शारदा शर्मालाई कसैले साहित्य लेख भनेको थिएन । कविता, कथा, निबन्ध, समालोचना, उपन्यास र अखबारी लेखन थाल्दा उनीसित चर्चित हुने सपना थिएन । बिना कसैको करबल आफ्नो मनमौजी लेखन थालेकी थिइन् । पछिल्लो तीन दशकदेखि निरन्तर उनी लेखकको हस्तक्षेपकारी भूमिकामा छिन् । लेखनका कारण सधैं चर्चामा रहने उनको नाम यसपटक तीन मुख्य कारण थप चर्चामा छ । पहिलो, उनको उपन्यास 'ताप' ले प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको छ जसको राशि २ लाख रुपैयाँ छ । दोस्रो, 'ताप' ले मदन पुरस्कार पाउने हल्ला हल्लामै सीमित भएको छ । र, तेस्रो श्रीमान् नरहरि आचार्य मंसिरमा हुने संविधानसभा चुनावमा फेरि उम्मेदवार भएका छन् ।
'जसले गरेको भए पनि मदन पुरस्कारको गलत चर्चा मेरो नाम र पुस्तकमाथि भएको खेलबाड हो,' श्रीमान् आचार्य उम्मेदवारी दर्ताका लागि जानुअघि बिहीबार कार्यकर्ताले निकालेको जुलुसमा सामेल भएर फर्केकी उनले भनिन्, 'मैले कहिल्यै पुरस्कारका लागि लेखिनँ । पुरस्कार संयोग हो, लेख्नु मेरो आदत हो । मलाई लाग्छ, कुनै पनि गम्भीर लेखक पुरस्कारका लागि लेख्दैनन् ।' खास लेखक आफ्नो गुणवत्ता र मेहनत कम नगरी पुरस्कार नपाए पनि लेखिरहन्छ । शारदा शर्मालाई पनि के लाग्छ भने पाठकको प्रतिक्रिया जतिको ठूलो पुरस्कार एउटा लेखकका लागि संसारमा अरू केही छैन ।
लेखन कसरी सुरु भयो, उनलाई ठ्याक्कै हेक्का छैन । ८ वर्षको छँदा कविता लेखिन् । त्यसपछि जीवनसित जोडिने हरेक कुरालाई उनले सिर्जनात्मक आँखाले हेरिन् । जसले उनलाई जीवन बुझ्न सघायो । हरेक लेखनमा उनको दृष्टिकोण अरूको भन्दा फरक भएर आउन थाल्यो । शैलीमा नयाँपन देखियो । सुरुमा कवि भएर चिनिइन् । त्यसपछि निबन्धकार, कथाकार । समसामयिक विषयमा लेख्ने अखबारी स्तम्भकार र पछिल्लोपल्ट उपन्यासकारका रूपमा उनी पाठकमाझ छाइरहेकी छन् । यही बीचमा उनका ८ वटा किताब छापिएका छन् । र, हरेक पुस्तकले उनलाई एक न एक रूपमा चर्चाकै केन्द्रमा राखेको छ । 'कविता भावनात्मक आवेग हो । एउटा कवितामा मनमा आएजति सबै कुरा अटाउन सकिन्न । निर्बन्ध रूपमा आफ्ना प्रस्ट अनुभूतिहरू पोख्न म निबन्ध, कथा र उपन्यास लेख्छु,' उनले भनिन्, 'लेखेर कुनै कुरा लेखेपछि म आफूलाई हलुङ्गो र आनन्दित अनुभव गर्छु । आनन्दित हुनुभन्दा ठूलो कुरा अर्को के हुन्छ ?'
