Saturday, April 13, 2013

एउटा बजारु किताब


  • अनमोलमणि
केही चल्तीका गीतका लेखक हुन् राजेन्द्र थापा । आख्यानकार बन्ने रहरमा उनी सतही प्रस्तुतीको पुस्तक ‘खेलौना’ (उपन्यास ?) लिएर पाठकमाझ आएका छन् । पुरुष गमनकी लती कामुकपात्र स्मितालाई केन्द्रमा राखेर लेखिएको खेलौनामा उनले अपनाएका समागम आसनको ठाडो वर्णनबाहेक कुनै कला छैन । पुस्तक एक रेखीय ढाचामा छ । १८ अध्यययमा पात्रको वर्णन सकिएको छ र उपन्यास पनि ।

यौन आफैमा रहस्य, रोमान्चक र जीवित प्राणीका लागि अत्यावश्यक उर्जावान चिजका रुपमा प्रकृतिमा आदिकालदेखि स्थापित छ । यौनका बारेमा लेख्नु एउटा जोखिम हो । जोखिम उठाउने थापाको आट सकरात्मक मान्नु पर्छ । विचारोत्तेजक अन्तरवार्तामा सीमित एउटी केटीलाई उपन्यासको पात्र बनाउने उनको प्रयासलाई नकरात्मक ठान्नु पर्दैन । तर पात्रको एकसरो अन्तरवार्तालाई ‘डिकोड’ गर्नुमात्रै उपन्यास होइन भन्ने नबुझ्दा किताब बलियो हुन सकेको छैन । रिटायर्ड जर्नेलका लागि व्यापारिक हिसाबले यौनमाथि कलम चलाउने जोखिमको यात्रा फलदायी भएको हुन सक्छ तर सिर्जनात्मक हिसाबले खैलौना अत्यन्त कमजोरमध्येको किताब हो । यसले नेपाली साहित्यमा चिम्टी पनि योगदान गर्दैन । बरु यसले छद्यम नाममा छापिने ‘एडल्ट’ लेखनलाई ‘साहित्य’को कानुनी मान्यता दिन मद्यत पु¥याउने छ । पटक पटकको यौन प्रसंग र पुरुषलाई गरिएको गाली बाहेक थापाको खेलौनामा पाठकले कुनै सिर्जनात्मक उर्जायुक्त नयापन पाउने छैनन् ।

वर्षौ अघि कथाकार सीता पाण्डेकै शैलीमा पात्र स्मिताले भनेकी छिन्, ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ ।’ पाण्डेले बच्चा जन्माउने सन्दर्भमा यसो भनेकी थिइन् । स्मिताले संसर्गलाई केन्द्रमा राखेर भनिन् । छानी छानी इच्छाअनुसार लोग्ने मान्छे प्रयोग गर्नु खेलौनाकी पात्रको व्यक्तिगत इच्छा हो । कुनै बाध्यात्मक परिस्थिति वा परिबन्द बिना आफ्ना निहित स्वार्थ पूरा गर्न स्वेच्छिक वेश्यावृत्ति अपनाउने वयस्क युवतीले ‘केटा’मात्रै खोज्नुलाई क्रान्ति ठानेर ठूलो हल्ला फैलाउनु जरुरी छैन । उनले प्रयोग गरेका आसनको वर्णनलाई उपन्यासको दर्जा दिदा खास उपन्यासको मानहानी हुनेछ ।


यौनलाई लुकाउनु पाखण्ड हो । भनिन्छ मान्छेले यौनका बारेमा धेरै सोच्छ । त्यसको मतलब अत्यावश्यक चिज भन्दैमा कसैले संसर्गको छाडा व्याख्या गर्नु रोगी मानसिकताको उदाहरण हो । दार्शनिक ओशोले कतै भनेका छन्, ‘जुन चिज धेरै दबाएर राखिन्छ त्यो त्यतिनै बाहिर आउन खोज्छ । यौन पनि दवाएर राख्ने चिज होइन । यौन आखामा आखा राखेर होश पूर्वक हेर्ने ज्ञान हो ।’ छाडा व्याख्या र ज्ञान फरक हुन् भन्ने नबुझ्नु लेखनमाथिको खेलबाड हो । यसले ढिलो चाडो लेखक र प्रकाशकको सोचाइ तथा सिर्जनात्मक स्तर र विश्वसनीयतामा प्रश्न उठाउने पक्का छ ।

