स्वचालित विद्युतीय ढोका खुल्यो ।
‘वेल कम टु द न्युजियम’, नीलो कोट र नीलै स्कर्टमा सजिएर ढोकै छेउ उभिएकी कालि केटीले सुरक्षा जाचपछि भनी, ‘तपाइ“, फोटो खिच्न सक्नुहुन्छ । थोरै मुस्काउनुस् । यस्तो अवसर वारम्बार कहा मिल्छ ? यस्तो मुस्कान सधै तपाइको ओठमा कहा आइराख्छ ?’
हल्का हरियो पर्दाको ब्याक ग्राउन्ड पारेर निकोनको पुरानो क्यामेरा मेरो अनुहारतिर सोझियो । दुई पल्ट क्लिक क्लिकको आवाज आयो । त्यसपछि आफ्ना खिरिला औलाले पा“च तले भवनको भुई लताबाट माथितिर देखाएर उसले आफ्ना भासिएका आखा नचाउदै भनी, ‘अब तपाई आफ्नो रुची अनुसार घुम्न सक्नु हुन्छ । बाटो त्यताबाट छ । समय खेर नफाल्नुस् ।’
उसले इशारा गरेको देब्रेतिरको भ¥याङ उक्लिदै गर्दा मैले देखे, समाचारका शीर्षकले पोतिएको सिंगमरमरको चिल्लो भित्तो । त्यही छेउमा लेखिएको अमेरिकी पूर्व राष्ट्रपति रिचर्ड एम निक्सनको भनाइ, ‘द अमेरिकन पिपल डन्ट विलिभ एनिथिङ अन्टिल दे सि इट अन टेलिभिजन ।’
२६ अक्टुबर २०११ । वासिङटन डि सी ।
मध्य तथा दक्षिण एसियाका १३ पत्रकार अमेरिकाका दुई शक्तिशाली भवन ह्वाइट हाउस युएस क्यापिटल वीचमा ओर्लेका छन् । छेवैमा छ नेशनल मलको स्मिथ सोनियम म्युजियम । बाहिर फराकिलो सडकमा सवारी वत्तिएका छन् । भीमकाय भवनले परको दृश्य छेकेको छ । वाल स्ट्रिट कब्जा आन्दोलनमा समर्थन गर्दै हिंडेका केही थान युवा जुलुस लगाउदै ह्वाइट हाउसतिर जादैछन् ।
बाहिर चलेको सिरेटोको चीसो चिर्न नसक्ने तम्तम्याइदो पहेलो घाम लागेको छ । हामीले न्युजियमको तातो स्वागत पाएका छौं ।
न्युजियम । धेरैका लागि नया नाम । समाचारहरुको एउटा सिंगो संग्रहालय । समाचारमा इतिहास बनेका समयका प्रत्येक कालखण्ड न्युजियममा कैद भएर बसेको छ । यसले पुस्तौं पुस्तासम्मलाई बहस चलाउन सक्ने सयौं हजारौं विषय सुरक्षित राखेको छ । आङ सिरिंङ्ग हुने त्रासद घटना र मन दुखाउने कयौं सम्झनालाई जिवन्त पार्ने सग्ला प्रमाणहरु न्युजियमको भित्तामा छन् । पाच तले विशाल घर समाचारका अनेक पाटा र आयाम सुरक्षित राखेर ठिङ्ग उभिएको छ । जहा घुम्दा वितेका प्रत्येक सेकेन्डको स्मृति ताजा भइदिन्छ ।
न्युजियमभित्र टेलिभिजन बजिरहेको छ । रेडियो घन्किरहेको छ । न्युजियमको बुम समातेर कोही आफूलाई रिपोर्टर देखाउन आतुर छन् । विद्यार्थीको हुल सञ्चारका हरेक पाटो हेरेर दङदास छ । न्युजियममा थिएटर छ । थ्रिडी वा फोर डीको मजा लिएर स्कुले नानीहरु रमाइरहेका छन् । संसार हल्लाएका समाचारहरुको सविस्तार फेहरिस्त पढेर विद्यार्थी ज्ञानगुन सिक्दैछन् । शताब्दियौं अघिको पुस्तक शीशाभित्र तेजिलो प्रकाशमा टल्किएको छ । पुस्तक छेउको स्क्रिनमा चोरीऔला रगड्ने हो भने पुस्तकका पानाहरु फर्लक् फर्लक पल्टिन्छन् । घोत्लिएर त्यही पुस्तक पढ्नेहरु पनि कति छन् कति । सहयोगका लागि बसेकी एउटी केटी भन्थी, ‘न्युजियमको भित्तो हेरेर विहानदेखि साझसम्म रमाउने पनि आउछन् । उनीहरु तलामाथि गरिरहन्छन् । न्युजियमका एक एक चिज हेरिरहन्छन् ।’
प्रत्येक तलामा छुट्टा छुट्टै ग्यालरी छ । संसारका पत्रिकाले लेखेका समाचारका शीर्षक छन् । संसारका पत्रिकाको मास्ट हेड जतनसाथ राखिएको छ । तिनले पहिलो पृष्ठमा छापेको समाचार त्यही मुन्तिर छ । गम्छु, ‘यी सबै पत्रिका कहाबाट खोजे होलान् ?’ शताब्दियौं अघिका सूचना डिजिटलाइज्ड गरिएको छ । पुस्तौ पुस्ताले यसमा पक्कै पनि गर्व गर्नेछन् ।
वर्षौं अघिका घटना सम्झाउने तस्वीर छन् । चनाखा फोटो पत्रकारले संयोगमा क्लिक गर्दा कैद भएका दृश्यहरु । तस्वीर एउटा संयोग हो । संयोगमा क्लिन हुन नसके काम छैन । जतिबेला क्लिक हुन्छ, त्यो इतिहास भइहाल्छ । तस्वीरमा दुखी भएको मान्छे जति खुसी भए पनि दुखी नै देखिन्छ । तस्वीरमा हासेको मान्छे जति दुखी भए पनि तस्वीरमा त सधै हासिरहेकै हुन्छ । यस्ता संयोग भरिएका कलात्मक ‘क्लिक’ले पुलित्जर पुरस्कार जितेका तस्वीरहरुको एलबमनै छ । न्युजियमका तलै पिच्छे वितेको समय पढ्न सकिन्छ र नोस्टाल्जिक हुन सकिन्छ । घटना र परिवेश नियाल्न सकिन्छ र त्यसलाई विश्लेषण गर्न सकिन्छ । दुर्दान्त दुख र उत्तेजनात्मक खुसीका क्षणहरु अनुभव गर्न सकिन्छ र त्यसको प्रभाव मूल्याङ्कन गर्न सकिन्छ ।
समाचार लेख्दा लेख्दै समाचार भएका पत्रकारहरु न्युजियमको भित्तामा मुस्काइरहेका छन् । यस्तो दृश्य देखेपछि अफगानस्तानका पत्रकार रहुल्लाहले भने, ‘पत्रकारिताको ठेगान छैन, कुनै दिन हामी पनि न्युजियमको भित्तामा झुन्डिन सक्छौं । गोली चलिरहन्छ । मान्छे मरिरहन्छन् । रिपोर्टिङ गरिरहनु पर्छ । बन्दुकबाट छुटेको गोलीले पत्रकर भनेर नछोई फर्किदैन ।’
न्युजियममा छुट्टै छ ‘९÷११ ग्यालरी’ । न्युयोर्कको टवीन टावर भवनमा भएको आतंककारी आक्रमणमा पत्रकारले मोलेको जोखिम देखाउने ग्यालरी । त्यस घटनालाई संसारका पत्रिका र पत्रकारले कसरी कभर गरे ? पत्रिकाको पहिलो पृष्ठमा के छापियो ? आतंकबाट असुरक्षित आम नागरिकको समाचार ग्यालरीमा सुरक्षित छ । त्यहा बल्दै गरेको ट्वीन टावर छ । टावरबाट खस्दै गरेका मान्छे छन् । त्यो ‘खतरनाक’ दृश्यलाई प्रत्यक्ष देखाइरहेका पत्रकार छन् । हेर्दा अनौठो लाग्छ, विपतमा मान्छे ज्यानको माया गरेर आफूलाई जोगाउन कुदिरहेका छन् । पत्राकार ज्यान माया मारेर त्यसलाई जीवन्त इतिहास बनाउन लागेका छन् । न्युजियममा संसार हल्लाउने संसारका यस्ता सयौं समाचारको सिंगो रुप छ । त्यसमा अनेक मान्छे, स्थान र समय छन् । न्युजियममा संचारको छुट्टै जीवन छ । समाचारहरुलाई केन्द्रमा राखेर बनाइएको यस्तो संग्राहलय सम्भवत अन्त छैन । आम नागरिकका लागि त यो महत्वको छदैछ, पत्रकार र आम सञ्चारका विद्यार्थीका लागि यो ठूलो अध्ययन पाठशाला हो ।
कुरा साधारण छन्, तिनै समाचार । तिनै पत्रिकाको पृष्ठ । तिनै फोटा । तिनै टिभीका दृश्य । तर न्युजियमबाट सिक्नु पर्ने धेरै छ । न्युजियम हेरेपछि लाग्छ, प्रत्येक सञ्चारकर्मीले ‘डकुमेन्टेशन’लाई कसरी मेन्टेन गर्नु पर्छ । आज काम लाग्दैन भनेको कुरा भोलि कति महत्वपूर्ण हुन्छ ? हेर्नलायक चिज हजारौं वर्ष पुराना सम्पदामात्रै होइनन् समाचार पनि पुरातात्विक महत्वको बनाउन सकिन्छ भन्ने सग्लो उदाहरण हो न्युजियम ।
अमेरिकाले आफ्नो संविधानमा उल्लेख गरेको प्रेस स्वतन्त्रताको पहिलो प्रतिवद्धता न्युजियमको भित्तामा पढ्न सकिन्छ । दोस्रो विश्वयुद्धका जोखिमपूर्ण रिपोर्टिङ गर्ने पत्रकार इडवार्ड आर मुरो (१९०८—१९६५) ग्यालरी एउटा कुनामा छ । त्यहा तिनले प्रयोग गरेका डायरी, कलम, लत्ता कपडा देखि अरु सामग्री पनि छन् । हल्का निहुरिएर पोज दिएको उनको हसिलो ब्ल्याक एण्ड ह्वाइट तस्वीर पनि छ । मुरोले चलाएको त्यतिबेलाको चर्चित टीभी कार्यक्रम ‘इट नाउ’, ‘पर्सन टु पर्सन’मा उनले लिएका अन्तरवार्ता र दोस्रो विश्वयुद्धमा गरेको रिपोर्टिङको फुटेज छेवैको ठूलो टीभी स्क्रिनमा बजिरहेको छ । तिनै पत्रकारको नाममा अमेरिकी सरकारले स्थापना गरेको ‘इडवर्ड आर मुरो, प्रोग्राम फर जर्नालिस्ट’ कार्यक्रममा सहभागी छौं हामी मध्य तथा दक्षिण एसियाका १३ पत्रकार । र न्युजियममा उनलाई हेर्ने अवसर पाएर दंग छौं ।
भुई तलामा थियो, न्युजियमको उपहार पसल । झर्दै गर्दा सानो उपहारमा आखा प¥यो । लेखिएको थियो, ‘ट्रस्ट मि, आइ एम अ रिपोर्टर ।’ मलाई लाग्यो यो उपहार मेरै लागि बनाएको हो ।
आखिर म रिपोर्टर थिए“, एक थान खरिदे“ । त्यसलाई मैले छातीमा सिउरिए“ । पटक पटक हेरे । सुहाउदिलो थियो । आफ्नो छातीमा आफैले पढे“, ‘ट्रस्ट मी, आइएम अ रिपोर्टर ।’ (त्यसलाई मैले लगाएर हिंडेको छैन । के थाहा, रिपोर्टर रहेछ भनेर त्यही लगाएका कारण कुटाइ खाइन्छ कि ?)
बाहिर निस्कदै गर्दा त्यही काली केटी फेला परी । उसले भनी, ‘फोटो लान सक्नु हुन्छ । जम्मा २० डलर हो ।’ त्यसपछि ऊ फेरि आगन्तुकको स्वागतमा लागी । स्वचालित ढोकाबाट बाहिरिदै गर्दा मैले सुने ऊ आफ्नो लययुक्त स्वरमा कसैलाई भन्दै थिई, ‘वेल कम टु द न्युजियम । तपाई फोटो खिच्न सक्नु हुन्छ । यस्तो मुस्कान फेरि कहा मिल्छ..... ।’
anamolmani@gmail.com
No comments:
Post a Comment