२०४४ सालमा उनको पहिलो कविता संग्रह 'सीमान्त अनुभूति' को समीक्षा गर्दा पुस्कर लोहनीले 'यौन बिम्ब आउने कविताहरू' भनेर लेखिदिए । त्यसपछि उनका थप दुई कविता संग्रह आए 'युद्धोपरान्त' -२०४९) र 'स्वर्णसूत्र' -२०५३) । सबै चर्चामा रहे । लेखक अभि सुवेदीका शब्दमा विषयमा प्रस्टता, लेखनमा निख्खारता र सरल शैली उनका कविताका विशेषता हुन् । उनको कविताको एउटा लाइन 'तिमीजस्तै, म पनि मान्छे भएर हिँड्नेछु' कविता प्रेमीहरूमाझ अहिले पनि चर्चा हुन्छ । मानवीय सम्बन्ध र समस्यामाथि उनको कवितात्मक प्रहार बेजोड छ ।
विषयवस्तुमाथिको सटिक प्रस्तुति गर्न सक्ने क्षमताकै कारण २०४८ सालमा निस्केको कथा संग्रह 'आस्थाको भग्नावशेष' ले उनलाई कथा साहित्यमा स्थापित गरिदियो । २०६३ मा निस्केको आलेखहरूको संग्रह 'अग्नि स्पर्श' र २०६८ मा निस्केको निबन्ध संग्रह 'भुइँफूलको देश' ले उनको लेखक चिनारीलाई थप फराकिलो बनाइदियो । 'अग्निस्पर्श' मा उनले एक ठाउँमा लेखेको 'योनी, पाठेघर र त्यहाँको डिम्बबाहेक स्वास्नीमान्छेलाई कसैले मान्छेका रूपमा हेरेको छ ? मान्यता प्रदान गरेको छ ? प्रेम गरेको छ उसलाई ?' भन्ने वाक्य निकै चर्चित बन्यो । उनको संग्रहमा रहेका आलेखका यस्ता धेरै पंक्ति कतिले फेसबुक स्टाटसमा समेत राखे ।
राजनीति, दर्शन, माओवादी युद्ध र अध्यात्मको मिश्रण भएको उपन्यास 'ताप' २०६९ मा छापिएपछि उनले चर्चा र आलोचना दुवै खेपिन् । लेख्दै जाँदा धेरैपल्ट अलमलमा परिन् । रोकिइन् । 'उपन्यास लेख्नु ब्रह्माको सृष्टिजस्तै रहेछ । पात्र जन्माउ । भूमिका देउ । त्यसलाई हिँडाउ । र, त्यसको अन्त्यको पनि जस्टिफिकेसन देउ,' उनले सम्भिmइन्, 'त्यसैले उपन्यास लेख्दा पाठक निराश नहुन् भन्नेबाहेक मैले ठूलो अपेक्षा गरिनँ ।'
'ताप' लेख्न उनलाई ६ महिना लाग्यो । भनिन्, 'सकारात्मक र आलोचनात्मक दुवै प्रतिक्रिया पाएँ । कतिले मैले नै सोचेको विषय लेख्नु भएछ पनि भने । वर्षौंको डकुमेन्ट संकलनबाट लेखिएको उपन्यास भएकाले तापबाट म सन्तुष्ट नै छु । यद्यपि सन्तुष्टिको कुनै सीमा हुँदैन ।'
उनका निबन्ध र आलेखमा धेरै वैयक्तिक अनुभव समेटिएका हुन्छन् । आलोचना गर्नेहरू भन्छन्, 'शारदाको लेखाइ श्रीमान् नरहरि र कांग्रेसजनकै वरिपरिको गनगन हो । आफ्नै कुरा धेरै हुन्छ ।' जस्तो भुइँफूलको देशमा उनले गरेकी छन् । त्यहाँ धेरै ठाउँमा नरहरि र कांगे्रसजन आएका छन् । उनको लेखन मन पराउनेहरू भन्छन्, 'आफ्नो अनुभूतिमा ढालेर विषयवस्तुको उठान गर्ने, आम मान्छेको जिन्दगीसित त्यसलाई जोड्ने र थाहा नपाउने गरी भित्री कुराहरू बाहिर ल्याउने खुबी शारदाको लेखनको शक्ति हो ।' पक्कै पनि व्यक्तिगत जीवनमा धेरैको चासो हुन्छ । जीवनसित जोडिएन भने त्यो आलेख निर्जीव प्रायः हुन्छ । निर्जीव आलेखको कुनै अर्थ रहँदैन । 'म लेखनलाई आम मान्छेको जीवनसित जोडेर सजीव बनाउन खोज्छु,' उनको तर्क छ, 'मन पराउने नपराउने हरेकका आ-आफ्ना दृष्टिकोण हुन्छन् । सत्य के हो भने हरेक दर्शनलाई जीवनसित नजोड्दा त्यो जटिल हुन्छ र जोडेपछि सरल भइदिन्छ । मलाई लेखकको सामथ्र्य र शक्ति पनि त्यही हो जस्तो लाग्छ ।'
लेखकलाई राम्रो वा नराम्रो बनाउने एउटा आधार शैली, विषयवस्तु र उसको बुझाइ हो । त्यसबाहेकका कुनै पनि फित्ताले लेखकको गुणवत्ता नाप्न सक्दैन । 'भन्न खोजेको विषयमा लेखक प्रस्ट हुनुपर्छ । त्यति भए पुग्छ,' उनी भन्छिन्, पुरस्कारले लेखकलाई राम्रो बनाउने हैन प्रेरित मात्रै गर्ने हो । नेपालका पुरस्कार दिने संस्थाहरूले आफूलाई पुनर्मूल्यांकन र सुधार गर्नु जरुरी छ ।'
शारदा शर्मा स्याङ्जा आँधीखोलाको आठगह्रेमा जन्मिइन् । त्यो सुदूर गाउँमा उनले धेरै समय बिताउनु परेन । पञ्चायतकालका अञ्चल निर्देशक पिता महेश्वर शर्मा आमा राधाकुमारीको सरुवासँगै उनको पनि डेरा, विद्यालय, सम्झना र बाल्यकाल सरुवा भएरै बित्यो । जता पिता गए उतै उनको झोलीतुम्बा पुग्थ्यो । सरुवाकै मेसोमा स्याङ्जाबाट पोखरा र पोखराबाट काठमाडौं आइन् । विद्यालय तहको आधा पढाइ पोखरामा र एसएलसी काठमाडौंको कान्ति ईश्वरीबाट सकिन् ।
बाबुको रुचि छोरी डाक्टर बनोस् भन्ने थियो । अमृत साइन्स र त्रिचन्द्र क्याम्पसमा प्राणीशास्त्र पढेर उनले त्यसको गोरेटो पनि कोरेकी हुन् । त्यो गोरेटो राजमार्गमा फैलिन सकेन । १९ वर्षमै नरहरि आचार्यसित बिहे भएपछि एमएस्सीको पढाइ रोकियो । २२ वर्षमा आमा भइन् । पढाइ झन् अगाडि बढ्न सकेन । अन्ततः विज्ञानकी विद्यार्थीले नेपाली विषय रोजिन् र त्यसैमा स्नातकोत्तर गरिन् । उनको थेसिसको विषय थियो- 'विश्वेश्वरप्रसाद कोइरालाका नारी पात्र' । जसलाई उनले २०५३ सालमा पुस्तकाकार रूप दिइन् ।
शारदा ओशो रजनीशलाई पढ्न मन पराउँछिन् । यद्यपि सबैखाले पुस्तकमा उनको रुचि छ । स्वभावले आध्यात्मिक छिन् । अहिलेको दैनिकी लेखपढमै बितेको छ । लामो समय काम गरेकाले प्रजनन स्वास्थ्यका विषयमा उनको विशेष दख्खल छ । झन्डै दुई दशक उनले अन्तर्राष्ट्रिय परिवार नियोजन संघमा जागिरे जीवन बिताइन् । त्यसको दक्षिण एसिया क्षेत्रीय कार्यालय नयाँदिल्लीमा २ वर्ष बसिन् । दिल्ली छाडेर काठमाडौंको आफ्नै घरबाट पनि २ वर्ष परामर्शदाता भएर काम गरिन् ।
अहिले उनलाई ती कुनै जिम्मेवारीको चटारो छैन । मात्रै लेखपढ गर्नु छ । श्रीमान्सित देशका विभिन्न क्षेत्रमा घुम्नु छ । त्यहाँका आम मान्छेका दुःखलाई टिप्नु र लेख्नु छ । गीत सुन्छिन् । कहिलेकाहीँ ओशोले गीताबारे दिएको प्रवचन सुन्छिन् । बेलाबेला तपोवनमा ध्यान गर्न पुग्छिन् । अचेल घरमा नरहरि, उनी र कान्छी छोरी अपराजिता छन् । जेठी अनामिका अस्ट्रेलिया बस्छिन् ।
'समय फुर्सदमै बितेको छ,' उनले भनिन्, 'म धेरै भीडभाडमा रमाउन सक्दिनँ ।'
बिहे अघिसम्म उनलाई राजनीतिमा उस्तो रस बसेको थिएन । बिहेपछि त्यसमा चासो बढेको हो । कुनै दिन राजनीतिमा प्रत्यक्ष रूपमा अगाडि आउने सुर छैन ? उनले भनिन्, 'भन्न सकिन्न, त्यो आवश्यकताले सिर्जिने कुरा हो ।'
शारदा चित्रकार पनि हुन् । यो धेरैलाई जानकारी छैन । स्कुल, कलेज पढ्दा उनका कापी अनेक चित्रले भरिन्थे । कतिसम्म भने पढाइरहेका शिक्षकका मुहार चित्रले पनि उनको कापी भरिएको हुन्थ्यो । र, छेउमा कविताका केही पंक्ति पनि हुन्थे । त्यो क्रम अहिले पनि जारी छ । पेन्टिङको सोख पूरा गर्न उनले सिर्जना आर्ट ग्यालरीमा कक्षासमेत लिइन् । पेन्टिङका लागि घरमा उनले छुट्टै कोठा बनाएकी छन् । जहाँ छन्- पानी, रंग, ब्रस र केही नलेखिएको क्यानभास ।
अहिले उनी हारमोनियम सिक्दैछिन् । संगीत जीवनको अर्को महत्त्वपूर्ण कुरा हो भन्ने उनलाई लाग्छ । गाउने रहर पनि छ ? 'गीत गाउने रहरले हैन,' उनी हाँसिन्, 'बुढेसकालमा भजन गाउन सिकिराख्न खोजेको ।' हिँड्नु उनको अर्को सोखको विषय हो । भन्छिन्, 'जीवनमा आफूलाई मन लागेका र हिजो पूरा गर्न नसकेका कुरा अहिले गर्दैछु ।'
Link
http://ekantipur.com/np/2070/6/19/full-story/376955.html

4 comments:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
Absolon Casimir ऋण दृढ, उद्यमीहरू सजिलै ऋण पारदर्शी र कुशलतापूर्वक, चाँडै वातावरण मा पहुँच गर्न मौका प्रदान गर्दछ। हाम्रो विशेषज्ञता र अन्तर्राष्ट्रिय स्तर ग्राहकहरु हाम्रो सेवा गुणस्तर सुनिश्चित गर्न र वितरण सेवा अवकाश, पर्यटन, मनोरञ्जन र निर्माण उद्योग मा भूमि को महत्वपूर्ण विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्त परियोजना कम्पनीहरु, व्यवसाय र संगठन को हाम्रो मुख्य आपूर्ति छ हामी पनि, व्यक्तिगत ऋण, निजी ऋण, ऋण ऋण परिशोधन; सम्पर्क इमेल: absoloncasimir200@gmail.com
Hello Everybody,
My name is Mrs Sharon Sim. I live in Singapore and i am a happy woman today? and i told my self that any lender that rescue my family from our poor situation, i will refer any person that is looking for loan to him, he gave me happiness to me and my family, i was in need of a loan of $250,000.00 to start my life all over as i am a single mother with 3 kids I met this honest and GOD fearing man loan lender that help me with a loan of $250,000.00 SG. Dollar, he is a GOD fearing man, if you are in need of loan and you will pay back the loan please contact him tell him that is Mrs Sharon, that refer you to him. contact Dr Purva Pius,via email:(urgentloan22@gmail.com) Thank you.
Post a Comment