Sunday, September 25, 2011

उटा उदास आइतबार



हंगेरीका संगीत जोडी रेक्सो सेरेस र लास्जो जाभोरले आइतबारलाई ुउदासु भन्दै सन् १९३३मा रचेका थिए चर्चित गीत ुग्लुमी सन्डेु । असोज ७ गतेको आइतबार नेपालीका लागि त्यस्तै उदास भएर आएको छ । विहानैदेखि सिम सिम झरी परिरह्यो । ललितपुर लामाटारको डाडोमा ध्वासे बादल मडारिएको थियो । लागूँ नलागूँ गर्दै झुल्केको फुस्रो घाम छोपिने देखिने भइरहेको थियो ।
लतिपुरको कुसुन्तीका एलडी कर्माचार्यका जेठा छोरा डा जगमान कान्छा छोराबुहारी निरन्जन र शारदा हिमाल हेर्न माउन्टेन फ्लाइटमा िहंडेका थिए । एक घण्टाको फ्लाइटबाट फर्केपछि घरमा पारिवारिक जमघट गर्ने शनिवार बेलुकाकै योजना थियो । त्यही योजना अनुसार गंगा गिरी भान्जाहरुलाई भेट्न भिनाजु एलडीको घर जाने तयारीमा थिए ।
आइतबारको रमाइलो रमाइलोमा बदलिन पाएन । ुएक्कासी यस्तो दुखद खबर सुन्नु पर् योु विहान आठ नबज्दै आएको विमान दुर्घटनाको खबरले आत्तिएर बी एण्ड बी अस्पताल आइपुगेका गंगाले पंक्तिकारसित भने ुपारिवारिक रमाइलोमा बिताउने भनेको आइतबार दुख र उदासी बोकेर आयो ।ु जगमान १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए । चिकित्सक साथीसित उनी एउटा मिटिङमा भारत आएका थिए । घर नजिकैको मुलुकमा आएको बेला मृगौला रोगले विरामी आमालाई भेटु भनेर उनी नेपाल छिरे । भोलि मंगलबार उनको अमेरिका फिर्ती टिकट थियो । मामा गंगाले मौसम राम्रो नभएकाले माउन्टेन फ्लाइटमा नजान पनि सम्झाएका थिए । तर पहिल्यै काटेको माउन्टेन फ्लाइटको टिकट उनले क्या_िन्सल गरेनन् ।
ुकेही हुन्नु जगमानको मामालाई भनेका थिए । मामा गंगाले भने ुआइतबार विहान भेटौला भनेर शनिवार साँझ छुट्टिएको थिएँ । कहिल्यै नभेट्ने गरी विदा भएर गए ।ु कर्माचार्यका चार छोरामध्ये माइला र साइला छोरा अमेरिकामै छन् । आइतबारको दुर्घटनामा कर्माचार्य परिवारका ३ जनाले ज्यान गुमाएका छन् । दाजु आएको खुसीयालीमा हिमाल हेर्न गएका ३८ वर्षे निरन्जन आमाबाबुको ख्याल गरेर घरै बसेका थिए । एक वर्ष अघि २३ वर्षे शारदासित उनको विवाह भएको थियो ।
विमान दुर्घटना हुने वित्तिकै घाइते भेटिएका निरन्जनलाई लामाटारका विनय पाठक र राजकुमार केसी लगायत युवाले अस्पताल ल्याएको खबर पाएपछि कर्माचार्य परिवार दौडादौड गरेर अस्पताल पुगेको थियो । उपचारकै क्रममा निधन भएको खबर सुनेपछि अस्पतालमा उनीहरुको रुवाबासी चलेको थियो । जगमानका सानोबुवा अमरबहादुर श्रेष्ठका अनुसार काठमाडौंको िलंकन स्कुल पढेका ४५ वर्षे जगमान एमबीबीएस र एमडी सकेदेखि अमेरिकामै थिए । ुकान्छोले परिवार हेरेको थियोु उनले भने ुत्यै सहारा पनि छुटेर गयो । परिवारको खुसीका लागि आएको मान्छे दुख बोकाएर सधैका लागि विदा भयो ।
उपचारका लागि ल्याएका राजकुमारले सातदोवाटो आउन्जेल निरन्जनले आफूलाई दुखेको बताएका थिए । घटनास्थलबाट विशंखुनारायणसम्म उनीहरुले बोकेर ल्याएका थिए । ुत्यसपछि एम्बुलेन्समा ल्यायौू सातदोवाटो आउन्जेल बोलि थियो त्यसपछि विस्तारै नारी चिसो हुदै गयोु उनले भने ुअस्पताल ल्याएको १० मिनेटमै उहाको ज्यान गयो ।ु घटनाले उनीहरु पनि उदास थिए । ुहामीले आगोको ज्वाला देख्यौूु ती युवाले भने ुएकजनामात्रै जीवित भेटिएका मान्छे पनि बचाउन नसकेकोमा दुख लागेको छ ।
राजधानीमा आइतबार दिनभर पानी परेको थियो । १९ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको खबर देश दुखी थियो । कर्माचार्य परिवारको आखा साूझसम्म पनि ओभाएको थिएन । एउटा उदास आइतबार चाहि सधैलाई दुख बोकाएर विदा भएको थियो ।
ग्लुमी सन्डेको पूरै गीत पढ्न तलको िलंकमा क्लिक गर्नुहोस् ।

No comments: