Tuesday, June 11, 2013

शर्मिलाको मृत्यु


यसपटक कहिल्यै नमर्नेगरी मरी
एसएलसी परिणामको आठ घण्टा पछि शर्मिला गिरी ।


गाँस्दा गाँस्दा गाँस्ने ठाउँ बाँकी नरहेको
खिइसकेको हात्ती छाप चप्पलको तुना सम्हाल्दै
भाँच्चिसकेको बाङ्गो बेन्चमा बसेर अस्तिसम्म
‘मान्छे दरिलो मन लिएर बाँच्नु पर्छ’ भन्ने
नैतिक शिक्षाको पाठ घोक्ने विचरी शर्मिला
अब कहिल्यै नमर्ने गरी मरी


भन्दै थियो साइबर क्याफेको मान्छे
हँसिलो अनुहारमा परिणाम हेर्न
क्याफे छिरेकी शर्मिला
परिणामको अङ्क तालिका डिलिट नगरी
निरास निरास अनुहारमा बर्बराउँदै फर्केकी थिई—
‘म फेल भएको होइन, मलाई कसैले फेल बनायो
सत्य सत्य मैले राम्रो लेखेर आएकी छु ’

एक हातमा कचियाको बिँड
एक पिठ्युँ घाँसको भारी र त्यसैमाथि किताब राखेर
विद्यालयको दशवर्ष सक्दा मेहनत गरेर कम्प्युटर पनि सिकेकी थिइ
त्यो सहरोन्मुख गाउँमा
भन्थे उसका गुरुहरु—
‘शर्मिला बिछट्टै तेजकी छ
फस्ट डिभिजनमा एसएलसी पास गर्छे’

सम्झना ताजै छ
एक डोको मलको भारीले थिचिएर
भन्थी शर्मिला—
एसएलसी पास गरेर नर्सिङ पढ्छु
कुनै नर्सले को उपचार गर्न नपाएर
अहिले उसको मृत्यु रमिता र बहस भएको छ
कसले बगाउँछ आँशु ?
कसले बुझ्छ कर्तव्य ?
यतिखेर रोइरहेछ शर्मिलाको आत्मा
र भनिरहेछ सबैलाई—
भेलिको एक दिन बाँच्न आखिर एक रात मर्छन् मान्छेहरु
संसारदेखि हराएर मलाई सधैँका लागि मारिदिए

अखबारमा शर्मिलाको मृत्यु पढिरहेका
शिक्षाविद÷पत्रकार÷नागरिक समाज÷मानवअधिकारवादीहरु
घोप्टिरहेछन् आफ्नो ल्यापटप अघिल्तिर
र लेखिरहेछन् भावुक कार्यपत्र शैक्षिक विकास गोष्ठीका लागि—
‘एसएलसी फेल भएर आत्महत्या गरी काभ्रेकी शर्मिला गिरीले
अब फेरि मर्न दिनु हुन्न शर्मिला गिरीहरु ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।