Monday, January 21, 2013

चेन यानको अंग्रेजी कक्षा


हामी छिर्दा मिस चेन यान अंग्रेजी कक्षाको तयारीमा थिइन् । मध्यान्तरमा निस्केका विद्यार्थी कक्षामा आइसकेका थिएनन् । खाली समयको सदुपयोग गर्दै पाठ योजनाको पावर प्वाइन्ट प्रेजेन्टेसन तयारी चल्दै थियो । विद्यार्थी हस्यांग फस्यांग गर्दै कक्षा पस्दै थिए । टेबुलमै अड्काएर राखिएको आफ्नो सानो मेच निकालेर बसेका करिब ४० विद्यर्थी हेर्दै उनले भनिन्, ‘सबै बसिसक्यौ ? अब हामी पढ्न सुरु गरौं ?’ अप्ठेरो जस्तो सुनिने चीनिया शैलीको अंग्रेजी उच्चाण कक्षामा एकसाथ गुन्जियो, ‘हुन्छ मिस, हामी तयार छौं ।’ त्यसपछि सुरु भयो चेन यानको अंग्रेजी कक्षा ।
यो २८ नोभेम्बर २०१२ को कुरा । ‘एक्काइसौं शताब्दीका लागि नेतृत्वदायी शिक्षा’ नामको अन्तराष्टिय शैक्षिक सम्मेलनको अन्तिम दिन । चीनको राजधानी बेइजिंगको रितन हाइस्कुल । कान चीसो पार्ने गरी सडकमा एक तमासको स्यांठ छ । झण्डै हाम्रो रंगाशाला सम्झाउने विशाल चौर घेरेर धम्रधुस बसेको सरकारी विद्यालयभित्र हामी छिरेका छौं । सफा र फराकिलो कक्षा कोठा । चिरिच्याट्ट राखिएका डेस्क बेन्च । भित्तामा खरीपाटी थिएन । शिक्ष्ँकको हातमा ज्यानै धूलाम्मे बनाउने चकडस्टर थिएन । कमजोर विद्यार्थीलाई दुई चार स्वांठ दिन शिक्षकले सिर्कनो पनि बोकेका थिएनन् । हरेक कक्षा कोठा वातानुकुलित थियो । भित्तामा विद्युतीय गतिमा चल्ने बडेमाको सेतो पर्दा झुन्डिएको थियो । कक्षाको सिरानमा पावर प्वाइन्टप्रजेन्टेशनका लागि अड्याइएको प्रकाश । सुविधा हेर्दा लाग्थ्यो यो विद्यालय होइन, कुनै सभा हल हो । मध्यम कदकी गोरी चेन यानका खिरिला औंलाहरु सानो ल्यापटपमा चलिरहेका थिए । उनका चनाखा आखाले विद्यार्थीलाई पनि त्यतिकै ध्यान दिइरहेका थिए । अंग्रेजी कक्षा भएर हो कि विद्यार्थीको कक्षामा प्रस्तुत भएको शैली चाहि निकै बोदो थियो ।

Thursday, January 17, 2013

मेरा गुरुहरु


  • अनमोलमणि



त्यो ठाउ मकवानपुरको सुदुर गाउँ थियो । छतिवनबाट हिडेर जान दैनिक अढाइ घण्टा लाग्ने । अढाइ घण्टाको पैदल यात्रा गरेर महेन्द्र माविबाट मैले माध्यमिक तह सकेँ । बैसाख जेठको तातो घाममा गिर्खे ढुङ्गा र ताता बालुवामाथिको यात्राले पैतालामा फोका उठ्थे । खोलै खोलाको बाटो थियो । वर्ष याममा बगाउला भन्ने त्रास, जाडो याममा सिरेटोले उडाउला जस्तो । गर्मीमा पाकिएला जस्तो ।
यस्तै सकसमा बल्ल कक्षा ४ टेकेपछि ठूलो बर्णमालाका साउँ अक्षर चिनेँ । मतवाली र दलितवीचको म आर्यनलाई गुरुहरु भन्थे—‘यो ल्वाँठले केही गर्न सक्दैन ।’ अक्षर नचिनेको बदलामा कलिलो हत्केलाले पटकौँ पटक ताप्रेको सिर्कना बज्रियो । तर मैले ती सबै पीडा बोध बिर्सि सकेको छु । त्यसो नगरेको भए म साँच्चै उनीहरुले भनेजस्तै ‘ल्वाँठ’ नै हुन्थेँ कि ? धन्य ती गुरुहरुले मलाई ल्वाँठ हुनबाट बचाए !

Monday, December 31, 2012

बिदाइ


  •  अनमोलमणि

5'6]sf af6fx? x]b}{ gx]/L e]6]/ hfpm
km]l/ e]6 x'G5 x'Gg Û

km]l/ o:t} lbg gx'g ;S5
gjxg ;S5 o:t} xfjf
klx/f] hfg ;S5 n]p nfu]sf] k|frLg af6f]
s'g} zf;s
xftdf gfËf] t/af/ lnP/
/fh ug{ ;S5 xfdL dfly,
Toltv]/ ;Demgfsf] lemgf] wfuf] klg afFsL g/xg] u/L
layf]lng ;S5 :jtGq lgb|f / ;kgf
;kgf gbf]xf]l/g ;S5

lat]sf af6fx? x]b}{ gx]/L e]6]/ hfpm
km]l/ e]6 x'G5 x'Gg Û

Monday, December 24, 2012

घुम्ती छेलिएपछि




  • अनमोलमणि


घुम्ती छेलिएपछि
हरसाँझ
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

विर्सिदिनू विझाउने सम्बन्ध
सहरको भीरबाट मान्छेमान्छेको कहाली लाग्दो छाँगोमा
नजोड्नू खिइदै छिन्न लागेको सम्झनाको तार
जसमा बज्ने छैन कुनै मुच्र्छना
च्यातिदिनू तरंगको सिरसिरे हावामा
सिंहदरबारको राष्ट्रिय झण्डाजस्तो एकनास फरफराइरहने
ती पीडाका पर्दाहरु
र हेर्नु आकांक्षाको खुला आकाश
शीतल बतासको मुस्लोले छोयो भने त्यतिखेर
अनुभव गर्नू म तिम्रै छेउछाउ कतै उडिरहेको छु हावा भएर
तिमी त्यो डिलबाट चियाउनू
म यो ढिस्कोबाट हेरिरहुँला तिमीलाई,

तिम्रो अभावमा
लम्पसार अजिङ्गरजस्तो कालो सडकमा
हुन्हुनाएर कुद्ने गाडीजस्तै चिप्लिएँ भने म
हुस्सुको डोरी समातेर उठ्न सकुँला नसकुँला
सुसेली विनाको आवाजले पछारिएँ भने म
लोडसेडिङकोे पट्यार लाग्दो अध्यारो समयमा
नकहालिइ ब्यूझिन सकुँला नसकुँला
धमिराको देवलजस्तो चुचुरै चुचुरा वा खण्डै खण्ड पारेर मनलाई
तिम्रो नाममा समर्पण गर्न सकुँला नसकुँला
पानी सुक्दै गएको सहरको मैलो नदीजस्तो अल्छेलाग्दोगरी बगिरहेछु

Tuesday, December 11, 2012

पेज थ्री



  • अनमोलमणि


मेरो गल्ती यत्ति हो
मैले समाचार लेखेँ ती कुनाका मैला मान्छेका पक्षमा
जो समाचारमा कहिल्यै आएका थिएनन्
र, मेरो हातमा किला ठोकियो÷मेरो कलम भाचियो

मेरो गल्ती यत्ति हो
मैले पहिलो पृष्ठमा नग्न स्त्रीको कामुक देह छाप्न इन्कारेँ

Sunday, December 9, 2012

डिसेम्बरको जाडो



  • अनमोलमणि

तिम्रो सम्झनाको तातो बाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।

रातो गुलाफजस्तो तिम्रो यौवन
प्रेमपूर्ण स्पर्श
मसँग हाँस्ने ओठ
र रुने आँखाहरु थिए तिमीसँग,
एउटै मुटु थियो हामीसँग
जुन तिमीसँगै गएको छ
मलाइ विना मुटु पारेर,
यतिखेर बाँकी छ मसँग
ढोकाको कापमा सप्को अड्किएर छाडिएको
तिम्रो पछयौरीको सुगन्ध
सम्झनाको तातोले ओभाएका मेरा एकजोर आँखा
फुल्दै गरेको केश
चाउरिँदै गएको गाला
मक्किँदै र कमजोर बन्दै गएको
कुसुमको बुढो रुखजस्तो यो शरीर
जसलाई धावा बोलिरहेछ यो डिसेम्बरको जाडो ।

Thursday, November 22, 2012

प्रेमीहरूको पक्षमा

अनमोलमणि पौडेल

तिनको कसुर यति थियो, उनीहरू प्रेमीसित त्यहाँ आए । पशुपतिको एकान्तमा जोडी भएर बसे । कंक्रिट चिहानले उजाड बन्दै गएको श्लेषमान्तक हेर्दै सुन्दर र हराभरा भविष्यको कल्पना गरे । अल्छेलाग्दो गरी बगेको वाग्मती साक्षी राखेर प्रेमिकालाई अँगालो हाले । निधार, ओठ र गालामा प्रेम स्पर्श गरे । आँखामा आँखा गाडेर हेरे, जहाँबाट प्रेमीहरूलाई मुटुसम्म जाने बाटो पहिल्याउन सजिलो हुन्छ ।
तिनलाई लागेको अभियोग हो, पशुपतिनाथ साक्षी राखेर तिनले प्रेम प्रदर्शन गरे । त्यसका लागि एकान्त खोज्दै किरातेश्वर, श्लेषमान्तक र त्यस वरपरका देवलका खोपीमा ढेसिएर कमजोर र उराठ बन्दै गएको सहरी जीवनको दिक्दारीबाट एकछिन सुस्ताउन खोजे । सबै हिसाबले विघटनको संघारतिर लम्किँदै गरेको समाजले सिर्जेका प्रेमभोकलाई तिनले त्यो एकान्तमा पोख्न खोजे ।