Monday, May 17, 2010

Book Review

कल्पनाश्रित उडान

नीलिमा र गाढा अँध्यारो कथाकारः अनमोलमणि प्रकाशकः रिएन्टल पब्लिकेसन
पृष्ठः १०७,
मूल्यः रु.१३५
समालोचक डा. गोविन्दराज भट्टराईले लेखेका “साहित्यमा सस्ताइँले ढाकेको यो बेला, छोटो बाटो खोजेर छटपटाइरहेका युवापुस्तालाई अनमोलका कथा-शिल्पले अर्कै सन्देश दिनेछन्― धैर्यको, त्यागको, साधनाको अझ् भन्दछु निरन्तर अध्ययनको” भन्ने कुरासँग अनमोलमणिको कथासङ्ग्रह नीलिमा र गाढा अँध्यारो पढेपछि विमति राख्न सकिँदैन।

टेष्टट्यूब बेबी र मेरी प्रेमिकामा विश्वव्यापीकरण र साइबर संस्कृतिको कलात्मक प्रस्तुतिबाट आफूलाई भिन्न देखाउने प्रयास गरेका कथाकारद्वारा प्रस्तुत साइबर जीवन, टेष्टट्यूब छोरासँगको संवाद, त्यसले प्रतिबिम्वित गर्न खोजेको संवेदनहीन समाज र प्रसव पीडा बेहोर्न नचाहने आधुनिक आमाहरूको कथावस्तु नौलो एवं रोचक छ। थोरै लेखकहरूले मात्र जमर्को गर्ने उत्तरआधुनिक लेखनमा अनमोलमणिको प्रयास आसलाग्दो छ।

प्रेमको विषयवस्तुमा आधारित पीडा नायक215, नीलो रुमाल हराएपछि, नीलिमा र गाढा अँध्यारो, कार्नेसन, धूँवा र तिम्रो झ्झ्ल्कोमा पनि लेखकले नयाँ स्वाद दिएका छन्। अकारणमा प्रेम पीडाको प्रस्तुति तारिफयोग्य छ। उस्तैमा नारीहरूले विभिन्न अनुहार र पात्रमार्फत समाजविरुद्ध गर्न खोजेको विद्रोह झ्ल्किएको छ। सहरयात्रा र जेब्रा क्रसमा उभिएर...मा अरू धेरै कथाकारले झ्ैं मावादी छापामारलाई नै विषयवस्तु बनाएकोले नयाँपन भेटिँदैन। बाँकी प्रश्नहरूमा मेरो टाउको नै नभएपछि कसरी म मेरो नाम भन्न सक्छु? ... यस्ता टाउका काटिएकाहरू धेरै दरबार आएका छन् र टाउकोसित आएकाहरू धेरै टाउको काटिएर यहाँबाट मुर्कुट्टा भएर निस्किएका छन् भन्ने जस्ता हरफबाट कथाकारले विगतको राजनीतिक व्यवस्था बुझ्ाउने प्रयास गरेका छन्,। यथावत मा प्रस्तुत म्यारिज व्यूरो, कम्प्युटरको लगनजुराई र सम्बन्धबिच्छेदका घटनाक्रमले पाठकको मथिङ्गल घुमाउँछन्। ग्रीसमा पाइने कार्नेसन फूलको प्रसङ्ग, भोटाहिटीको पुस्तक पसलमा देखिएको बालसुलभता र पशुपतिपरिसरमा अन्तिम सत्यको पर्खाइ जस्ता मेल नखाने विषयवस्तुलाई पनि कथाकारले कार्नेसन, धूवाँ र तिम्रो झ्झ्ल्कोमा पठनीय ढङ्गले उनिएको छ।

अनमोलमणिका अधिकांश कथा पढ्दै जाँदा पाठकले आफूलाई पात्रमा ढालेको पत्तै पाउँदैनन्। कतिपय कथामा लेखकको कल्पनाश्रित उडान गज्जबकै लाग्छ भने केहीमा अलि बढी जटिल छ। समग्रमा यो कथासङ्ग्रहले कथाकारलाई सञ्चारकर्मीको परिधिमा मात्र सीमित नराखी प्रयोगधर्मी युवा कथाकारका रूपमा स्थापित गर्ने सम्भावना देखिन्छ।

सुरेश

http://www.himalkhabar.com/news.php?id=2823

No comments: