Friday, February 17, 2017

मेरो कफी प्रेम


एक चुस्की ताजा कफीसित मेरो अगाध प्रेम छ ।
त्यो प्रेमको चुस्की मैले कतिपल्ट प्रेमीसित आमनेसामने बसेर लगाएँ, कतिपल्ट साथीभाइको छेउछाउ भएर र धेरैपल्ट चाहिँ एक्लै । दूध र चिनी विनाको कडा कफी भरिएको कपबाट निस्केको वाफको वासनाले म हरेक पल्ट उत्तेजित भएँ, हुन्छु । आनन्दित भएर पग्लिएँ, पग्लिन्छु । सिर्जनशील भएँ, हुन्छु । र एक्लै लट्ठिएँ, लट्ठिन्छु ।
थाहा छैन म कसरी कफीको लती भएँ । सुदूर गाउँबाट काठमाडौं छिर्दा मलाई कफीबारे त्यस्तो कुनै जानकारी थिएन । कक्षा ५को जिल्ला स्तरीय परीक्षापछिको एक मध्यान्ह मलाई कसैले चिया खुवायो । चियासितको पहिलो जम्काभेट सुखद रहेन । मेरा कलिला ओठले चुमेको तातो गिलासको एक घुट्को चियाले जब जिब्रो नराम्ररी दरफर्यायो त्यसपछि चिया मलाई कहिल्यै मन परेन ।
करकापमा कसैको मन राखिदिन एकाध बाहेक त्यसपछि मैले चिया खाइनँ । खान्नँ । मद्यपान र धुम्रपानको अम्मल त मलाई कहिल्यै भएन ।
तर कफी ?

Sunday, August 16, 2015

सपनाको ट्रान्जिट


अनमोलमणि

हुन्हुनाएर एकनास बग्दैछन्
कालो सडकको नांगो छातीमा मेरा सपनाहरु

यो साँझ म सपनाको ट्रान्जिटमा छु !

Saturday, February 1, 2014

'प्रवेश निषेध’ बाहिर पुरुष

त्यो एउटा संयोग थियो । साँझको ६ बज्नै लाग्दा म त्यो 'पुरुष वर्जित' ढोका अघि उभिएको थिएँ । महिला शौचालयबाहेक सूचना टाँसेरै पुरुषलाई प्रवेश निषेध लेखिएको छुट्टै ठाउँ मैले आजसम्म देखेको थिइनँ । 

ढोकाको एउटा खापा खुला थियो । मेरो टाउकोभन्दा झन्डै एक फिटमाथि ढप्काइएको खापामा टाँसिएको सूचना मैले उभो मुन्टो लगाई दोहोर्‍याएर पढें । मैलो सिसाजडित पुरानो ढोकाको सूचना पढेपछि पहिले म एक्लै मुस्काएँ । मनमनै लाग्यो, 'संसारमा यस्तो ठाउँ पनि रहेछ । जहाँ पुरुष बाहिर र महिलामात्रै भित्र हुन्छन् ।' अरू केही महिला पुरुष भिजिटर पनि सूचना हेर्दै थिए । मेरो मन कुतकुति लगाउने सूचनामा लेखिएको थियो, 'पुरुष भिजिटर भित्र पस्न सख्त मनाही छ ।'

मैले बल्ल पत्तो पाए त्यो पुरुष बर्जित ठाउँ रहेछ । सेतो एप्रोनमाथि सानो सर्पजस्तो कालो स्टेथेस्कोप काँधमा बेरेर बाहिर निस्केकी चिकित्सकले बरन्डामा राखिएका कुर्सी देखाउँदै उभिएका पुरुषहरूलाई भनी, 'त्यता बसिदिनुस् न है भित्र नआउनुस्, ह्याँ केटाहरू पस्न पाइन्नँ ।'

आज्ञाकारी भएर पुरुषहरू पाटन अस्पताल नयाँ भवनको पहिलो तल्लामा अडिए । जुन ढोकाभित्र प्रशव पीडाले छटपटाइरहेका महिलामात्रै थिए ।

Sunday, November 17, 2013

प्रेम विरुद्ध


डढेका कंकालहरु मात्र भेटियो साँझमा
झर्नै नसक्नेगरी जमेका आँशुहरु सम्हालेर 
प्रेमीहरु प्रश्न गरिरहेछन् छेउमा—
‘ऊ हिन्दू, इसाइ, मुसलमान केही होइन
सत्य धरोधर्म ऊ कुनै पार्टीको सदस्य होइन
अब भन कुन हो मेरो प्रेमीको लास ?’

पढाइ सकेर विद्यालयबाट फर्किँदै गरेको एउटा केटो
बाटो वीचमा रोकेर गुरुलाई भनिरहेछ—
‘सर, कहीँ नपड्कियोस् बम र बारुदी सुरुङ
कसैले नचलाओस् भरुवा बन्दुक 
खिया लागेको पेस्तोल र भुत्ते तरबार
मेरा आफन्त फर्केका छैनन् यो झम्के साँझसम्म
मेलापात र घाँस दाउराबाट
र मैले पूरा गर्नुछ आजको गृहकार्य,

Saturday, October 5, 2013

शारदाको सान

शारदा शर्मालाई कसैले साहित्य लेख भनेको थिएन । कविता, कथा, निबन्ध, समालोचना, उपन्यास र अखबारी लेखन थाल्दा उनीसित चर्चित हुने सपना थिएन । बिना कसैको करबल आफ्नो मनमौजी लेखन थालेकी थिइन् । पछिल्लो तीन दशकदेखि निरन्तर उनी लेखकको हस्तक्षेपकारी भूमिकामा छिन् । लेखनका कारण सधैं चर्चामा रहने उनको नाम यसपटक तीन मुख्य कारण थप चर्चामा छ । पहिलो, उनको उपन्यास 'ताप' ले प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको छ जसको राशि २ लाख रुपैयाँ छ । दोस्रो, 'ताप' ले मदन पुरस्कार पाउने हल्ला हल्लामै सीमित भएको छ । र, तेस्रो श्रीमान् नरहरि आचार्य मंसिरमा हुने संविधानसभा चुनावमा फेरि उम्मेदवार भएका छन् ।

'जसले गरेको भए पनि मदन पुरस्कारको गलत चर्चा मेरो नाम र पुस्तकमाथि भएको खेलबाड हो,' श्रीमान् आचार्य उम्मेदवारी दर्ताका लागि जानुअघि बिहीबार कार्यकर्ताले निकालेको जुलुसमा सामेल भएर फर्केकी उनले भनिन्, 'मैले कहिल्यै पुरस्कारका लागि लेखिनँ । पुरस्कार संयोग हो, लेख्नु मेरो आदत हो । मलाई लाग्छ, कुनै पनि गम्भीर लेखक पुरस्कारका लागि लेख्दैनन् ।' खास लेखक आफ्नो गुणवत्ता र मेहनत कम नगरी पुरस्कार नपाए पनि लेखिरहन्छ । शारदा शर्मालाई पनि के लाग्छ भने पाठकको प्रतिक्रिया जतिको ठूलो पुरस्कार एउटा लेखकका लागि संसारमा अरू केही छैन ।

लेखन कसरी सुरु भयो, उनलाई ठ्याक्कै हेक्का छैन । ८ वर्षको छँदा कविता लेखिन् । त्यसपछि जीवनसित जोडिने हरेक कुरालाई उनले सिर्जनात्मक आँखाले हेरिन् । जसले उनलाई जीवन बुझ्न सघायो । हरेक लेखनमा उनको दृष्टिकोण अरूको भन्दा फरक भएर आउन थाल्यो । शैलीमा नयाँपन देखियो । सुरुमा कवि भएर चिनिइन् । त्यसपछि निबन्धकार, कथाकार । समसामयिक विषयमा लेख्ने अखबारी स्तम्भकार र पछिल्लोपल्ट उपन्यासकारका रूपमा उनी पाठकमाझ छाइरहेकी छन् । यही बीचमा उनका ८ वटा किताब छापिएका छन् । र, हरेक पुस्तकले उनलाई एक न एक रूपमा चर्चाकै केन्द्रमा राखेको छ । 'कविता भावनात्मक आवेग हो । एउटा कवितामा मनमा आएजति सबै कुरा अटाउन सकिन्न । निर्बन्ध रूपमा आफ्ना प्रस्ट अनुभूतिहरू पोख्न म निबन्ध, कथा र उपन्यास लेख्छु,' उनले भनिन्, 'लेखेर कुनै कुरा लेखेपछि म आफूलाई हलुङ्गो र आनन्दित अनुभव गर्छु । आनन्दित हुनुभन्दा ठूलो कुरा अर्को के हुन्छ ?'

Friday, August 16, 2013

साउनको अन्तिम दिन

  •  अनमोलमणि
त्यसै गरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रातरातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रैजस्ता केहीछायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती।

Tuesday, August 13, 2013

विवाहेत्तर सम्बन्धका दुष्परिणाम

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ ।
यौन, अपराध र परिवार विखण्डन
  • अनमोलमणि
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया 
नचाहँदा(नचाहँदै छुट्यो हाम्रो माया 
अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको

सम्बन्ध टुक्रिनका कारण पहिल्याउन गीतकार राजुबाबु श्रेष्ठका यी शब्द काफी छन् । हरि लम्सालको संगीतमा मनोजराजले यी शब्द गाउँदा संयोग कस्तो परेको थियो भने गायिका श्रीमती अन्जु पन्तसित भर्खर(भर्खर उनको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको सम्बन्धविच्छेदको कारण थियो, विवाहेत्तर सम्बन्धको शंका । दुवैले दुवैलाई गरेको शंकाले संगीत बजारमा जमेको एउटा जोडी टुक्रियो । गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ुविवाहेत्तरको सम्बन्धले समाजमा श्रीमान्(श्रीमतीको कसिलो प्रेम पानीको फोकाजस्तो नचाहँदा(नचाहँदै फुटिरहेको छ ।ु २५ हजारले सीआरबीटी प्रयोग गरेको र करिब २ लाखले फेसबुक पेजमा मनपराएको यही गीतको भावजस्तै कहिल्यै नटुट्लान् भन्ने ठानिएका सम्बन्धहरू विवाहेत्तर सम्बन्धका कारण फेरि नजोडिनेगरी टुक्रेका छन् । कतिले आत्महत्या गरेर अमूल्य जीवन सकेका छन् । कति आपराधिक क्रियाकलापमा लागेर जेल जीवन बिताइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमडौंका डीएसपी वसन्त थापाले १५ कात्तिकमा आत्महत्या गर्नुको कारण पनि विवाहेत्तर सम्बन्ध नै भएको अनुसन्धानले देखायो । थापाको आत्महत्या खबर आएपछि प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी जवान प्रमिला भट्टराईले पनि त्यही बाटो रोजिन् । घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार, विवाहित थापा र अविवाहित भट्टराई बीचको घनिष्ट सम्बन्धले दुवैलाई मृत्युको मुखमा पुर्‍यायो । भन्छन्, गुपचुप सम्बन्धबारे परिवारको चियो र सम्बन्ध सार्वजनिक हुने भयले दुवैले आत्महत्या रोजेको देखिन्छ ।

 केही हप्ताअघि राष्ट्रिय महिला आयोगमा आएको एउटा उजुरी यस्तो थियो, मेरा श्रीमान् बाहिर अर्की केटी लिएर हिंँड्छन् । घर कम आउँछन् । दुई बच्चा र मेरो वास्ता गर्दैनन् । उनलाई सम्झाइ(बुझाइ मेरो परिवारको खुसी फिर्ता ल्याइदिनुपर्‍यो । आयोगले दुवैलाई झिकाएर सम्झायो ।

३ वर्ष कतार बसेर फर्केका पर्वतका दीपक चापागाईंकी श्रीमती मन्जु उनी आएको महिना नपुग्दै २ छोरीलाई अलपत्र छाडेर भिनाजू नाता पर्ने राजु पौडलसित भागिन् । गत असार ३१ मा म्याग्दीको बेनीमा भएको उक्त घटनापछि दीपक अहिले मानसिक रूपमै विक्षिप्त छन् । पोइल जाँदा श्रीमतीले लगेको ३ तोला गहना र १७ हजार रुपैयाँ उनका लागि ठूलो विषय भएन, समाज र परिवारमा उनीबारे हुने टिप्पणीले दुःखी बनाएको छ ।

धेरैलाई लाग्दो हो, श्रीमान्(श्रीमतीको सम्बन्ध भनेको नितान्त व्यक्तिगत कुरा हो । हुन पनि श्रीमान्(श्रीमती सबैभन्दा नजिकका साथी हुन् । सुखमा सँगै हाँस्ने, दुःखमा सँगै रुने र समस्यामा मिलेर त्यसलाई परास्त गर्ने आदर्श यी दुई साथीले बोकेका हुन्छन् । तर पछिल्लो समय लोग्ने(स्वास्नीबीचको यो आदर्श क्षय हुँदै गएको छ । जीवनभर सँगै बाँच्ने वाचाबन्धन गरेकाहरू सधैंलाई छुट्टनिे बाटोमा अग्रसर छन् ।


केहीअघि लक्ष्मीपूजाको अघिल्लो दिन काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्धविच्छेदका ३ वटा मुद्दामा बहस भयो भने गतसाता झन्डै ७ वटा यस्ता मुद्दामा बहस भयो । अदालतले सकेसम्म मिलाउने तर केही सीप नलागे मात्रै सम्बन्धविच्छेदको अन्तिम फैसला गर्ने गरेको छ ।

अपराधको स्रोत

घरमा श्रीमान् वा श्रीमती हुँदाहँुदै बाहिर मन डुलाउनेहरूले दाम्पत्य जीवनमात्रै धरापमा पारेका छैनन्, आफैं आपराधिक क्रियाकलापमा समेत मुछिएका छन् । कतिले पदरप्रतिष्ठा गुमाएका छन् । यस्तै सम्बन्धका कारण सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइराला श्रीमती हत्या अभियोगमा अहिले जेलमा छन् । महाबौद्धमा रेस्टुरेन्ट चलाउने एक महिलाले भाइ बनाएका व्यक्तिसँगको सम्बन्धका कारण श्रीमान्को हत्या गरिन् । हत्याले उनको इच्छा पूरा भएन, बरु योजना नै चकनाचुर भयो ।