Thursday, February 3, 2011

खनाल ३४ औं प्रधानमन्त्री


काठमाडौं, माघ २० - एमाले अध्यक्ष झलनाथ खनाल बिहीबार नेपालको ३४ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

निर्वाचनमा खनालले ३६८ मत पाए । उनका प्रतिद्वन्द्वी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले १२२ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाए । खनाललाई माओवादीसहित, नेकपा माले, माले-समाजवादी, नेकपा एकीकृतलगायत दलको समर्थन थियो ।

६१ वर्षिय खनाल एमालेका तर्फबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । यसअघि तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी ०५१ सालमा र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल ०६६ जेठ ९ गते प्रधानमन्त्री भएका थिए .

No comments: