Sunday, January 29, 2012

नबिर्सिने ती दिनहरु


  • अनमोलमणि पौडेल


२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलि“दै गएको आकाशे रंगको सर्ट, गाढा नीलो रंगको हाप पाइन्ट र गा“स्दा गा“स्दा गा“स्ने ठाउ“ सकि“दै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत ।
मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको मेहन्द्र प्रस्तावित माध्यमिक विद्यलाय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिए“ । मैजस्ता केटाकेटीको हुल कल्याङ मल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वा“ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।
‘पढाइ त कमजोर रहेछ’, मेरो जम्लेहात नमस्कारको त्यतिविग्नै वास्ता नगरेर ढाकाटोपी र चस्मा लगाएका सर बोले, ‘ल यहा“का विद्यार्थीले ल्याएको नम्बर हेर । यहा त एक से एक छन् । यहा पढ्ने भए तिमीले धेरै मेहनत गर्नु पर्छ । कम्पिटिशन गर्न सक्छौ ?’ उनले आफ्नो स्कुलबाट कक्षा ५ पास भएका विद्यार्थीको नाम अंकित दुई पाने चिरकट्टे म तिर सारिदिए । मैले अमिलो अनुहार पारेर हेरे“मात्रै । सबै पढ्ने मेरो ह्याउ थिएन ।
उनी थिए माध्यमिक तहका लागि प्रस्तावित महेन्द्र प्राथमिक विद्यलायका प्रधानाध्यापक जनार्दन खनाल सर । ‘तिम्रो त अंग्रेजी पनि राम्रो छैन, गणित पनि राम्रो छैन, डिभिजन पनि राम्रो छैन । यहा“ सबैको फस्ट डिभिजन छ’, जनार्दन सरले यसो भनेको मलाई हिजैजस्तो लाग्छ । उनले सोधेका थिए, ‘अंग्रेजीमा आफ्नो नाम लेख्न आउछ ?’ यो प्रश्नको उत्तर दिन नसकेर मैले कोठाको सिलिङमा आखा डुलाएको थिए“ ।
अंग्रेजीको ‘अ’ पनि नआउने मेरो डरको पारो बढेर त्यसपछि उच्च भएको थियो । मलाई  त अंग्रेजीमा नाम लेख्न आउ“दैन थियो । म नबोली बसेपछि शायद जनार्दन सरले मेरो कमजोरी बुझे र लेख्न लगाएनन् । त्यतिमात्रै होइन मलाई डिभिजन भनेको के हो थाहा थिएन, समुतीर्ण र विषय लागेर उत्तीर्ण भएको भनेको के हो थाहा थिएन । अंग्रेजी र गणित जान्नु त कता हो कता ? अहिले सम्झिन्छु, मलाई कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा कसरी पास गराइदिएछन् कुन्नि ? (पास गराउने मनकारीलाई धन्यवाद ।)
करिब १५ मिनेट मेरो मार्कसिट र अनुहार बराबर हेरेर जनार्दन सरले महेन्द्र माविको ढड्डामा मेरो नाम चढाए । स्कुलको कुनै कुनामा धूलो मैलो भएर त्यो ढड्डा कतै लडिरहेको होला । भर्ना वापत २० या २५ रुपैया पैसा लिए । मामाले त्यो पैसा भुक्तानी गरे । किन्नु पर्ने किताबको लिस्ट दिए । पुस २ गतेदेखि स्कुल आउनु भने । त्यतिबेला नया शैक्षिकसत्र पुसदेखि सुरु हुन्थ्यो ।
यसरी एउटा कमजोर विद्यार्थी माध्यमिक तहको पहिलो ब्याचका रुपमा ‘महेद्र प्रस्तावित मावि’मा कक्षा ६ को विद्यार्थी भयो । मेरो रोल नम्बर धेरै पछि थियो ३७ वा ४३ अहिले भुले“ । भर्ना भएपछि मनमा खुसी र त्रास एक साथ मडारिएर आयो । एक मनले भन्यो, ‘केटा अब ६ कक्षा पुगिस् ।’ अर्को मनले सोच्यो, ‘यहा एक से एक जान्नेहरु पढ्दा रैछन्, त लद्दु सकिने भइस् अब ।’

यो झण्डै बीस वर्ष अघिको कुरा । मैले महेन्द्र मावि छाडेको डेढ दशक भइसकेछ ।



अब कहिल्यै नफर्किने गरी गएका ती स्कुले दिन सा“च्चै रमाइला थिए ।
नया स्कुल नया साथी । राम्ररी नाम पनि लेख्न नजान्ने म । सुरुका केही दिन कसैसित नबोली बसे“ । मेरा अक्षर साहै नराम्रा थिए, अरुले देख्लान् भन्ने पीर थियो । शायद त्यति नराम्रा अक्षर कमै विद्यार्थीको हुन्छ । म न अंग्रेजी लेख्न  जान्दथे“, न नेपाली । श्रीबहादुर राई सरले एक दिन दाहिने हातमा एक छडी लगाएर भने, ‘एक हप्ता डिको नदिइ लेख् । त्यसपछि डिको दिन थाल् । छ कक्षा पढ्नेका अक्षर गिद्धले छेरेजस्ता छन् ।’
मलाई अक्षर सुधार्नु थियो, मैले त्यसै गरें । साच्चै उनले भनेजस्तै जादुमयी तरिकाले मेरा अक्षर फेरिए । म हार नछोडी डिको दिएर नेपाली लेख्न जान्ने भए“ । त्यसपछि म यति खुसी भए“ कि खाली कागज देख्यो कि लेखिरहने बानी  लाग्यो । अभ्यासले मेरा अक्षर झन् सुध्रिए ।
कक्षा ६ पढ्न अ“धेरी गाउ“बाट छतिवन आउने म एक्लो फुच्चे थिए“ । छतिवन आइपुग्न मलाई २ घण्टा लाग्थ्यो । कर्म प्राप्ति प्राथमिक विद्यलायबाट मसितै कक्षा ५ पास गरेका लोक बहादुर विश्वकर्मा, कमलध्वज न्यासुर, घनश्याम दर्लामी र सावित्री माझी पनि छतिवन स्कुल आएका थिए । हाम्रो गाउ“ फरक थियो । तिनले पढाइ निरन्तर गर्न सकेनन् । लोकबहादुरको ३ कक्षा पढ्दै विहे भएको थियो । ६ कक्षा आइपुग्दा उनी बाउ बनिसकेका थिए ।
अधेरीबाट बकिया, सुकौरा र सिमात खोला तरेर म छतिवन आइपुग्थे“ । सुकौरा कटेपछि खयर घारीको मौजेबन पथ्र्यो करिब ७ मिनेट दुरीको । त्यसलाई चिहान घारी पनि भन्थे । अहिले त सबै बगाइसक्यो । स्कुल आउ“दा र घर फर्कि“दा त्यहा पुगेपछि मेरो मन त्यसै त्यसै ढक्क फुल्थ्यो । पर बगरबाट हातमा एक ढुङ्गा बोक्थे । अनि दाया बाया हेर्दै बन छिचोल्थे“ । घुम्ति कट्ने वित्तिकै चौतारो थियो । सा“झ विहान त्यहा“ तर्साउ“छ, मुर्कुट्टा निस्कन्छ, सेतो भुत ठमठम हिंड्छ भन्थे । त्यहा पुगेपछि डरको पारो झन् उच्च हुन्थ्यो । कान राता हुन्थे । जीउ सिरिङ्ग । तर मैले त्यस्तो भूत कहिल्यै देखिन“ । विहानको पढाइ हु“दा अध्यारैमा हि“ड्दा पनि मलाई कुनै भुतले बाटो छेकेन । सा“झ अवेर फर्कि“दा पनि कुनै मुर्कट्टाले तर्साएन । गाउ“ले बुढाहरु भन्थे, ‘यसको ग्रह बलियो छ । सितिमितिले छुदैन ।’
छतिवन आएपछि अब मेरा नया साथी बनेका थिए । पहिलो परिचय कोसित भयो हेक्का छैन । ६ कक्षा पढ्दा नवराज गौतम मेरा पहिलो र नजिकका साथी भए । स्कुल छेउमै उनको होटल थियो । कक्षा ६ को अर्धवार्षिक परीक्षा दिन म नवराजकै घरमा बसे“ । त्यही“ खाए“ । सकेको सानोतिनो काममा सघाए“ । रामप्रसाद दाहाल, श्याम दाहाल, राजकुमार गौतम, श्याम राई, थिरबहादुर राई, अजय दंगालले स्कुल नसकिउन्जेल मलाई सबै कुरामा सघाए । उनीहरुको घरमा राखे । खुवाए । राम—श्याम दाइ, नवराज, राजकुमारको घरमा खाएको मोहीभात, श्याम राईको घरमा खाएको घु“गीको स्वाद मेरो जिब्रोमा झुन्डिराखेकै छ । कहिले काहि“ अच्छेलाल साहुको दोकानमा साथीभाइले मुराइको डल्ला र बन पाउरोटी खुवाउ“दा मलाई लाग्थ्यो यति मीठो चिज संसारमा अरु केही हुन्न होला । राजु केसी, अजय दंगाल र थिरबहादुर राईका प्रेम पत्र लेखिदिएपछि तिनले खुवाएको खाजाको तलतल मलाई अहिले पनि लागिरहन्छ । विशेष गरी जेरी र तरकारी ।
कक्षा सातको अर्धवार्षिक परीक्षा नवराजकै घरमा बसेर दिएकाले दोस्रा भए“ । सामाजिक आलोक सरले पढाउ“थे । परीक्षामा नवराज प्रथम भए । कारण थियो, नवराजले प्रश्नपत्र पहिलेनै पाएको रहेछ । उसले यो यो पाठबाट यो यो प्रश्न आउ“छ भनेकाले मैले त्यही घोकेर जा“च लेख“े । उनै ओलक सरले दशैंको छुटिट् अघि ल कविता सुनाओ भन्दा मैले ‘दशैंको शुभकामना’ शीर्षकमा चार लाइनको कविता सुनाएको थिए“ । जुन मेरो जिन्दगीको पहिलो कविता थियो । कक्षा ७ हुदा भएको कथा लेखन प्रतियोगितामा शीर्षकनै नराखी मैले एउटा कथा लेखेर तेस्रो भए“ । कथाको शीर्षक उद्धव सापकोटा सरले राखिदिएका थिए, ‘स्कुल जाने रहर’ ।
९ कक्षामा ५० रुपैया नहुदा झण्डै मकवानपुर गढी र शहीद  स्मारकको शैक्षिक भ्रमण र पिकनिकबाट बन्चित भएको थिए“ । राम लक्ष्मणले कताबाट मेरो पैसा पनि जुटाइदिए वा स्कुलले निशुल्क लग्यो थाहा छैन । म जान पाए“ । पिकनिकमा पर्शुराम सरले फोटो खिचेका थिए । पैसा नभएकैले मैले ती फोटा स्कुल पढुन्जेल माग्न र लिन सकिन“ । स“गै पढ्ने कल्पना दाहालले आफ्नै भाइझैं गरेर स्कुल नसकिउन्जेल सघाइन् । शुशीला अर्याल, उमा खड्का, विन्दा र शान्ति विडारी, तुलसी घिमिरे, भगवती वस्नेत स्कुल जीवनभरि मेरा नजिकका साथी थिए ।
स्कुल पढ्दा कति पल्ट मसित किताब कपी किन्ने पैसा भएन । साथीभाइले भरखर किनेको कपिको वीचको पाना दिएर मलाई लेख्न पढ्न हौस्याए । कलम किन्न नसक्दा मैले लिडलेमात्रै पनि लेखे“ । कतिपल्ट शिक्षकहरुले आफ्नै डट दिए । सरको डट चलाउन पाउ“दा मैले आफूलाई ठूलो सम्झे ।
स्कलुमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । नाचगान खुब चल्थ्यो । सरस्वति पूजा, दशैं, तिहारको विशेष अवसर वा जिल्ला स्रतरीय सांस्कृति कार्यक्रम अथवा तीजका बेला शान्ति विडारी र तुलसी घिमिरे नाचेको अहिले झलझली याद आउ“छ । उनीहरुको नाचले हाम्रो स्कुललाई जिल्लामा पुरस्कृतनै गरेको थियो । गोपाल विश्वकर्माको वा“सुरी धूनमा लट्ठिनेहरु स्कुलमा धेरै थिए । उनका धुन सुन्न म अहिले पनि काठमाडौंका गीत रेकर्डिगस्टुडियो पुग्छु । उनी अहिले देशको स्थापित बासुरीबादकका रुपमा परिचित हु“दैछन् ।
म ९ कक्षा हुदा सात कक्षाको एक जना साथीले विनाकारण कुटेपछि इखले मैले कराते सिके“ । नेत्र र नरबहादुर राई त्यसका गुरु थिए । यही बेला चिनजान भएको थियो हेटौंडाकी पार्वती गिरीसित । उनीसित लामो समय मेरो नजिकको मित्रता भयो । तिनले मलाई सधै हौस्याइन्् । कहिल्यै निराश हुन दिइनन् । सामान्य कुरामा पनि सघाइरहिन् । कतिसम्म भने आफ्नो खल्तीको पैसा समेत मलाई दिइरहन्थिइन् । स“गै नपढे पनि स्कुल जीवनकी साह्रै घनिष्ठ साथीमा उनको नाम कहिल्यै मेटि“दैन ।
कक्षा ६ मा हामी ६० त्रिसट्ठी जना थियौं । साना कक्षा । अटाइ नअटाइ बस्थ्यौं । तेस्रो बेच्नभन्दा पछाडि म कहिल्यै बसिनं । दिएको गृहकार्य सधै“ पूरा गरे“ । कति साथीले मेरो कपिको उत्तर सारेर पनि शिक्षकलाई टारे । कति साथीका कपिमा मैले नै उत्तर लेखेर पनि सरको खप्कीबाट जोगाए“ । कसैसित मेरो नराम्रो भएन । म सबैको नजिकनै भए“ ।
९ कक्षामा महेन्द्र मावि भर्ना हुन आएका कुमार लामा अंग्रेजी, गणित र विज्ञानमा तगडा थिए । उनीप्रति धेरै केटीसाथीहरु आकर्षित थिए । कतिले तिनलाई प्रृेम पत्रनै पठाउ“थे । उनी अहिले सपरिवार दुवइमा छन् । कुमार आउनु अघि कक्षाको प्रथम बासुदेव खनाल थिए । अहिले अमेरिका बस्छन् । केही महिना अघि अध्धयनका लागि अमेरिका जा“दा डेढ दशकपछि उनीसित कुरा भयो । कुमार र बासु दुवैलाई सरहरु भन्थे, ‘यिनले एसएलसी फस्ट डिभिजनमा पास गर्छन् ।’
स्कुल पढुन्जेल कहिल्यै कुनै पिरियड हामीले छाडेनौं । गृहकार्य छुटाएनौं । स्कुल सरसफाइ पनि हामी आफै गथ्र्यौ“ शुक्रबारको दिन । केटीहरुको काम लिप्न, केटाहरुको काम बढार्ने । काम टार्न हामी काउने खोलाको शीर तिर अलमलिएर पनि बस्थ्योैं । स्कुल बनाउने सामग्री आफै ओर्साथ्यौ । हरेक विहान हुने प्रार्थना सभामा लाइन मिलेर बस्थ्यौ“ । सामुहिक राष्ट्रिय गान गाउथ्यौं । एक बजे हुने टिफिन टाइममा साथीहरु फुटबल, भलिबल खेल्थे । केटीहरु डोरी र रिंग खेल्थे । मेरो रुची चेसमा थियो ।
एसएलसी दि“दा मेरा साथी थिए, शेरबहादुर विश्वकर्मा । हामी एउटै कोठामा बस्थ्यौ“ । केही समय छतिवननै पढाएर हेटौंडा सरुवा भएका उद्धव खनालसित ट्युसन पढ्ने लहड थियो । पैसा नभएर हामी दुवैले पढ्न सकेनौं । हामी कोठामै पढ्थ्र्याै“ । यही बेला मैले साइकल चलाउन जाने“ । हेटौंडाका सिनेमा हलमा साथीहरुको पछि लागेर नाना पाटेकर र अमिर खानका फिल्म हेरे“ एसवंन्त र राजा हिन्दुस्तानी । ठूलो मारको ज्योति माविमा एसएलसी सेन्टर पर्दा पनि शेरबहादुर र म एउटै कोठामा थिर्याैं । हामीले स“गै बसेर एसएलसी दियौं“ । शेरबहादुरले पकाएको गुन्दु्रक भटमासको स्वाद साह्रै मिठो हुन्थ्यो ।
एसएलसीका बेला विहानै हामी चिउरा दालमाृठ खान्थ्यौं । कौशल्या रेग्मी नामकी केटी हामीसितै एसएलसी दिन्थिन् । हाम्रो कोठामा खुब आउ“थिन् । उनीसित कुरा गरिरह“दा म पढ्न पनि बिर्सन्थे । एसएलसी सकिएपछि फेरि कौशल्यासित भेट भएन । शेरबहादुर पनि छुटे । अर्का थिए सोम लामा । जिज्ञासु । अक्षर मेरा भन्दा पनि नराम्रा । एउटै कुरालाई उनी अनेक कोणबाट सोचिरहन्थे । घोत्लिइरहन्थे ।
हामी अनेक स्वरुप र बान्कीका थियौं । विष्णु गौतम कक्षाका सबैभन्दा साना थिए । शुशीला बोलिरहन्थिन् । उमा, शान्ति, विन्दा हासिरहन्थे । भगवति र धनकुमारी (पछि अनिता भइन्) अरुभन्दा ज्यानदार थिए । उनीहरुको छुट्टै जोडी थियो । श्याम राई कम बोल्थे । मातृभाषा नभएकाले श्याम र थिरको नेपाली कमजोर थियो । ललितपुर जिल्लाको चापागाउ मूलघर भएका राजु पढ्न जान्नेमा दरिन्थे । उत्तम गौतम खर्चालु थिए । कसैले १० कक्षा पढ्दा पढ्दै ज्यान जान्छ भन्ने सुनाइदिएछ, उनी मोजमस्तीमा लागेका थिए । बेला बेला बोलाएरै खाजा खुवाउथे । अजय दंगाल लोसे लोसे पाराका थिए । केटी साथीहरुप्रति उनको घनिष्ठता बढी थियो । राम श्याम दाहाल राजनीतिमा बढी चाख राख्थे । भलिबलका राम्रा खेलाडी थिए यी जुम्ल्याहा दाजुभाइ । रमेश काफ्ले कविता चुट्किला लेख्थे ।
स्कुलमा म कहिल्यै अब्बल विद्यार्थी भइन“ ।  सामान्य नै रहे“ । कक्षा ८ सम्म अंग्रेजी र गणितमा फेल हुने क्रम रोकिएन । कक्षा ९ पछि म समुतीर्ण हुन थाल“े । पढाइ अलि सुध्रियो । समुतिर्ण भएपछि कक्षा १० पढ्न मलाई स्कुलले छात्रवृत्रि दिएर सघायो । टेस्ट अघि नुरप्रसाद गौतमसित केही दिन ट्युसन पढ्ने अवसर मिल्यो । नुरप्रसादबारे छतिवनमा ठूलो चर्चा थियो । विशेषगरी अंग्रेजी र गणितमा असाध्य जान्ने छन् भन्ने चर्चा । ८ पढ्दा १० कक्षाका विद्यार्थीलाई पढाए भन्ने चर्चा । सबै उनीसित पढ्न झुम्मेका थिए । ट्युसन पढ्न मसित पैसा थिएन । तैपनि जुरेली चोकको एउटा घरमा दिउसो साथीभाइसितै एक दिन म पनि उनको ट्युसन कक्षामा पुगे“ । धन्न उनले सुरुमै पैसा मागेनन् । नजानेको कुरा सोधी सोधी सिकाए । पैसा तिर्न सक्दिन“ भन्ने लागेर अंग्रेजी पढ्ने लोभ हु“दा हु“दै तीन दिनपछि म जान छाडे“ । तीन दिनको ट्युसनमा मैले ‘टेन्स’ (काल) सिके“ । उनी भन्थे, ‘टेन्स जाने एसएलसी दिनेले आधा अंग्रेजी जान्दछन् ।’ त्यही तीन दिनको पढाइले म एसएलसी पास हुन सकेको हु । उनले पढाएको शैली मलाई अहिले पनि याद छ । अलिकति उछिट्टिएका दातबाट तिनी ‘फ्फ’ खालको उच्चरण गर्दा हामी उनलाई अमेरिकन नै ठान्थ्यौं । पैसा नतिरी हिंडेकाले केही दिन उनको नजिकनै पर्न डर लाग्यो । सुन्छु, नुरसर अलिहे हेटौंडामै सरकारी बैंकमा  जागिरे छन् ।




मेरो मनमा अहिले पनि महेन्द्र माविको ब्ल्याक बोर्ड छ । गारो र बा“ भाच्चिएको त्यतिबेलाको स्कुल भवन मलाई प्रिय लाग्छ । चुकुल र सा“चो बिग्रिएका झ्याल ढोका मैले बिर्सेको छैन ।
साहित्यका आधा दर्जन पुस्तक प्रकाशन गरेको एउटा भुरे टकुरे लेखक भएर, दशकभन्दा बढी पत्रकारिता पेशामा संलग्न भएर  देशविदेश घुम्ने, पढ्ने, हर्ने र सिक्ने अवसर पाइरहेको छु । जहा“ पुगे पनि मलाई सोध्छन्, ‘स्कलु कहा पढेको ?’ म सगर्व भन्छु ‘छतिवनको मेहन्द्र मावि ।’ महेन्द्र मावि यसरी  हरेक क्षण मसितै जोडिएर हिंडेको छ । म जेछु त्यसमा महेन्द्र माविकै लगानी छ ।
सबै गुरुलाई मैले आदर गरेको छु । मेरा आदरणीय गुरुहरुलाई केही दिन सकेको छैन । तिनको गुन त म कहिल्यै फिर्ता गर्न सक्दिन । म जतिनै ‘ठूलो’ भए वा जहा“ पुगे पनि मेरा शिक्षकहरु देखेपछि अहिले पनि मनमा डरडर लागेर आउ“छ । मेरो सर्टको माथिल्लो बटन खुलै छ कि ? कपाल लामो भयो कि ? अंग्रेजीमा नाम भन् भनेर सोधी हाछल्न् कि ? मेरो अल्छे पनबारे अहिले पनि चासो  राख्छन् कि ? यो डरभन्दा पनि उनीहरुप्रतिको श्रद्धा हो । शायद अनुशासन हो कि ?
ती सरको हारमा उभिन मलाई अहिले पनि धक लाग्छ । ती शिक्षकले हात दिइ हाल्दा पनि म मिलाउने नमिलाउने दोधारमा पर्छु । आफ्ना शिक्षकसित हात मिलाएर बराबरको हुने हैसियतमा म कहिल्यै पुग्छु भन्न्े लाग्दैछ । भेट्दा जम्लेहात गरेर नमस्कार गर्न, मोबाइलमा सन्चो सुविस्ता सोध्न, सामाजिक सञ्जालमा हाइ हेल्लो गर्न बाहेक मैले सा“च्चै न मेरा गुरुहरुलाई केही गर्न सकेको छु, न मेरो स्कुललाई ।
प्रस्तावित विद्यालय भएकाले माध्यमिक तहमा अंग्रेजी पढाउने शिक्षक थिएनन् । आउ“थे, महिनादिन पढाउ“थे र फेरि बेपत्ता हुन्थे । सामुदायिक विद्यालयको अवस्था अहिले पनि त्यही छ । सात विषय पढ्नु पर्ने, शिक्षक दरबन्दी ५ जनाको । आन्दोलन गरेर अंग्रेजी शिक्षक माग गथ्र्यौं । माग पूरा गर्नु हेडसरको बसको विषय थिएन ।
चितवनबाट आएका शेषकान्त सरले निमावि तहको अंग्रेजी पढाउ“दा हामी खुसी भएका थियौं । उनीसित अंग्रेजी अंग्रेजीमै पढाउने क्षमता थियो । तर उनले माध्यमिक तहसम्म पढाउन पाएनन् । कक्षा ८ पछि हामीले विश्व लामा, उद्धव खनाल, गणेशप्रसाद साह बाट अंग्रजी पढ्यौ । विश्व लामा र उद्धव सरप्रति हाम्रो अगाध रुची हु“दा हु“दै छाड्नु प¥यो । हामी फेरि अंग्रेजी मास्टरविनाका टुहुरा भयौं । गतिलो र स्थायी अंग्रेजी शिक्षक नदेखी आफ्नै बलबुतामा पढेर एसएलसी दिनु प¥यो ।
नैतिक शिक्षा र संस्कृत पढाउने शिक्षक जनार्दन खनालले छन्दका कवितामा भाक हालेको, विश्वसरले भकभकिदै घाटीको नशा फुलाएर अंग्रेजी अथ्र्याएको अहिले पनि कानमा गुन्जिरहन्छ । उद्धव सापकोटाले ८ कक्षा सम्म पढाए । छलफलबाट समस्या समाधान गर्न र साथीलाई बोलाउदा नामको पछाडि ‘जी’ लगाउनु भनेर उनैले सिकाए । उनी विद्यार्थीका घरै छिरेर वा बाटातिर भेटे अंगालो मारेर डो¥यादै स्कुल ल्याउ“थे । माक्र्सवादका किताब पढ्थे । पञ्चायत कालमा भूमिगत रुपमा पार्टीका काममा पनि हिंड्थे । तर कक्षा कहिल्यै छाडेनन् ।
कक्षा सातमा नेपाली पढाउन आएका रमेशमोहन अधिकारी शब्दबाटै विद्यार्थीको हुर्मत लिन खप्पिस थिए । उनको कक्षामा कसैले चुक्क आवाज निकाल्दैनथ्यो । साहित्यिक पत्रिकामा समीक्षा, संस्मरण छाप्थे । नेपाली किताबमा पढ्ने कथा कविताका लेखक चिनेको÷भेटेको वर्णन सुनाउ“थे, साह«ै ठूलो मान्छे ठान्थ्यौ“ । यिनै शिक्षकको प्रेरणाले मेरो नाम सत्र वर्षअघि पत्रिकामा छापियो । र अहिले भुरे टाकुरे लेखक भइ टोपलेको छु । उनी छतिवनको महेन्द्र मावि नआएको भए शायद म लेख्ने बाहेकको कुनै पेशामा गाउ वा कुनै खाडी मुलुकको श्रमिक हुन्थे“ । यिनले मेरो जीवनको बाटो बदलिदिए, लेख्न सक्छस् र लेख् भनेर हौस्याइ रहे ।
सहनी सरले विज्ञान र गणितको सुत्र नघोकाएको भए, छतिवन स्कुलमा रमेशमोहन, शेषकान्त, विश्व, उद्धव खनाल, रवीन्द्र सरहरु नआएको भए, नुरप्रसाद र्गौतमले जुरेली चोकमा ‘पैसा नलिइ तलाई ट्युसन पढाउन्न’ भनेको भए शायद म आज पनि एसएलसी फेलकै मार्कसिट बोकेर कतै हल्लिरहेको हुन्थे“ होला । संयोग त्यसो भएन ।



हामी विद्यार्थीलाई यतिको हैसियतको बनाउन सबै शिक्षकले विभेद नगरी सिकाए । सबैले दिएमात्रै, बदलामा उनीहरुले अहिलेसम्म केही लिएका÷मागेका छैनन् । कुनै गुरुले कुनै शिष्यसित केही माग्दैन । कुनै शिष्यले गुरुलाई फिर्ता दिएर केही सक्दैन । त्यही सिकाइको ज्ञान बोकेर अहिले म यो धर्तीमा छु । ससार घुम्दै छु ।
महेन्द्र मावि मजस्ता विद्यार्थीका लागि सिक्ने र सुस्ताउने विशला चौतारी बनेको छ । यहाका सबै शिक्षक आफू सल्किएर सयौं हजारौंलाई उज्यालो दिइरहेका छन् ।
सबैलाई मेरो सादर नमस्कार ।

2 comments:

kumar said...

Wow Anamol ji its really really nice.i strongly appreciate it. I remember all those days.And one thing you know i am the one who did not let you to beat by some one who was trying to beat you.i blocked all his kicks which he threw on you .

Dinesh Poudel said...

very sentimental write up. Plz keep writing your beautiful feelings.