Monday, August 9, 2010

नीलिमा र गाढा अँध्यारो सुन्ने पुस्तक

http://www.nayapatrika.net/newsportal/middle_page/15973.html

काठमाडौं/ अनमोलमणि पौडेलको कथा-संग्रह नीलिमा र गाढा अँध्यारो सुन्ने किताबका रूपमा बजारमा आएको छ । एक दर्जन कथा समेटिएको पुस्तकबाट पाँचवटा कथा सुन्ने किताबमा समावेश गरिएको र कथा सुन्न चाहनेका लागि अडियो स्वरूपमा तयार पारेको लेखकले जानकारी दिएका छन् । शनिबार साहित्यकारहरूले अडियोको सार्वजनिक गरेका हुन् ।

नीलिमा र गाढा अँध्यारो पढ्ने पुस्तक पहिले नै सार्वजनिक गरिएको थियो । कथा-संग्रहमा सुन्ने किताबका रूपमा आएको पहिलो भएको दाबी लेखकको छ । बेफुर्सदी मानिसका लागि पनि यो किताब निकै उपयोगी हुने लेखकको विश्वास रहेको छ । सुन्ने किताबको परिकल्पना तथा कथावाचन अच्युत घिमिरेले गरेका छन् । यसको मूल्य एक सय २५ रुपैयाँ राखिएको छ । दृष्टि गुमाएकालाई भने निःशुल्क दिने बताएका छन् । सुन्ने किताब सार्वजनिक कार्यक्रममा साहित्यकार प्रा.गोविन्दराज भट्टराईले कथा-संग्रह ज्यादै नयाँ ढंगले आएको र यसले नयाँ मानसिकता बोकेको बताए । नीलिमा र गाढा अँध्यारो कथा संग्रहको विद्युतीय किताब नेपालका लागि उदाहरणीय बनेको बताए ।

1 comment:

Bhim Prasad Ghimire said...

बधाइ छ अनमोलजी ।