम दिन भएको थियो ।



Saturday, March 3, 2012

क्याम्पसका सग्ला झ्याल ढोका



आखाले हेरिनसक्नुको विशाल घर । सिंहमरमरले चिल्ला भित्ता । चौर, भ¥याङ, क्यान्टिन विद्यार्थीनै विद्यार्थीले भरिभराउ । सबैतिर शान्त । बाटो,  भवन, कोठा सफा चट् । तुल ब्यानर कतै टागिएको छैन । पोस्टर पम्प्लेटले कुनै भित्ता रंगिएका छैनन् । झ्यालका शीशा सग्ला छन् । कोठाका ढोका पनि सग्लै । हुलमुल तर सबै आआफ्नै सुरमा ।
२ नोभेम्बर २०११ । फुइफुइ चीसो सिरेटो चलेको मध्यान्ह । इडवर्ड आर मुरो फेलोसिपमा छानिएका दक्षिण एसियाका १३ पत्रकार ‘एरिजोना स्टेट युनिभर्सिटी’को ‘वाल्टर क्रोन्काइट स्कुल अफ जर्नालिज्म’ भवनमा ओर्लेका छन् । स्वागतमा छन् डा विल सिलकक र क्रिस्टि काप्स । एक साता क्रोन्काइट स्कुलको साथ रहने कुराले मन प्रफुल्लित छ ।

Saturday, February 25, 2012

निजी विद्यालय सञ्चालकको 'शक्ति’ दुरुपयोग

अनमोलमणि पौडेल


नेपालमा निजी विद्यालयको उपस्थिति थोरै तर 'शक्तिशाली' हुँदै गएको छ । राज्यका हरेक क्रियाकलापमा समेत चुनौती दिने गरी हावी निजीले शिक्षा सेवा शुल्क कर नतिर्ने घोषणा दोहोर्‍याएर 'चुनौती' लाई निरन्तरता दिएका छन् । निजी विद्यालयको एउटा संस्था 

-प्याब्सन) को एघारौं महाधिवेशनले चुनेको नेतृत्वले पहिलोपल्ट शुक्रबार गरेको पत्रकार सम्मेलनमा पनि आफ्नो कुराको थालनी त्यही '१ प्रतिशत कर' बाट गर्‍यो । 

'हामी १ प्रतिशत कर संकलन गरेर राज्यलाई बुझाउन तयार छैनौं,' प्याब्सनका नवनिर्वाचित अध्यक्ष बाबुराम पोखरेलले सञ्चारकर्मीसित भने, 'प्याब्सन यसको खारेजी माग गर्छ । त्यसका लागि अर्थ र शिक्षा मन्त्रालयले एउटा समिति बनाएर अध्ययन गर्ने तयारी गरिरहेका छन् ।' 

२०६५ मा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईका कार्यकालमा लागू ५ प्रतिशत शिक्षा सेवा करको विवाद पछिल्लो चार वर्षदेखि यथावत् छ । यसबीचमा प्याब्सनको नेतृत्व गरेका तथा अन्य निजी शिक्षण संस्था चलाउनेहरू आफू कर तिर्दै अरूलाई नतिर्न उक्साइरहेका छन् । 

प्याब्सनका यसअघिका दुई अध्यक्ष भोजबहादुर शाह र राजेश खड्काको कार्यकाल कर खारेजीको मुद्दामा बहस गर्दै बित्यो । कर लागू भएका बेला अध्यक्ष रहेका शाह र त्यसपछि नेतृत्व सम्हालेका खड्का दुवैले त्यसको चर्को आलोचना गरे । बार्गेनिङपछि राज्यले ५ बाट घटाएर करलाई १ बनायो । त्यसपछिका अर्थमन्त्रीहरूले पनि त्यसलाई औचित्यपूर्ण ठानेर हटाएनन् । निजी शिक्षण संस्था सञ्चालकबाहेक कर संकलनको विरोधमा अरू छैनन् । मनमा केही 'कालो' नहुने हो भने कर संकलन गरेर राज्यको स्रोत बढाउन उनीहरू डराउनुपर्ने अवस्था छैन । 

सरकारले उनीहरूसित थप कर लिन लागेको थिएन । निजीमा पढ्ने विद्यार्थीका अभिभावकसित लिने शुल्कमा १ प्रतिशत -पहिले ५ पछि १) कर संकलन गरेर बुझाउन आग्रह गरेको थियो । सयौं रुपैयाँ मासिक शुल्क, हजारौं रुपैयाँ भर्ना शुल्क, पाठ्यपुस्तक, पोसाक तथा अन्य सानातिना कुरामा पनि मोटो शुल्क तिरिरहेका अभिभावकका लागि राज्यलाई १ प्रतिशत कर तिर्नु ठूलो कुरा छैन । 'हामी बिचौलियाको काम गर्दैनौं,' निवर्तमान अध्यक्ष राजेश खड्काले भने, 'राज्यले निःशुल्क शिक्षा घोषणा गर्दै विद्यार्थीमाथि कर लिनु अपराध हो ।' १ प्रतिशत करलाई निजीले 'अपराध' देख्नु 'बिचौलिया' बन्न नचाहनुको भित्री कारणचाहिँ आफ्नो खास हिसाब बाहिर आउने डर नै हो ।

शिक्षा विश्लेषकहरूका शब्दमा सञ्चालकले विद्यार्थीमाथि देखाएको करमाथिको 'दया' हास्यास्पद छ । बर्सेनि शुल्क बढाएर, शिक्षक/कर्मचारीलाई तोकिएभन्दा कम तलब दिएर र विद्यार्थी विवरणभन्दा फरक आय देखाइरहेका उनीहरूले कर संकलन गर्दा वास्तविक हरहिसाब बाहिर आउँछ । जुन सञ्चालकहरू देखाउन चाहँदैनन् । राज्यले तोकेको काम गर्दिन भनेर राज्यलाई असहयोग गर्नु अपराध हो । सञ्चालकलाई व्ययभार नपर्ने गरी कर उठाइदेऊ भन्दा नमान्नुले उनीहरूको नियत के हो प्रस्ट पार्छ । बास्केट वा कुनै कक्षागत विद्यार्थीबाट रकम उठाउने कुरामा भने उनीहरू सकारात्मक छन् । उनीहरूको आपत्ति विद्यार्थीको टाउको गनेर लिने शुल्क र त्यसैअनुसार उठाइदिनुपर्ने १ प्रतिशतमा मात्रै छ । 

निजी विद्यालय सञ्चालक भने आफूहरूले आयमा २५ प्रतिशत र घरबहाललगायत कर तिरिरहेकाले १ प्रतिशत कर नउठाउने दाबी गर्छन् । यो सेवा सञ्चालन गरेबापत अनिवार्य तिर्नुपर्ने कर हो । यसलाई बहाना बनाएर उनीहरू वास्तविक हरहिसाब र आय लुकाउन खोज्दै छन् भन्ने प्रस्ट पार्छ । आयकर र घरबहाल कर तथा शिक्षा सेवा कर फरक विषय हुन् । राजधानीका ठूला भनिएका केही विद्यालयले कर बुझाएका पनि छन् । 

यसअघि निजी उच्च माविहरूकै अर्को संस्था 'हिसान'को अधिवेशनमा पनि १ प्रतिशत कर नतिर्ने घोषणापत्र जारी भएको थियो । प्याब्सनमै आवद्ध विद्यालय सञ्चालकहरू हिसानमा पनि पदाधिकारी छन् । प्याब्सनको पूर्वअध्यक्ष उमेश श्रेष्ठ त्यसको अध्यक्ष छन् भने अहिले अध्यक्ष निर्वाचित पोखरेल हिसानका वरिष्ठ उपाध्यक्ष 

हुन् । राज्यलाई असहयोग गर्ने निजी शिक्षण संस्थाको क्रियाकलापले उनीहरू 'बढ्ता हावी' हुँदै गएको प्रस्ट हुन्छ । निजीको दाबीअनुसार नेपालको शिक्षाको ३० प्रतिशत निजीले ओगटेको छ । देशको आर्थिक सर्वेक्षण हेर्ने हो भने उनीहरूको दाबी पनि हावादारी छ । 

आर्थिक सर्वेक्षणअनुसार विद्यालय तहमा १७ प्रतिशत र उच्च मावि तहमा १३ प्रतिशत निजीको सहभागिता छ । आम नागरिकको ठूलो हिस्सा अहिले पनि सामुदायिककै भरमा छ । कमजोर राज्य र उसको बेवास्ताका कारण साख गुमाउँदै गएका सामुदायिक निजीका अघिल्तिर कमजोर सावित भएका छन् राज्यमाथि निजी हावी हुन खोजेको छ । उनीहरूको 'दादागिरी' लाई राज्यले आवश्यकभन्दा बढी 'स्पेस' 

दिएको देखिन्छ । 

'निजी विद्यालय सञ्चालकले अर्बौं रुपैयाँ बिदेसिनबाट जोगाएका छन् । हजारौं विद्यार्थीले छात्रवृत्ति तथा सहज रूपमा निजीमा पढ्ने अवसर पाएका छन् । राज्यले त्यसको मूल्यांकन गरेको छैन,' प्याब्सनका वरिष्ठ सल्लाहकार उमेश श्रेष्ठ भन्छन्, '१ प्रतिशत कर उठाएन भनेर निजीलाई गाली गर्नुको अर्थ छैन ।' 

पुँजी पलायन मदिरा र सुर्तीजन्य सामग्री उत्पादकले पनि रोकेका छन् । यदि स्वदेशमा त्यसको उत्पादन नहुने हो भने विदेशबाट निर्यात गर्नुपर्छ र पुँजी पलायन हुन्छ । एकजना शिक्षाविद् भन्छन्, 'पुँजी पलायन रोक्नेलाई कर नउठाउने वा बिचौलिया नबनाउने नाममा तिनको जिम्मेवारी पनि खारेज गर्ने ?' 

प्याब्सनको नयाँ नेतृत्वले कर खारेजीलाई प्राथमिकतामा राखेर राज्यलाई चुनौती दिने काम थालेको छ ।

Monday, February 20, 2012

अक्षर चिने बेच्न जानेनन्


मकवानपुरकी चमेली वाइवालाई आफ्नो नाम ‘चमिली’ होइन ‘चमेली’ हो भन्ने ज्ञान भएको दिन संसार उज्यालो लाग्यो । सावा अक्षर चिनेपछि पाएको ज्ञानबारे एउटा टिभी कार्यक्रममा उनले भनिन्, ‘अक्षर चिन्दा संसार उज्यालो देखिने रहेछ, नचिन्दा अध्यारो ।’ उज्यालो संसार देखाउन उनले आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाएकी छिन् ।

चमेली वाइवालाईमात्रै होइन, देशका आम नागरिकमा शिक्षाप्रतिको यस्तो चेतना आएको ठ्याक्कै बीस वर्ष भएको छ ।

बीस वर्षअघि पढ्नुपर्छ भन्ने चेतना यस्तरी बढेको थिएन । छोराछोरीले नपढे पनि ‘गरिखान्छन्’ भन्ने मान्यता राख्नेहरु थिए । पढाउनेलाई सरकारी स्कुलमात्रै विकल्प थियो । क्याम्पस पढ्न त्रिभुवन वा महेन्द्र संस्कृत (अहिलेको नेपाल संस्कृत) विश्वविद्यालय । डाक्टर इन्जिनियर बन्ने धेरैको सपना कल्पनामै सिमित थियो ।

बेला बदलिएको छ । पढाउनु पर्छ भन्ने चेतना बढेकैले सामुदायिक र निजी गरी स्कुल संखया ४१ हजार पुगको छ । ३३ हजार सामुदायिकमध्ये ३१ हजार प्राथमिक विद्यालय छन् ।  दुई दशकअघि ३० प्रतिशत विद्यार्थीमात्रै स्कुल जाने गरेकोमा बढेर ९६ प्रतिशत पुगेको छ । त्यसमा पनि बालिका, दलित, जनजाति र निम्न आयस्रोत भएका परिवार दुखजिलो गरेरै भए पनि छोराछोरी नपढाए पछि परिन्छ भन्नेमा  निकै सचेत छन् ।

स्वास्थ्य पर्यटनको सम्भावना




  • अनमोलमणि पौडेल


बीस वर्ष अघिसम्म एमबीबीएस पढ्न त्रिभुवन विश्वविद्यलायको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मात्रै विकल्प थियो । ४० जना विद्यार्थी क्षमताको संस्थानमा अवसर नपाएर झिटी गुन्टा  बोकेर विदेशिनु पथ्र्यो । पछिल्लो बीस वर्षमा अवस्था फेरिएको छ । एमबीबीएस पढ्न विदेशिनु वा आइओएमनै कुरिरहनु पर्दैन । घरकै मानो खाएर स्वदेशमै खुलेका मेडिकल कलेजबाट डाक्टर बन्न सकिन्छ ।