पुस्तकको प्राक्थनमा लेखक थापाले गरेको ‘स्मिता अहिलेको पुस्ताको रोलमोडेल’ भन्ने हावादारी दावीको आधार के हो ? रोलमोडेल हुन अब पुरुष÷नारी र संसर्गको आसन फेर्दै त्यसको व्याख्या गर्नुपर्ने थापाको कमजोर बुझाइ हो भने उनले आफ्नो सोचको दायरा कुण्ठितबाट फराकिलो बनाउनु जरुरी छ । भन्नै पर्छ, पछिल्लो समय ‘युवा पुस्तालाई केन्द्रमा राखेर लेखेको÷छापेको’ भन्दै यौन बेच्न लेखक प्रकशकहरु जुर्मुराएका छन् । यसले व्यापार बढाउला साहित्यप्रतिको दृष्टिकोण नकरात्मक बन्ने कुरा तिनले भुल्नु हुदैन । अहिलेका युवाको जीवन शैली यौनमात्रै हो ? कुनै वयस्क युवा÷युवतीको यौन अनुभव ‘युवाको आवाज’ हो ? लाज नमान्नुको अर्थ नांगो हिंड्नु हो ? लेखक प्रकाशकले बुझ्नु पर्छ, लाज पनि सौन्दर्य हो । लेखनमा त्यो सौन्दर्य गुम्यो भने सिर्जना मुर्कट्टा वा किचकन्याजस्तो हुन्छ—टाउको नभएको खोक्रो । लेखन त्यसमाथि उपन्यास लेखनमा प्रयोग राम्रो कुरा हो । जस्तोसुकै प्रयोग गरेर लेखिए पनि त्यसका आधारभूत तत्वहरु हुन्छन्—विषयवस्तु र पात्र चयन, पात्रको चरित्र र चरित्र अनुसारको व्याख्या, त्यसमा आउने आरोह अवरोह, द्वन्द्व, विचार र भाषा शैली । सबै तालमेल मिलेन भने लेखन यसरी चिप्लिन्छ कि अन्तमा त्यो साच्चैको खेलौना बन्छ ।

यौन मनोविज्ञानसित जोडिएर आउने चिज हो । खेलौनामा पात्रको त्यही कुरामा लेखकको अलिकति पनि ध्यान पुगेको छैन । वीच वीचमा अक्षर बोल्ड गर्दैमा सिर्जना बोल्ड हुदैन । कभरमा कामुक तस्वीर राख्दा विकाउ चिज होला, त्यो साहित्यको गणनामा रहदैन । उन्मुक्त जीवन बाच्न चाहने केटीका पछि आउने पुरुषपर्तिर लेखक जान नसक्नु लेखकको कमजोरी हो । प्रकाशकले उपन्यास भनेर बेचे पनि लेखन चाहि उपन्यास नबनाउन गरिएको प्रयोगहरुमा केन्द्रीत छ र नांगो छ ।

अन्तमा, युवाकवि मणि लोहनीको एउटा कविताले भन्छ, ‘नदेखाउ मलाई तिम्रो नांगो शरीर, स्त्रीहरु कपडाभित्रै सुन्दर देखिन्छन् ।’ पात्र, लेखक, प्रकाशक र पाठक सबैले सोच्नु पर्ने बेला आएको छ, कपडा लगाएरनै सुन्दर हुने कि आफूलाई नांगो बेच्ने ?

Saturday, March 9, 2013

पीडा नायक



  • अनमोलमणि


खुँडे जुन आकाशमा विस्तारै देखियो।

मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’
मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए।


ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो।

ऊ अझै चुपचाप थियो।

मैले दुवै गिलासमा आधा आधा हृवीस्की लगाएँ। र छेवैको वोतलबाट पानी खन्याएँ। उसले आफ्नो बोतलमा पानी नभर्न भन्यो।

‘पानी नहाली पिउँदा बढी कडा हुन्छ नि।’

‘केही छैन मैले धेरै कडा चिज पचाइसकेको छु।’

मैले ओठ छुवाएर अलिकति पिएँ। स्न्याक्सको एक टुक्रा चपाएँ। उसले घुटु घुटु तीन चार मुख लिएर गिलास झण्डै रित्यायो। मैले खाली हुँदै गएको गिलास फेरि आधा भरिदिएँ।

नीलो रुमाल हराएपछि



  • अनमोलमणि


अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची( ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’

उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकव् थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकव् थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो।



साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बादल छेउको घामको घुर्मैलो रातो डल्लोलाई हेरी। ‘यो मबाट कति टाढा होला(’, साँझको सिरसिरे बतासले उडाएको कपाल त्यतिकै छाडिदिएर उसले सोची( ‘मेरा प्रत्येक सम्बन्ध यही डढेको साँझको सूर्यजस्तो पहेँलिएका छन्। यी सम्बन्धका सीमाहरु मबाट यति परको क्षितिजमा छन् जति दूरीमा छ यो सूर्य।’

Tuesday, January 29, 2013

सेतीको पुलमाथि


  • अनमोलमणि
सेती नदीजस्तै दबेको पीडा छातीमा बोकेर
म तिमीलाई सम्झिरहेछु
सेतीको पुलमाथि

सेतीको बेगसँगै बग्ने छालजस्तो भयो हाम्रो प्रेम 
र हामीसँग बाँकी रह्यो—
अनन्त प्रतीक्षा
अधुरो प्रेम कथा
उदास उदास लाग्नेगरी
सेती सुसाएजस्तै सुसाउने एक अर्काको सम्झना

Saturday, January 26, 2013

जो सर्वोत्कृष्ट भए



  • अनमोलमणि

त्यो दिन उनका लागि विशेष थियो । घ्वाम्लांगा कालो गाउन र फुर्को झुन्डेको कालै छत्रे टोपी लगाएर त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्तमा दशरथ रंगशाला छिर्दा नवीन कुमार महत्तोको मन ढक्क फुलेको थियो । सामान्य परिवार, पढाइ र वातावरणबाट उठेर सयौंलाई उछिन्दै उनी गणित विषयमा ९४ प्रतिशत अंक ल्याएर देशकै सर्वोत्कृष्ट भएका थिए ।
‘सर्वोत्कृष्ट हुन्छु भन्ने लागेकै थिएन’, धनुषाको सुदुरगाउ तुल्सीयाही जब्दी १ का किशोरले आफ्नो मैथिली लवजमा सुनाए, ‘मेहनत गरे भइदो रहेछ । सबैजना खुसी छन् । बधाइ आकोआइ छ । म पनि त खुसी छु ।’
उनी बेखुस हुनु पर्ने कारणनै छैन । २०५६ सालमा वैद्यनथ देवनारायण जनता उमाविबाट एसएलसी दिने ५६ जनामध्ये पास भएका ३८ मा उनी पहिलो नम्बरमा थिए । त्यसपछि आइएस्सी, बीएस्सी हुदै एमएस्सी सक्दा उनको पढाइको तेज बढेको बढ्यै छ ।
कारण ? ‘मेरो व्यक्तिगत मेहनत र विषयाप्रतिको रुचीनै होे’, उनले भने, ‘मैले नियमित कक्षा छाडिनं । ट्युसन कहिल्यै पढिनं । आफ्नै अभ्यास र मेहनतले यहासम्म पुग्न सकेको हु ।’ त्यही भएर होला त्रिविको केन्द्रीय क्याम्पससहित राजधानीका कलेज र प्लस टुमा महत्तो सरलाई रुचाउने विद्यार्थी धेरै छन् ।
‘दुखको कुरा मेडल बाहेक राज्यले कुनै सुविधा दिएन’, सर्वोत्कृष्टको तीन वटा मेडल पहिरेका उनले भने, ‘राज्यले हामीबाट धेरै थोक लिन सक्छ । लिन चाहेको जस्तो देखिदैन । बस मेडल दिने एउटा प्रकृया सकियो । कम्तीमा छात्रवृत्ति दिएर अरु अध्ययन गर्ने सुविधा दिए गणित बारे नया कुरा निकाल्न सकिन्थ्यो ।’
उनलाई लाग्छ, नेपालको गणित शिक्षण व्यवहारिक भइसको छैन जसले यसलाई निरस बनाएको छ । धेरैजसो विद्यार्थी गणितको खास कुरा र उद्देश्य नबुझेरै फेल भएका छन् । ‘विषय रसिलो छ नि । गणितले जीवननै नाप्न मद्दत गर्छ भन्ने कुरा शिक्षकले बुझाउन नसक्दा रुखोजस्तो भान परेको हो’, उनले भने, ‘अल्जेब्रा किन पढ्ने, त्यसको दैनिक उपयोग कहा हुन्छ विद्यार्थीले पत्तँे पाएका छैनन् । पास गरयो सकियो । पढेको कुरो मेरो जीवनमा यहा उपयोग हुन्छ भन्ने नबुझेपछि विषय वेरसिलो हुने भैगयो ।’



अर्घाखाची मैदानका भोवेश्वर घिमिरे एमएड गर्नकै लागि खानासामल बोकेर राजधानी आएका थिए । केन्द्रीय क्याम्पसमा पसेको पहिलो दिन भेटिएका केही साथीले जिल्ला टप, क्याम्पस टप गरेर आएको बताए पछि उनलाई लाग्यो, कसरी हुने होला टप ?’
‘म त सामान्य विद्यार्थी थिए, त्यति धेरै विद्यार्थीलाई कसरी टप्न सकिएला र भन्ने लाग्थ्यो’, विद्यालय तहमा कक्षा ६ देखि कहिल्यै दोस्रा नभएका घिमिरे बोले, ‘एमएडको पहिलो वर्षको रिजल्टमा त मै पो टप भएछु । अनि अब चै गरिन्छ कि भन्ने आट बढ्योे । दिनमा एउटा डटपेन र कापी अभ्यास गरेरै सके नि ।’
उनी काठमाडौं छिुर्नको जम्मा जम्मी उद्देश्य पनि त त्यही एउटा थियो एमएड सक्ने । गृहजिल्लाकै कृष्ण उमाविबाट २०५९ मा एसएलसी सकेपछि पाल्पाको तानसेन बहुमुखी क्याम्पसबाट स्नातक गरे । ‘गणित पढ्दा सजिलै जागिर पाइन्छ, जागिर नपाए ट्युसन पढाएर पनि खान सकिन्छ भन्ने सुनेपछि म यसमा तानिए’, साथीभाइसित कम बोल्ने उनले भने, ‘स्नातक सम्मको मेरो पढाइ सामान्यनै थियो ।’
एमएडमा ८१ प्रतिशत ल्याएर देशकै सर्वोत्कृष्ट भएका उनले अपनाएका सफलताको तीन सुत्र यस्ता थिए, नियमित कक्षा, नियमित अभ्यास र नबुझेको कुरा शिक्षाकसित तत्काल सोधनी तथा छलफल । त्रिविमा ४९ विभाग छन् । उनी पढेको शिक्ष शास्त्र संकायमामात्रै १७ वटा विभाग छन् । ती सबैलाई जित्ने सुत्र यतिमात्रै हो ? ‘यति हो अरु केही सुत्र छैन, चाहिदैन पनि’, पाल्पामा रहेका शिक्षक बोले, ‘त्यतिकै घोक्नु हुदैन । पढाइले ज्ञान बढाउने हो स्मरण बढाउने होइन । पहिले आफूले बुझ्नु पर्छ नबुझी घोकेको कुराले धोका दिन्छ । मेरा विद्यार्थीलाई पनि म त्यसै भन्छु ।’
उनले आफ्नो पढाइ शैली पनि त्यस्तै बनाएका छन्, नरट बुझेर सिक ।  नबुझेको सोध र छलफल गर । उनलाई लाग्छ, विद्यलाय तहदेखिनै हामीले शिक्षा पद्यती सुधार्नुछ । प्रविधि विकाससगै बदलिएका विद्यार्थीका रुची, चाहना र व्यवहार बुझेर उनीहरुलाई जीवन सिकाउनु छ । ‘त्यसका लागि राज्यले सोच्नु पर्छ’, उनलाई लाग्छ, ‘बेला पहिलेजस्तो शिक्षकलेनै सबैथोक सिकाएर पूर्ण बनउने खालको छैन । शिक्षक सबैकुराको जान्ने होइन मात्रै सिकाइको सहजकर्ता हो ।’
दीक्षन्तमा भाग लिन उनी पाल्पाबाटै आएका थिए । उनलाई लागेको थियो अलि भिन्दै केही हुन्छ होला । सोचेजस्तो भएन । चिनेजानेका शिक्षक कोही थिएनन् । साथीभाइ केही मात्रै थिए । ‘दीक्षान्त त विद्यार्थीका लागि ठूलो पर्व हो, व्यवस्थापन गतिलो भएन’, उनलाई लाग्यो, ‘हामी हरेक क्षेत्रमा आफ्नो महत्व आफै घटाइ रहेका छौं ।’ अहिलेचाहि उनी भरखरै खुलेको शिक्षा सेवा आयोगको परीक्षाको तयारीमा लागेका छन् । ‘भएन भने लोक सेवा पढेर निजामति सेवामा छिर्ने हो’, साथीभाइसित नया ठाउ घुम्न मन पराउने उनले योजना सुनाए ।


