Tuesday, November 25, 2008


पीर मनमा बढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पथ्र्यो
तिमी डोली चढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पथ्र्यो
के लेख्यौ त्यसरी मनै कुँडिने गरि मेरो मनै दुख्यो
तिम्रो चिठी पढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पथ्र्यो
जतनले राखे थेँ कुन पापीले जलाइदियो तिम्रो तस्वीर त्यो
तिम्रो तस्वीर डढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पथ्र्यो
खिलै नपुरिने यस्तो घाउ बन्यो मनमा तिम्रो सम्झनाको
सम्झना यो गढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पथ्र्यो

2 comments:

Saayad Asok said...

mitho chha..........sangeet ra swor pani mitho chha......

sunil said...

wah ........... simple, ramro, machhune

sunil