देशभर खुलेका डेन्टलसहित २० वटा मेडिकल कलेजले अहिले ४० देखि १ सय ५० जनासम्म विद्यार्थी भर्ना लिन्छन् । पाच डेन्टल कलेजमा करिब २ सय ५० र १७ वटा निजी कलेजमा १ हजार ५ सय ५० विद्यार्थी वर्षेनी चिकित्साशास्त्रमा भर्ना हुन्छन् । पढाइ सकेका करिब ७ सयले वर्षेनी चिकित्सकको लाइसेन्सका लागि नेपाल मेडिकल काउन्सिलमा आवेदन दिने गरेका छन् । करिब ३ करोड जनसंख्या भएको देशमा वर्षेनी झण्डै १ हजारका दरले चिकित्सक उत्पादन भइरहेका छन् । र पनि स्वदेशमा चिकित्सक अभाव छ । करिब ७ सय चिकित्सकमात्रै सरकारी अस्पतालमा कार्यरत रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउछ ।

निजी मेडिकल कलेजमा वर्षेनी झन्डै ४१ करोड रुपैया बराबरको प्रत्यक्ष कारोबार हुने गरेको ‘नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन’को तथ्याङ्कमा छ । कलेजको भौतिक पूर्वाधारमा हुने लगानी र विद्यार्थीको व्यक्तिगत खर्चको हिसाब कसैले निकालेको छैन । मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल सामाजिक प्रतिष्ठा र दिगो सीपका कारण चिकित्सा पेशामा आकर्षण बढेको बताउछन् ।

नेपालमा पढ्ने अवसर नपाउनेहरु प्रतिविद्यार्थी ३५ देखि ४० लाख रुपैया खर्चेर बंगलादेश, चीन र पाकिस्तान जानेक्रम पनि बढेको छ । बंगलादेशमा वर्षेनी ४ सय र चीनमा २ देखि ३ सय विद्यार्थी निजी खर्चमा पढ्न जाने गरेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाउछ ।

निजी क्षेत्रबाट खुलेका सबैजसो मेडिकल कलेज सहरी र सदरमुकाम केन्द्रीत छन् । मध्यमाञ्चलमा मात्रै ९, पूर्वाञ्चलमा ३, पश्चिमाञ्चलमा ४ वटा निजी मेडिकल कलेज छन् । शिक्षा मन्त्रालयल उच्च शिक्षा शाखाका अनुसार थप ९ वटा मेडिकल कलेज स्वीकृतको तयारीमा छन् । ती पनि सहर केन्द्रीत नै छन् ।

मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका महासचिव डा. बुद्धि श्रेष्ठ निजी क्षेत्रबाट मेडिकल कलेज खुलेकाले करोडौं रुपैया विदेशिन जोगिएको दाबी गर्छन् । स्वास्थ्य क्षेत्रमा दुई दशकमा भएको यो उच्च फड्को हो । विदेशी विद्यार्थीका लागि नेपालको मेडिकल शिक्षा आकर्षणको केन्द्र बनाउन सके प्राकृतिक वातावरणका हिसाबले पनि ‘राम्रो शैक्षिक हब’ हुने विश्लेषकहरुको भनाइ छ । नेपालमा माल्दिभ्स र भारतका केही विद्यार्थी चिकित्साशास्त्र पढ्न आउने गरेका छन् । काउन्सिलले गुणस्तर राम्रो भने पनि मेडिकल कलेजले आफूलाई अन्तराष्ट्रियकरण गर्न सकेका छैनन् ।

२०४९ सालपछि स्वास्थ्यमा निजी क्षेत्रको प्रवेश बढी खुला भयो । विस्तारै निजी अस्पताल र नर्सिङ होम बढ्न थाले । ८ वटा केन्द्रीय, १२ वटा अञ्चल र ६८ वटा जिल्ला अस्पताल रहेको मुलुकमा करिब ४ सय निजी अस्पताल थपिए । स्वास्थ्य केन्द्रहरु झण्डै गाविस तहमै विस्तार गरियो । २०६७को आर्थिक सर्वेक्षण तथा २०६३को तीन वर्षे अन्तरिम योजनाले ‘स्वास्थ्यमा आम नागरिकको पहुच र चेतना बढेको तथा निजीको सहभागिता उल्लेख्य भएको’ जनाएको छ । निजी अस्पताल एशोसिएशन (अफिन)ले निजीका कारण स्वास्थ्यको पहुच बढेको दावी गर्दै आएको छ । निजीले लिने शुल्क पछिल्लो दशकदेखि आलोचनाको केन्द्रमा छ । भनिन्छ, ‘निजीमा उपचार गराएर निको भएको विरामी उपचार खर्च सुन्यो भने पुन बेहोस हुन्छ ।’

‘राज्यले निजी अस्पताल सञ्चालनको मापदण्ड बनाउन नसक्दा यस्तो समस्या आएको हो’, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी भन्छन्, ‘यसले निजीको व्यापारिकरण भयो । नियमन निकाय केही भएन ।’ कारण सरकारले स्वास्थ्यमा गरेको लगानी र सेवा प्रभावकारी बनाउन नसक्नु नै हो । सरकारले कुल बजेटको करिब ७ प्रतिशत (२७ अर्ब) रुपैया स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा छुट्याएको छ । अफिनको अनौपचारिक तथ्यांक अनुसार स्वास्थ्यमा निजी क्षेत्रको लगानी मात्रै करिब २५ अर्ब रुपैया छ । नर्भिक इण्टरनेशनल हस्पिटलका अध्यक्ष वसन्त चौधरी केही समयअघिको एउटा कार्यक्रममा भनेका थिए, ‘सुविधा सम्पन्न अस्पताल निर्माणका लागि कम्तीमा ५० करोड रुपैयँ लगानी गर्नु पर्छ ।’
छिटो सेवा पाइने भएकाले एउटा अस्पतालमा दैनिक न्यूनतम २ सय ५० जना बिरामी उपचारका लागि पुग्छन् । नेपालकै जेठो वीर अस्पतालबाट अहिले वार्षिक करीब २ लाख ८० हजार जनाले बहिरङ्ग (ओपीडी) सेवा लिन्छन् । महंगो मानिएको राजधानीको निजी अस्पताल नर्भिकमा सेवा लिनेको संख्या पनि झण्डै उस्तै छ । बीरमा ओपिडि टिकटका लागि १० रूपैयाँ तिरे पुग्छ । अधिकांश निजी अस्पतालमा भने त्यही टिकटको न्यूनतम ३ सय ५० रुपैयाँ तिर्नपर्छ । यसले आम नागरिक स्वास्थ्य प्रति सचेत छन् र महंगिदै गए पनि बाध्य भएर निजी प्रति तानिएका छन् भनने बुझिन्छ ।

काठमाडौंमा भएका अधिकांश निजी अस्पतालमा सरकारीमा काम गरिरहेका, अवकास प्राप्त अनुभवी चिकित्सकले चलाएका छन् । मुटु, नसा, हड्डी, क्यान्सर, दात, विभिन्न सर्जरी, आकस्मिक सेवा, फार्मसी, ल्याब, रेडियोलोजी, एम्बुलेन्सलगायतका सेवा निजीमा अत्यन्त महंगो छ । भेण्टिलेटरसहितको आईसीयू, अत्याधुनिक मेशिनसहितको अपरेशन थिएटर, एमआरआई, सीटी स्क्यान, डिजिटल एक्स(रे ,ईसीजी, लगायत सेवा निजीकै प्रभावकारी छ । सेवाग्राही नचाहेर पनि त्यही धाउनु पर्छ । सुविधासम्पन्न ठूला अस्पतालमा मृगौला प्रर्यारोपण, विनाशल्यक्रिया पत्थरीको उपचार, मुटुको जटिल शल्यक्रियादेखि क्यान्सरको उपचारसमेत स्वदेशमै थालिएको छ । डा केसी यसमा निरास हुनु भन्दा पनि व्यवस्थित बनाउन तिर राज्य लाग्नु पर्ने बताउछन् । भन्छन्, ‘विदेश कुद्नु भन्दा कम्तीमा यी सब कुरा स्वदेशमै उपलब्ध त छन्् ।’

चर्को शुल्ककै कारण निजी प्रतिको वितृष्ढण उच्च छ । असन्तुष्ट सेवाग्राहीले पछिल्लो समय निजी अस्पताल र चिकित्सकमाथि गर्ने आक्रमण त्यसको प्रमाण हो । निजी अस्पतालमा उपलब्धमध्ये १० प्रतिशत शैया असहाय बिरामीका लागि छुट्याउनु पर्ने सरकारी नीति छ, तिनले त्यसको पालना गरेका छैनन् । समुदायबाट सिफारिश गरिएका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि अस्पतालअनुसार ५ देखि २० प्रतिशतसम्म छूट उपलब्ध गराउनु पर्छ, त्यो पनि निजीले गरेका छैनन् । सामाजिक सेवाका लागि १ करोड रुपैयाँको कोष स्थापना गर्नु पर्छ । अधिकांशले त्यो पनि गरेका छैनन् । चेतना बढे पनि महंगिदै गएको शुल्कले आम नागरिक स्वास्थ्य सेवा उपभोगबाट टाढिने खतरा पनि बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले तयार गरेको एउटा प्रतिवेदनमा लेखिएको छ, ‘स्वास्थ्य केन्द्रहरुमा दक्ष जनशक्तिको कमी तथा परिचालनमा समस्या, आर्थिक तथा सामान्य प्रशासनमा अवाञ्छनीय केन्द्रीकरण, आवश्यक औषधी औजारको कमी तथा अव्यवस्थित आपूर्ति, व्यवस्थापनमा राजनैतिक हस्तक्षेप, कमजोर सुपरीवेक्षण, भौतिक संरचनाको अभाव तथा मर्मत सम्भारको कमी, स्वास्थ्य संस्थाहरुको कमजोर भौतिक अवस्था, स्वास्थ्यकर्मी, औषधी र उपकरणको कमीको जनतालाई आवश्यक एवं गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा पु¥याउन सकिएको छैन ।’

स्वास्थ्य क्षेत्रबाट आर्थिक संवृद्धि र चिकित्सक पलायनको समस्या टार्ने हो भने ‘स्वास्थ्य पर्यटन’लाई राज्यले प्राथमिकता दिनु पर्ने बताउछन् चिकित्सक के सी । यसले देशबाट पलाय हुदै गएका ३७ प्रतिशत चिकित्सक र आर्थिक संवृद्धिमा पनि योगदान पुग्ने विश्लेषकहरुको अनुमान छ । ‘त्यसका लागि आम्दानी, सेवा शुल्क अन्त शुल्क लगायतको कर केही समयका लागि छुट दिनु पर्छ’, केसीले भने, ‘स्वास्थ्य पर्यटनका माध्यमबाट विदेशीलाई समेत नेपालमा आकर्षित गर्न सकिन्छ ।’

एसियामा भारत, थाइल्याण्ड तथा चीनका केही सहरले स्वास्थ्य पर्यटनलाई अर्थोपार्जनको स्रोत बनाएका छन् । प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, सस्तो र गुणस्तरीय उपचार सेवाका कारण स्वास्थ्य पर्यटन फस्टाउने निजी अस्पताल सञ्चालकहरु बताउछन् । त्यसका लागि प्राकृतिक एक्सरसाइज, योग, रेकी, ध्यान, फिजियो थेरापी, स्पा र आयुर्वेदिक थेरापीलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ । त्यसबाहेक विदेशमा महंगो पर्ने दातको उपचार नेपालमा सस्तो र गुणस्तरीय छ । ‘मेडिकल टुरिज्म एसोसिएसन’ (एमटिए)को अनलाइनले जनाए अनुसार ‘स्वास्थ्य सचेतना सहितको पर्यटनले देशको आर्थिकवृद्धिमात्रै होइन संस्कार र संस्कृति सिक्न पनि मद्दत गर्छ ।’

नेपालका करुण हेल्थ केयर, स्पा, ध्यान तथा रेकीका केही संस्थाले स्वास्थ्य पर्यटनका लागि पहल गरे पनि राज्यले कुनै चासो दिएको छैन । चिकित्सक केसी भन्छन्, ‘त्यसका लागि कि राज्यले नीति बनाएर सघाउनु पर्छ होयन भने निजी वा व्यक्तिगत रुपमा सुरु गरेको पहललाई सघाउनु पर्छ ।’


Sunday, January 29, 2012

नबिर्सिने ती दिनहरु


  • अनमोलमणि पौडेल


२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलि“दै गएको आकाशे रंगको सर्ट, गाढा नीलो रंगको हाप पाइन्ट र गा“स्दा गा“स्दा गा“स्ने ठाउ“ सकि“दै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत ।
मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको मेहन्द्र प्रस्तावित माध्यमिक विद्यलाय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिए“ । मैजस्ता केटाकेटीको हुल कल्याङ मल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वा“ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।
‘पढाइ त कमजोर रहेछ’, मेरो जम्लेहात नमस्कारको त्यतिविग्नै वास्ता नगरेर ढाकाटोपी र चस्मा लगाएका सर बोले, ‘ल यहा“का विद्यार्थीले ल्याएको नम्बर हेर । यहा त एक से एक छन् । यहा पढ्ने भए तिमीले धेरै मेहनत गर्नु पर्छ । कम्पिटिशन गर्न सक्छौ ?’ उनले आफ्नो स्कुलबाट कक्षा ५ पास भएका विद्यार्थीको नाम अंकित दुई पाने चिरकट्टे म तिर सारिदिए । मैले अमिलो अनुहार पारेर हेरे“मात्रै । सबै पढ्ने मेरो ह्याउ थिएन ।
उनी थिए माध्यमिक तहका लागि प्रस्तावित महेन्द्र प्राथमिक विद्यलायका प्रधानाध्यापक जनार्दन खनाल सर । ‘तिम्रो त अंग्रेजी पनि राम्रो छैन, गणित पनि राम्रो छैन, डिभिजन पनि राम्रो छैन । यहा“ सबैको फस्ट डिभिजन छ’, जनार्दन सरले यसो भनेको मलाई हिजैजस्तो लाग्छ । उनले सोधेका थिए, ‘अंग्रेजीमा आफ्नो नाम लेख्न आउछ ?’ यो प्रश्नको उत्तर दिन नसकेर मैले कोठाको सिलिङमा आखा डुलाएको थिए“ ।
अंग्रेजीको ‘अ’ पनि नआउने मेरो डरको पारो बढेर त्यसपछि उच्च भएको थियो । मलाई  त अंग्रेजीमा नाम लेख्न आउ“दैन थियो । म नबोली बसेपछि शायद जनार्दन सरले मेरो कमजोरी बुझे र लेख्न लगाएनन् । त्यतिमात्रै होइन मलाई डिभिजन भनेको के हो थाहा थिएन, समुतीर्ण र विषय लागेर उत्तीर्ण भएको भनेको के हो थाहा थिएन । अंग्रेजी र गणित जान्नु त कता हो कता ? अहिले सम्झिन्छु, मलाई कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा कसरी पास गराइदिएछन् कुन्नि ? (पास गराउने मनकारीलाई धन्यवाद ।)
करिब १५ मिनेट मेरो मार्कसिट र अनुहार बराबर हेरेर जनार्दन सरले महेन्द्र माविको ढड्डामा मेरो नाम चढाए । स्कुलको कुनै कुनामा धूलो मैलो भएर त्यो ढड्डा कतै लडिरहेको होला । भर्ना वापत २० या २५ रुपैया पैसा लिए । मामाले त्यो पैसा भुक्तानी गरे । किन्नु पर्ने किताबको लिस्ट दिए । पुस २ गतेदेखि स्कुल आउनु भने । त्यतिबेला नया शैक्षिकसत्र पुसदेखि सुरु हुन्थ्यो ।
यसरी एउटा कमजोर विद्यार्थी माध्यमिक तहको पहिलो ब्याचका रुपमा ‘महेद्र प्रस्तावित मावि’मा कक्षा ६ को विद्यार्थी भयो । मेरो रोल नम्बर धेरै पछि थियो ३७ वा ४३ अहिले भुले“ । भर्ना भएपछि मनमा खुसी र त्रास एक साथ मडारिएर आयो । एक मनले भन्यो, ‘केटा अब ६ कक्षा पुगिस् ।’ अर्को मनले सोच्यो, ‘यहा एक से एक जान्नेहरु पढ्दा रैछन्, त लद्दु सकिने भइस् अब ।’