एलिजा थापाले कक्षा १२ सकुन्जेल पढाइकै लागि कहिल्यै पैसा तिर्नु परेन । उत्कृष्ट नतिजा प्रदर्शनका कारण छात्रवृत्तिले उनलाई पच्छ्याइ रह्यो । सरस्वती बोर्डिंग र प्राइम कलेजबाट प्लस टु सकेपछि क्षेत्रपाटीकी यी किशोरी एकाएक निजी छाडेर सरकारी क्यामपस भर्ना भइन् । त्यो पनि राजनीतिक गतिविधि धेरै चल्ने लैनचौरको अमृत साइन्स क्यामपस (अस्कल) मा । र विषय रोजिन्, माइक्रो बायोलजी ।
स्नातक तह, सरकारी क्याम्पस त्यसमाथि माइक्रो बायोलजी । पढाइ एकदम भिन्न लाग्यो । ‘अहिलेसम्म फस्ट थिए अब सकिने भए’, सुरुमा उनलाई लाग्यो, ‘प्लस टुमाजस्तो शिक्ष्ँकको केयर नहुने, शिक्षक आउने पढाृउने जाने । मलाई त कस्तो रुनु मन लाग्यो । सुरुमा म त आत्तिए । कति पल्ट रोए ।’ उनलो आफ्नो स्तर घटाइनन् । बीएस्सी समूहमा ८० दशमलव ४ प्रतिशत ल्याएर सर्वोत्कृष्टको स्थान सुरक्षित राखिन् ।
‘म एकदम पढन्दास मान्छे होइन, अल्छे अल्छे नै छु’, माइक्रो बायोलोजीमा पीएचडी गर्ने योजना बनाएकी उनले सुनाइन्, ‘परीक्षाका बेला अलि धेरै पढ्छु । एकोहोरो पढेरमात्रै राम्रो हुने होइन ।’ अहिले केन्द्रीय क्यामपसमा एमएस्सी पढ्दै छिन् । उनीसित सर्वोत्कृष्ट हुन्छु भन्ने सपना थिएन, राम्रो गर्छु भनने थियो । भन्छिन्, ‘पूरा हुने खालका  सपना देख्नुपर्छ । एउटा सपना पूरा भएपछि झन् धेरै सपना देख्नु पछ । सपना नदेखी त कसरी हुन्छ ?’


सुनिन्छ, साहित्य र दर्शन पढ्नेहरु धेरै भावुक र मन विथोलिएका हुन्छन् । मनोगत कल्पनामा कुद्ने दुवै विषय व्यवहारिक छैनन् । ‘त्यस्तो हुदै होइन’, अंग्रेजी साहित्य पढेर ७५ प्रतिशत अंक ल्याइ सर्वोत्कृष्ट भएकी ललिता सिलवालले भनिन्, ‘त्यस्तो हुन्थ्यो भने मैले पढ्दा पढ्दै कसरी जागिर खान सक्थे ?’
उनलाई पनि धेरैले यसै भनेका थिए । मानविकी संकाय पढेर कामै छैन । त्यसमाथि भाषा विषय । उनलाई यस्ता कुराले छोएनन् । गोरखकाली बोर्डिंग स्कुलका प्रिन्सिपलले बोलेको अंग्रेजीको छाप उनको मनमा यसरी बसेको थियो कि अंग्रेजी बाहेकका विषय पढ्ने कुरा सोच्दै सोचिनन् । ‘अंग्रेजी साहित्य नपढेको भए म यो अवस्थामा हुन्थिन’, परराष्ट मन्त्रालयकी अधिकृतले भनिन्, ‘खासमा अंग्रेजी बोल्न जान्ने बन्न मैले अंग्रेजी विषय रोजेकी थिए । पढ्दै जादा अंग्रेजी साहित्य र दर्शनले मलाई त्यसमा तानिरह्यो ।’
काठमाडौं मोडेल कलेजबाट उनले स्नातकोत्तर तहसम्मको अध्ययन सकिन् । सर्वोत्कृष्ट हुने कुरा उनको सोचमा थिएन । ‘रुचीको विषय भएपछि हुने रहेछ’, उनले भनिन्, ‘रुटिन बनाएर कहिल्यै पढिन । मैले आफू जान्न पढे । नम्बर मेरो प्राथमिकतामा थिएन । एमए पहिलो वर्ष टपेपछि चाहि केही हुन्छ कि भन्ने ठानेकी थिए ।’
अहिले उनलाई लाग्छ, अंग्रेजी साहित्यको अध्ययनले जीवन हेर्ने दृष्टिकोण बदलिएको छ । सिर्जनात्मक लेखाइमा ध्यान गएकोृ छ । त्यसैको प्रभावले उनले केही कथाहरु लेखिन् । छाप्न बाकी छ । ‘शिक्षाले गर्ने यही त हो’, उनले आफ्नो राय पेश गरिन्, ‘चौबीसै घण्टा पढेर टप गर्न सकिन्न । पहिलो कुरा बुझाइ हो । दोस्रो कुरा परीक्षाको प्रश्न कसरी ट्याक्कल गर्ने भन्ने सीप हो ।’ दुवै कुरा मिलेपछि ज्ञान र नम्बर दुवै बढ्छ ।
उनलाई उपन्यास मन पर्छ । इब्सेनको डल्स हाउस सबैभन्दा बढी मन पर्नेए नाटक हो । जसलाई  उनले पटक पटक पढेकी छिन् । ‘साहित्य पढेर भावुक भइ हाल्नु पर्दैन’, उनले भनिन्, ‘जीवनको एउटा पाटो हो भनेर हेर्नु पर्छ ।’

  •  

सर्वोत्कृष्टहरु सबैको चिन्ता समान छ, हाम्रो शिक्षाले हामीलाइृ यही बस्न रोकेन । गलत राजनीतिक हावी हुदा अवसरहरु भएनन् । रोजगारी भएन । उद्यम भएन । राम्रा भन्दा हाम्राले बढी प्राथमिकता पाए । यसले युवामा निराशा बढ्यो । ‘यहा जीवन सहज चल्ला जस्तो लाग्दैन’, नवीनले भने, ‘यही अडिन खोइ अवसरका बारहरु ?’
ललितालाई लाग्छ, राजनीतिक स्थिरता र विकासको सुरुवातमात्रै त्यसको विकल्प हो । अलिजा चाहि नया सोचका साथ नया मान्छेहरु राजनीतिमा नआए समस्या युवाको निराशा घट्नुको साटो बढ्ने सोच्छिन् । भावेश्वर भन्छन्, ‘युवाले अरुको मुख ताकेरमात्रै हुदैन, आफूले पनि केही गर्नु पर्छ ।’
पढेर र सिकाइ जीवन रहुन्जेल चल्ने यो निरन्तर प्रकृया हो । विश्वविद्यालयको औपचारिक परीक्षा सकिएला, जीवनका चुनौति पूर्ण परीक्षा हरेक क्षण दिइरहनु छ । हरेक चुनौतिलाई परास्त गरेर जीवन सर्वोत्कृष्ट बनाउनु छ ।

Monday, January 21, 2013

चेन यानको अंग्रेजी कक्षा


हामी छिर्दा मिस चेन यान अंग्रेजी कक्षाको तयारीमा थिइन् । मध्यान्तरमा निस्केका विद्यार्थी कक्षामा आइसकेका थिएनन् । खाली समयको सदुपयोग गर्दै पाठ योजनाको पावर प्वाइन्ट प्रेजेन्टेसन तयारी चल्दै थियो । विद्यार्थी हस्यांग फस्यांग गर्दै कक्षा पस्दै थिए । टेबुलमै अड्काएर राखिएको आफ्नो सानो मेच निकालेर बसेका करिब ४० विद्यर्थी हेर्दै उनले भनिन्, ‘सबै बसिसक्यौ ? अब हामी पढ्न सुरु गरौं ?’ अप्ठेरो जस्तो सुनिने चीनिया शैलीको अंग्रेजी उच्चाण कक्षामा एकसाथ गुन्जियो, ‘हुन्छ मिस, हामी तयार छौं ।’ त्यसपछि सुरु भयो चेन यानको अंग्रेजी कक्षा ।
यो २८ नोभेम्बर २०१२ को कुरा । ‘एक्काइसौं शताब्दीका लागि नेतृत्वदायी शिक्षा’ नामको अन्तराष्टिय शैक्षिक सम्मेलनको अन्तिम दिन । चीनको राजधानी बेइजिंगको रितन हाइस्कुल । कान चीसो पार्ने गरी सडकमा एक तमासको स्यांठ छ । झण्डै हाम्रो रंगाशाला सम्झाउने विशाल चौर घेरेर धम्रधुस बसेको सरकारी विद्यालयभित्र हामी छिरेका छौं । सफा र फराकिलो कक्षा कोठा । चिरिच्याट्ट राखिएका डेस्क बेन्च । भित्तामा खरीपाटी थिएन । शिक्ष्ँकको हातमा ज्यानै धूलाम्मे बनाउने चकडस्टर थिएन । कमजोर विद्यार्थीलाई दुई चार स्वांठ दिन शिक्षकले सिर्कनो पनि बोकेका थिएनन् । हरेक कक्षा कोठा वातानुकुलित थियो । भित्तामा विद्युतीय गतिमा चल्ने बडेमाको सेतो पर्दा झुन्डिएको थियो । कक्षाको सिरानमा पावर प्वाइन्टप्रजेन्टेशनका लागि अड्याइएको प्रकाश । सुविधा हेर्दा लाग्थ्यो यो विद्यालय होइन, कुनै सभा हल हो । मध्यम कदकी गोरी चेन यानका खिरिला औंलाहरु सानो ल्यापटपमा चलिरहेका थिए । उनका चनाखा आखाले विद्यार्थीलाई पनि त्यतिकै ध्यान दिइरहेका थिए । अंग्रेजी कक्षा भएर हो कि विद्यार्थीको कक्षामा प्रस्तुत भएको शैली चाहि निकै बोदो थियो ।

Thursday, January 17, 2013

मेरा गुरुहरु


  • अनमोलमणि



त्यो ठाउ मकवानपुरको सुदुर गाउँ थियो । छतिवनबाट हिडेर जान दैनिक अढाइ घण्टा लाग्ने । अढाइ घण्टाको पैदल यात्रा गरेर महेन्द्र माविबाट मैले माध्यमिक तह सकेँ । बैसाख जेठको तातो घाममा गिर्खे ढुङ्गा र ताता बालुवामाथिको यात्राले पैतालामा फोका उठ्थे । खोलै खोलाको बाटो थियो । वर्ष याममा बगाउला भन्ने त्रास, जाडो याममा सिरेटोले उडाउला जस्तो । गर्मीमा पाकिएला जस्तो ।
यस्तै सकसमा बल्ल कक्षा ४ टेकेपछि ठूलो बर्णमालाका साउँ अक्षर चिनेँ । मतवाली र दलितवीचको म आर्यनलाई गुरुहरु भन्थे—‘यो ल्वाँठले केही गर्न सक्दैन ।’ अक्षर नचिनेको बदलामा कलिलो हत्केलाले पटकौँ पटक ताप्रेको सिर्कना बज्रियो । तर मैले ती सबै पीडा बोध बिर्सि सकेको छु । त्यसो नगरेको भए म साँच्चै उनीहरुले भनेजस्तै ‘ल्वाँठ’ नै हुन्थेँ कि ? धन्य ती गुरुहरुले मलाई ल्वाँठ हुनबाट बचाए !