युद्ध कहिल्यै सभ्य र भलादमी हुँदैन । युद्धले निम्त्याउने विनाश कुनै पनि हिसाबले सिर्जनात्मक हुँदैन । दोस्रो विश्वयुद्ध त्यसबाट पर रहने कुरै भएन । दोस्रो विश्वयुद्धले मान्छेबीचको ममता, प्रेम, सद्भाव र सामाजिक जीवन बर्बाद पार्यो । लाखौंको ज्यान गयो, सयौं नरानारी एक्ला भए, बालबालिका अभिभावकविहीन भए । दोस्रो विश्वयुद्धको जर्जर पीडाले ती बालबालिकालाई दुःखहरूको सबै विशेषता अनुभव गरायो । युद्ध सकियो तर त्यसको घाउ सकिएन । युद्धको खत झन् विद्रुप भएर बल्भि“mदै गयो ।
त्यसपछि युद्धपीडितलाई सघाउने धेरै मनकारी भेला भए । तिनले ओखती बाँडे, खाद्यान्न बाँडे । मान्छेलाई भोकबाट मुक्ति दिनतिर सबैको ध्यान गयो । भौतिक निर्माणमा धरैको चासो पुग्यो तर युद्धपीडित बालबालिकाको भविष्यसित जोडिएको पालनपोषणसहितको शिक्षादीक्षा र सर्वाङ्गीण विकासमा कसैको ध्यान गएन ।
युरोपको सानो देश अस्टि्रयाले पनि अरूले जस्तै युद्धको अंशगत पीडा खेपिरहेको
थियो । त्यहाँका मानवीय संवेदना भएका व्यक्तिहरू सहयोगका लागि जुटिरहेका थिए । बम, बारुद र गोलाको चित्कारमा सबैभन्दा तीखो स्वर बालबालिकाको थियो । त्यो चित्कारले चिकित्सक डा. हर्मन माइनरलाई छोयो र उनले ती बालबालिकाको भविष्य निर्माणका लागि पालनपोषण सुविधाको एसओएस बालग्राम स्थापना गरे । यो थियो सन् १९४९ तिरको कुरा ।
राजनीति, भाषा, सम्प्रदायबाट माथि उठेर सुरु अभियानलाई उनका साथीहरूले विश्वका १ सय ३२ देशमा फैलाए । अहिले एसओएस स्थापना भएको ६१ वर्ष भएको छ । संसारमा अहिले ५ सय ८ वटा बालग्राममा युद्ध वा अन्य सामाजिक हिंसाले परिवार विखण्डनमा परेका असहाय बालबालिका आफ्नो भविष्य बुनिरहेका छन् । उनीहरू आज बुधबार संसारभर एकसाथ २४ औं अन्तर्राष्ट्रिय एसओएस दिवस मनाउँदै छन् ।
नेपाल विश्वको एउटा थोप्लो । सन् १९६८ देखि एसओएस बालग्राम सुरु नेपालमा अहिले ९ वटा बालग्राम, ८ वटा हर्मन माइनर स्कुल सञ्चालनमा छन् । नेपालको एसओएसले युवा लक्षित कार्यक्रम चलाएको छ । व्यावसायिक तालिम केन्द्र सञ्चालन गरेको छ र यी सबै काम एक न एक खालको युद्धबाट ग्रस्त र सामाजिक संरचना विखण्डन भएर आफन्त गुमाएका असहायका लागि लक्षित छ । त्यहाँ सयौं बालबालिकाले जीवन सुधारको अवसर पाएका छन् र जीवन जीवनजस्तो अनुभव गरिरहेका छन् ।
नेपालको एसओएस बालग्रामबाट प्रतिष्ठित व्यक्तिहरू जन्मेका छन् । एसओएस नभएको भए तिनले सडकमा जुनी काट्नुपथ्र्यो । निरक्षर भएर जीवन अन्धकार पार्नुपथ्र्यो । जीवन आँसुको भेलमा बग्थ्यो । तिनले कहिल्यै जीवनको अनुभव गर्न पाउने थिएनन् । ती संसारलाई सरापिरहेका हुन्थे र आफूलाई धिक्कारिरहेका हुन्थे । अहिले पनि संसारमा झन्डै ८ करोड केटाकेटी संरक्षणविहीन छन् । नेपालमा त्यो संख्या लाखको हाराहारीमा छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने एसओएस मात्रै संसारमा एक्लो होइन । बालबालिकालाई धेरैले सघाएका होलान् । देशै दातामुखी भएका बेला बालबालिकामाथि काम गर्नेले त्यो सहयोग नै लिनु हुन्न भन्ने होइन । एउटा व्यक्तिको पहलमा सुरु एसओएस पनि दातामुखी नै छ । स्थापनाको ४२ वर्षसम्म पनि एसओएस आत्मनिर्भर हुन सकेको छैन । त्यसलाई आत्मनिर्भर बनाउनु अबको ठूलो चुनौती छ ।
नेपालले पछिल्लो दस वर्ष युद्ध खेप्यो । हजारौं नरनारीले आफन्त गुमाए । लाखौं बालबालिका युद्धको चपेटाले विस्थापित
भए । बाबुआमा गुमाएका केटाकेटी मानसिक रूपले विक्षिप्त छन् । तिनको संख्या कति छ कसैलाई हेक्का छैन । सरकरी निकायबाट कहिल्यै तिनको हेरविचार भएन । एसओएसलाई आत्मनिर्भर बनाउन सरकार आफैं लागेर वा एसओएसजस्तै बालबालिकाको छुट्टै 'घर' बनाउन सके तिनले सहारा पाउँथे । प्रेमले व्याकुल तिनको मनमा सहयोगको शीतलता थपिन्थ्यो । उनीहरूले आफू पनि देशको नागरिक भएको अनुभव गर्ने थिए ।
युद्धलाई धेरैले खेती बनाएका छन् । बालबालिका देखाएर डलर पचाउनेहरू धेरै छन् । तिनले १९८६ अपि्रल २६ मा निधन भएका डा. हर्मन माइनर र उनको 'एसओएस बालग्राम' बनाउने सिर्जनशील बुद्धि सिके देशका लाखौं बालबालिकाले उज्यालो अवसर पाउने थिए । हर्मन माइनरलाई सम्झेर दिवस मनाउनेहरूले स्वस्फुर्त 'सहयोग अभियान' सञ्चालन र त्यसको सही सदुपयोग गर्नसके एसओएसको सार्थक लोकपि्रयता अझ चुलिने छ । भक्तपुरको डाँडामा भएको सफा बगैंचा र देशभरका त्यस्तै 'सफा' एसओएसका घरहरूको पारदर्शितालाई सबैसामु ल्याए सामाजिक सद्भाव कायम गर्न हर्मन माइनरलाई धेरैले सम्भिmरहनेछन् ।
anamolmani@kantipur.com.np
नर्थ सास्काच्यून रिभर
11 years ago
No comments:
Post a Comment