Sunday, November 17, 2013

प्रेम विरुद्ध


डढेका कंकालहरु मात्र भेटियो साँझमा
झर्नै नसक्नेगरी जमेका आँशुहरु सम्हालेर 
प्रेमीहरु प्रश्न गरिरहेछन् छेउमा—
‘ऊ हिन्दू, इसाइ, मुसलमान केही होइन
सत्य धरोधर्म ऊ कुनै पार्टीको सदस्य होइन
अब भन कुन हो मेरो प्रेमीको लास ?’

पढाइ सकेर विद्यालयबाट फर्किँदै गरेको एउटा केटो
बाटो वीचमा रोकेर गुरुलाई भनिरहेछ—
‘सर, कहीँ नपड्कियोस् बम र बारुदी सुरुङ
कसैले नचलाओस् भरुवा बन्दुक 
खिया लागेको पेस्तोल र भुत्ते तरबार
मेरा आफन्त फर्केका छैनन् यो झम्के साँझसम्म
मेलापात र घाँस दाउराबाट
र मैले पूरा गर्नुछ आजको गृहकार्य,

साँझमा 
सेन्ट्री बसेको सुरक्षाकर्मी
पटक पटक हेर्दै 
जतनसाथ राख्छ प्रेमिकाको तस्वीर
पाइन्टको पछाडि खल्तीमा
जहाँ छ घर पठाउन बाँकी उसले भरखरै लिएको
पछिल्लो महिनाको तलब
उसलाई थाहा छ
शान्ति सम्झौता भन्दा दनदनाएर आउने 
गोलीको ताकत बढी हुन्छ
त्यसले फक्लेटो पारेर उडाउन सक्छ 
प्रेमीकाको सम्झना र आफ्नो वुद्धि एकै ठाउँ भरिएको टाउको,

शहरमा बम पड्केकै साँझदेखि भएको छ लोड सेडिङ
चुकजस्तो अँध्यारोमा मनमनै गुनिरहेछ 
यौटा अल्लारे प्रेमी गाउँकी प्रेमिका
र गरिरहेछ कामना
उसले इमेलमा सम्झना पठाउने गरी 
छिट्टै पुगोस् विजुली उसको गाउँमा
जो पठाइरहन्छे उसलाई
डिबियाको धिपधिपे उज्यालोमा लेखेको 
केरमेट अक्षरको ध्वाँसे प्रेमपत्र,

यसैगरी सबै सबै गुन्गुनाइरहेछन् पे्रमको गीत
र गरिरहेछन् प्रार्थना—
अब नहोस् 
पृथ्वीको भागवण्डा
वर्ण सम्प्रदायकोे भागवण्डा
र, आफ्नै माटोको भागवण्डा,

लत्याएर साराका सारा प्रेमको प्रार्थना
जथाभावी चलिरहेछ
बन्दुक, खिया लागेको पेस्तोल र भुत्ते तरबार
लागिरहेछ कफ्र्यु
पड्किरहेछ ल्याण्डमाइण्ड र बारुद
मरिरहेछन् सय साल बाँच्नु पर्ने निर्दोष मान्छे
र भइरहेछ आफू उभिएको जमीनको भागवण्डा,

प्रेम विरुद्ध गोलवद्ध र अप्राकृतिक हुँदैछन् मान्छेहरु विस्तारै ।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।