Sunday, May 23, 2010

Book Review

पुस्तक»

अनमोल कथा


गत तीजमा मैले आफन्त महिला साथीहरूलाई चुराधागोको साटो कथासंग्रह नीलिमा र गाढा अँध्यारो दिएँ । मैले ज-जसलाई दिएँ, उनीहरूले पनि अरूलाई किनेर दिएको सुनेँपछि । उनीहरूलाई पनि कथाभित्रको सन्देशले गज्जबसँग छोएछ । अनमोलमणिका कथाहरूले बदलिँदो समाज र विज्ञानका चमत्कारहरूलाई आत्मसात् गरेको मान्न कर लाग्यो ।

नेपाली कथाको स्वाद लिन पल्केकाहरूले बीपी कोइराला, गुरुप्रसाद मैनाली, धु्रवचन्द्र गौतमहरूको नाम छुटाउँदैनन् । पद्मावती सिंह, नारायण ढकाल, नयनराज पाण्डे आदि अघिल्लो सशक्त पुस्ताको बिँडो थाम्दैछन् भन्नेहरू गलत होइनन् । अहिले आएर संख्यात्मक रूपमा धेरै पुस्तक निकाल्नु, कपाल फुल्नु र आफ्नै प्रचारमा कस्िसनु मात्रै साहित्यकारमा दरनिुको प्रमाण होइन भन्ने नजिर बनेका छन् युवा कथाकार अनमोलमणि । पछिल्लो पुस्ता बेकम्मा भयो, रचनामा स्तर खोइ ? भनेर गनगन गर्ने स्वनामधन्य टिप्पणीकारहरूलाई उनको एउटै संग्रह गतिलो जवाफ भएको छ ।

उमेर मात्र हेर्नेहरूले अनमोललाई केही वर्ष अध्ययन गर भनेर सुझाव दिनसक्छन् । एउटा संग्रह निकाल्दैमा औताउनु पर्दैन भन्नेहरू पनि भेटिएलान् । तर, भनेर के गर्नु, बिहानीले दिउँसोको संकेत दिइसक्यो । एउटै संग्रहले युवा पुस्तामा 'लिड' कथाकारको सशक्त संकेत दिइसक्यो । नेपाली समाजमा पुराना मूल्य, मान्यता र परम्पराले बर्जित गरेका कुराहरू सामान्य व्यवहारको विषय बनेका छन् । विकासको गति यति तीव्र हुने रहेछ कि नस्वीकारी धरै छैन । कोठामा आउन लागेको सांसारकि हावाको झोक्कालाई झ्यालमा बसेर रोक्न सकिने कुरै भएन । यस कुरालाई अनमोलले कथामार्फत व्यक्त गरेका छन् ।

२१औँ शताब्दीको प्रविधिले सास गइसकेको मानिसलाई बचाउनेबाहेक सबैथोक गरसिकेको छ । पुरुष गर्भवती भएको समाचार पनि अब भृकुटी तन्काउनुपर्ने विषय रहेन । त्यसैले जतिसुकै शास्त्रीय समालोचकले पनि अनमोलका विज्ञानमुखी कथालाई स्वीकार्ने कर परेको छ । एक दर्जन खँदिला कथा भएको संग्रहको न्वारान नीलिमा र गाढा अँध्यारोबाट गरएिको छ । जुन कथाबाट शीर्षक राखे पनि सुहाउँथ्यो भन्ने पाठकको राय आएछ भने अन्यथा हुँदैन । यो किन पनि भने, सबै कथा पुराना ढर्राबाट मुक्त छन् । बदलिँदो परविेश र मानिसको चेतनामा आएको फरकपन कथाकारले समेटेका छन् ।

सबै कथा पढेपछि कथाकारले कहीँकतै नारी जातिलाई सम्मानजनक अपमान गरेका हुन् कि अपमानजनक सम्मान ? भन्ने प्रश्न गर्न मन लाग्छ । यसको जवाफ आगामी कथाहरूमा दिऊन् अनमोलले ।

http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=384

No comments: