- अनमोलमणि
त्यो दिन उनका लागि विशेष थियो । घ्वाम्लांगा कालो गाउन र फुर्को झुन्डेको कालै छत्रे टोपी लगाएर त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्तमा दशरथ रंगशाला छिर्दा नवीन कुमार महत्तोको मन ढक्क फुलेको थियो । सामान्य परिवार, पढाइ र वातावरणबाट उठेर सयौंलाई उछिन्दै उनी गणित विषयमा ९४ प्रतिशत अंक ल्याएर देशकै सर्वोत्कृष्ट भएका थिए ।
‘सर्वोत्कृष्ट हुन्छु भन्ने लागेकै थिएन’, धनुषाको सुदुरगाउ तुल्सीयाही जब्दी १ का किशोरले आफ्नो मैथिली लवजमा सुनाए, ‘मेहनत गरे भइदो रहेछ । सबैजना खुसी छन् । बधाइ आकोआइ छ । म पनि त खुसी छु ।’
उनी बेखुस हुनु पर्ने कारणनै छैन । २०५६ सालमा वैद्यनथ देवनारायण जनता उमाविबाट एसएलसी दिने ५६ जनामध्ये पास भएका ३८ मा उनी पहिलो नम्बरमा थिए । त्यसपछि आइएस्सी, बीएस्सी हुदै एमएस्सी सक्दा उनको पढाइको तेज बढेको बढ्यै छ ।
कारण ? ‘मेरो व्यक्तिगत मेहनत र विषयाप्रतिको रुचीनै होे’, उनले भने, ‘मैले नियमित कक्षा छाडिनं । ट्युसन कहिल्यै पढिनं । आफ्नै अभ्यास र मेहनतले यहासम्म पुग्न सकेको हु ।’ त्यही भएर होला त्रिविको केन्द्रीय क्याम्पससहित राजधानीका कलेज र प्लस टुमा महत्तो सरलाई रुचाउने विद्यार्थी धेरै छन् ।
‘दुखको कुरा मेडल बाहेक राज्यले कुनै सुविधा दिएन’, सर्वोत्कृष्टको तीन वटा मेडल पहिरेका उनले भने, ‘राज्यले हामीबाट धेरै थोक लिन सक्छ । लिन चाहेको जस्तो देखिदैन । बस मेडल दिने एउटा प्रकृया सकियो । कम्तीमा छात्रवृत्ति दिएर अरु अध्ययन गर्ने सुविधा दिए गणित बारे नया कुरा निकाल्न सकिन्थ्यो ।’
उनलाई लाग्छ, नेपालको गणित शिक्षण व्यवहारिक भइसको छैन जसले यसलाई निरस बनाएको छ । धेरैजसो विद्यार्थी गणितको खास कुरा र उद्देश्य नबुझेरै फेल भएका छन् । ‘विषय रसिलो छ नि । गणितले जीवननै नाप्न मद्दत गर्छ भन्ने कुरा शिक्षकले बुझाउन नसक्दा रुखोजस्तो भान परेको हो’, उनले भने, ‘अल्जेब्रा किन पढ्ने, त्यसको दैनिक उपयोग कहा हुन्छ विद्यार्थीले पत्तँे पाएका छैनन् । पास गरयो सकियो । पढेको कुरो मेरो जीवनमा यहा उपयोग हुन्छ भन्ने नबुझेपछि विषय वेरसिलो हुने भैगयो ।’
अर्घाखाची मैदानका भोवेश्वर घिमिरे एमएड गर्नकै लागि खानासामल बोकेर राजधानी आएका थिए । केन्द्रीय क्याम्पसमा पसेको पहिलो दिन भेटिएका केही साथीले जिल्ला टप, क्याम्पस टप गरेर आएको बताए पछि उनलाई लाग्यो, कसरी हुने होला टप ?’
‘म त सामान्य विद्यार्थी थिए, त्यति धेरै विद्यार्थीलाई कसरी टप्न सकिएला र भन्ने लाग्थ्यो’, विद्यालय तहमा कक्षा ६ देखि कहिल्यै दोस्रा नभएका घिमिरे बोले, ‘एमएडको पहिलो वर्षको रिजल्टमा त मै पो टप भएछु । अनि अब चै गरिन्छ कि भन्ने आट बढ्योे । दिनमा एउटा डटपेन र कापी अभ्यास गरेरै सके नि ।’
उनी काठमाडौं छिुर्नको जम्मा जम्मी उद्देश्य पनि त त्यही एउटा थियो एमएड सक्ने । गृहजिल्लाकै कृष्ण उमाविबाट २०५९ मा एसएलसी सकेपछि पाल्पाको तानसेन बहुमुखी क्याम्पसबाट स्नातक गरे । ‘गणित पढ्दा सजिलै जागिर पाइन्छ, जागिर नपाए ट्युसन पढाएर पनि खान सकिन्छ भन्ने सुनेपछि म यसमा तानिए’, साथीभाइसित कम बोल्ने उनले भने, ‘स्नातक सम्मको मेरो पढाइ सामान्यनै थियो ।’
एमएडमा ८१ प्रतिशत ल्याएर देशकै सर्वोत्कृष्ट भएका उनले अपनाएका सफलताको तीन सुत्र यस्ता थिए, नियमित कक्षा, नियमित अभ्यास र नबुझेको कुरा शिक्षाकसित तत्काल सोधनी तथा छलफल । त्रिविमा ४९ विभाग छन् । उनी पढेको शिक्ष शास्त्र संकायमामात्रै १७ वटा विभाग छन् । ती सबैलाई जित्ने सुत्र यतिमात्रै हो ? ‘यति हो अरु केही सुत्र छैन, चाहिदैन पनि’, पाल्पामा रहेका शिक्षक बोले, ‘त्यतिकै घोक्नु हुदैन । पढाइले ज्ञान बढाउने हो स्मरण बढाउने होइन । पहिले आफूले बुझ्नु पर्छ नबुझी घोकेको कुराले धोका दिन्छ । मेरा विद्यार्थीलाई पनि म त्यसै भन्छु ।’
उनले आफ्नो पढाइ शैली पनि त्यस्तै बनाएका छन्, नरट बुझेर सिक । नबुझेको सोध र छलफल गर । उनलाई लाग्छ, विद्यलाय तहदेखिनै हामीले शिक्षा पद्यती सुधार्नुछ । प्रविधि विकाससगै बदलिएका विद्यार्थीका रुची, चाहना र व्यवहार बुझेर उनीहरुलाई जीवन सिकाउनु छ । ‘त्यसका लागि राज्यले सोच्नु पर्छ’, उनलाई लाग्छ, ‘बेला पहिलेजस्तो शिक्षकलेनै सबैथोक सिकाएर पूर्ण बनउने खालको छैन । शिक्षक सबैकुराको जान्ने होइन मात्रै सिकाइको सहजकर्ता हो ।’
दीक्षन्तमा भाग लिन उनी पाल्पाबाटै आएका थिए । उनलाई लागेको थियो अलि भिन्दै केही हुन्छ होला । सोचेजस्तो भएन । चिनेजानेका शिक्षक कोही थिएनन् । साथीभाइ केही मात्रै थिए । ‘दीक्षान्त त विद्यार्थीका लागि ठूलो पर्व हो, व्यवस्थापन गतिलो भएन’, उनलाई लाग्यो, ‘हामी हरेक क्षेत्रमा आफ्नो महत्व आफै घटाइ रहेका छौं ।’ अहिलेचाहि उनी भरखरै खुलेको शिक्षा सेवा आयोगको परीक्षाको तयारीमा लागेका छन् । ‘भएन भने लोक सेवा पढेर निजामति सेवामा छिर्ने हो’, साथीभाइसित नया ठाउ घुम्न मन पराउने उनले योजना सुनाए ।
एलिजा थापाले कक्षा १२ सकुन्जेल पढाइकै लागि कहिल्यै पैसा तिर्नु परेन । उत्कृष्ट नतिजा प्रदर्शनका कारण छात्रवृत्तिले उनलाई पच्छ्याइ रह्यो । सरस्वती बोर्डिंग र प्राइम कलेजबाट प्लस टु सकेपछि क्षेत्रपाटीकी यी किशोरी एकाएक निजी छाडेर सरकारी क्यामपस भर्ना भइन् । त्यो पनि राजनीतिक गतिविधि धेरै चल्ने लैनचौरको अमृत साइन्स क्यामपस (अस्कल) मा । र विषय रोजिन्, माइक्रो बायोलजी ।
स्नातक तह, सरकारी क्याम्पस त्यसमाथि माइक्रो बायोलजी । पढाइ एकदम भिन्न लाग्यो । ‘अहिलेसम्म फस्ट थिए अब सकिने भए’, सुरुमा उनलाई लाग्यो, ‘प्लस टुमाजस्तो शिक्ष्ँकको केयर नहुने, शिक्षक आउने पढाृउने जाने । मलाई त कस्तो रुनु मन लाग्यो । सुरुमा म त आत्तिए । कति पल्ट रोए ।’ उनलो आफ्नो स्तर घटाइनन् । बीएस्सी समूहमा ८० दशमलव ४ प्रतिशत ल्याएर सर्वोत्कृष्टको स्थान सुरक्षित राखिन् ।
‘म एकदम पढन्दास मान्छे होइन, अल्छे अल्छे नै छु’, माइक्रो बायोलोजीमा पीएचडी गर्ने योजना बनाएकी उनले सुनाइन्, ‘परीक्षाका बेला अलि धेरै पढ्छु । एकोहोरो पढेरमात्रै राम्रो हुने होइन ।’ अहिले केन्द्रीय क्यामपसमा एमएस्सी पढ्दै छिन् । उनीसित सर्वोत्कृष्ट हुन्छु भन्ने सपना थिएन, राम्रो गर्छु भनने थियो । भन्छिन्, ‘पूरा हुने खालका सपना देख्नुपर्छ । एउटा सपना पूरा भएपछि झन् धेरै सपना देख्नु पछ । सपना नदेखी त कसरी हुन्छ ?’
सुनिन्छ, साहित्य र दर्शन पढ्नेहरु धेरै भावुक र मन विथोलिएका हुन्छन् । मनोगत कल्पनामा कुद्ने दुवै विषय व्यवहारिक छैनन् । ‘त्यस्तो हुदै होइन’, अंग्रेजी साहित्य पढेर ७५ प्रतिशत अंक ल्याइ सर्वोत्कृष्ट भएकी ललिता सिलवालले भनिन्, ‘त्यस्तो हुन्थ्यो भने मैले पढ्दा पढ्दै कसरी जागिर खान सक्थे ?’
उनलाई पनि धेरैले यसै भनेका थिए । मानविकी संकाय पढेर कामै छैन । त्यसमाथि भाषा विषय । उनलाई यस्ता कुराले छोएनन् । गोरखकाली बोर्डिंग स्कुलका प्रिन्सिपलले बोलेको अंग्रेजीको छाप उनको मनमा यसरी बसेको थियो कि अंग्रेजी बाहेकका विषय पढ्ने कुरा सोच्दै सोचिनन् । ‘अंग्रेजी साहित्य नपढेको भए म यो अवस्थामा हुन्थिन’, परराष्ट मन्त्रालयकी अधिकृतले भनिन्, ‘खासमा अंग्रेजी बोल्न जान्ने बन्न मैले अंग्रेजी विषय रोजेकी थिए । पढ्दै जादा अंग्रेजी साहित्य र दर्शनले मलाई त्यसमा तानिरह्यो ।’
काठमाडौं मोडेल कलेजबाट उनले स्नातकोत्तर तहसम्मको अध्ययन सकिन् । सर्वोत्कृष्ट हुने कुरा उनको सोचमा थिएन । ‘रुचीको विषय भएपछि हुने रहेछ’, उनले भनिन्, ‘रुटिन बनाएर कहिल्यै पढिन । मैले आफू जान्न पढे । नम्बर मेरो प्राथमिकतामा थिएन । एमए पहिलो वर्ष टपेपछि चाहि केही हुन्छ कि भन्ने ठानेकी थिए ।’
अहिले उनलाई लाग्छ, अंग्रेजी साहित्यको अध्ययनले जीवन हेर्ने दृष्टिकोण बदलिएको छ । सिर्जनात्मक लेखाइमा ध्यान गएकोृ छ । त्यसैको प्रभावले उनले केही कथाहरु लेखिन् । छाप्न बाकी छ । ‘शिक्षाले गर्ने यही त हो’, उनले आफ्नो राय पेश गरिन्, ‘चौबीसै घण्टा पढेर टप गर्न सकिन्न । पहिलो कुरा बुझाइ हो । दोस्रो कुरा परीक्षाको प्रश्न कसरी ट्याक्कल गर्ने भन्ने सीप हो ।’ दुवै कुरा मिलेपछि ज्ञान र नम्बर दुवै बढ्छ ।
उनलाई उपन्यास मन पर्छ । इब्सेनको डल्स हाउस सबैभन्दा बढी मन पर्नेए नाटक हो । जसलाई उनले पटक पटक पढेकी छिन् । ‘साहित्य पढेर भावुक भइ हाल्नु पर्दैन’, उनले भनिन्, ‘जीवनको एउटा पाटो हो भनेर हेर्नु पर्छ ।’
सर्वोत्कृष्टहरु सबैको चिन्ता समान छ, हाम्रो शिक्षाले हामीलाइृ यही बस्न रोकेन । गलत राजनीतिक हावी हुदा अवसरहरु भएनन् । रोजगारी भएन । उद्यम भएन । राम्रा भन्दा हाम्राले बढी प्राथमिकता पाए । यसले युवामा निराशा बढ्यो । ‘यहा जीवन सहज चल्ला जस्तो लाग्दैन’, नवीनले भने, ‘यही अडिन खोइ अवसरका बारहरु ?’
ललितालाई लाग्छ, राजनीतिक स्थिरता र विकासको सुरुवातमात्रै त्यसको विकल्प हो । अलिजा चाहि नया सोचका साथ नया मान्छेहरु राजनीतिमा नआए समस्या युवाको निराशा घट्नुको साटो बढ्ने सोच्छिन् । भावेश्वर भन्छन्, ‘युवाले अरुको मुख ताकेरमात्रै हुदैन, आफूले पनि केही गर्नु पर्छ ।’
पढेर र सिकाइ जीवन रहुन्जेल चल्ने यो निरन्तर प्रकृया हो । विश्वविद्यालयको औपचारिक परीक्षा सकिएला, जीवनका चुनौति पूर्ण परीक्षा हरेक क्षण दिइरहनु छ । हरेक चुनौतिलाई परास्त गरेर जीवन सर्वोत्कृष्ट बनाउनु छ ।
No comments:
Post a Comment