Saturday, December 17, 2011

बब उडवार्डको अटोग्राफ



त्यसपछि सभाहलमा परर्र ताली बज्यो ।
मन्तव्य सकेर उनी मञ्चको कुर्सीतिर बढे । एकछिन अघिसम्म शान्त भएर सुनिरहेको भीडले उनलाई पच्छ्यायो । भीड छिचोल्दै म पनि मञ्चमा पुगे“ र अटो ग्राफका लागि हातको डायरी उनीतिर तेस्याएर भने, ‘माइ नेम इज अनमोल, आइएम फ्रम नेपाल ।’
बब उडवार्डले पुलुक्क हेरे । तेजिलो तर शान्त अनुहार । चाउरीको डाम बस्ने गाला र निधार । लामो नाक । नया कुराको खोजी गरिरहेजस्ता लाग्ने कैला आखा । हास्य रस भरिएको वाक कला । ‘फ्रम नेपाल ?’, ६८ वर्षे पत्रकारले आफ्नो पावरदार चस्मा हल्का मिलाउदै मतिर हेरेर भने । त्यसपछि मेरो कालो डायरीको पहिले सेतो पानामा नीलो मसीले आफ्नो किरमिरे हस्ताक्षर गरिदिए, ‘बब उडवार्ड’ ।
यो उनको पहिलो हस्ताक्षर होइन । पत्रकारिता गर्ने र पढ्नेका लागि उनी आइडल व्यक्ति हुन् । भेट्नेहरुले उनको अटोग्राफ नलिइ छाड्दैनन् । डेढ दशकको पत्रकारिता जीवनमा मैले पहिलो पल्ट कसैको अटोग्राफ लिए“ सेलिब्रिटी मानेर । त्यो पनि पत्रकारकै । जसको एउटै रिपोर्टिङले संसार हल्लायो । संसारको शक्तिशाली देशको शक्तिशाली राष्ट्रपति (रिचार्ड एम निक्सन)लाई राजिनामा दिन बाध्य पा¥यो । विश्वविद्यालयका विद्यार्थी अहिले पनि अमेरिकाको राजनीतिक स्क्यान्डलको भित्री पाटोमाथि उनले गरेको रिपोर्टिङ ‘वाटरगेट स्क्यान्डल’ पढेर पत्रकारिताको कखरा सिक्दैछन् । प्राज्ञिकहरु उनका पुस्तक पढेर सूचना लिन्छन् र विचार बनाउ“छन् ।
त्यस्तै कखरा सिक्ने र विचार बनाउने मध्येको एक हु“ म पनि ।
ड्ड
२५ अक्टुबर २०११ । वासिङटनको सडकमा मुटु चिस्याउने सिरेटो चल्न थालेको छ । रुख बुट्यान पहेलिएका छन् । पात झरेर सडक पहेल्पुर छ । विहान १० बजे हामी स्टेट डिपार्टमेन्टको मध्यम स्तरको सभा कक्षमा पुगिसकेका छौं ।
साढे १० बजे बब आइपुगे नीर छर्केजस्तो आकाशे रंगको सर्टमा छिर्के टाइ र गाढा नीलो रंगको धर्के कोट लगाएर ।
‘के भनु“ होला ?’ मञ्चमा पुगेपछि बबले कुराको सुरुवात यसरी गरे, ‘बोल्न भन्दा त चुपचाप रिपोर्टिङ गर्नै सजिलो ।’ त्यसपछिको केही बेर उनले आफ्ना रिपोर्टिङ अनुभव सुनाए ।
‘मलाई लाग्छ’, अमेरिकामा वेस्ट सेलिङमा परेका ११ वटा ननफिक्सन पुस्तकका लेखकले भने, ‘अरु पेशाका मान्छेले यति धेरै चरित्रसित कुरा गर्न पाउदैनन् । डाक्टरको विरामीसितमात्रै कुरा हुन्छ । शिक्षकको विद्यँर्थीसितमात्रै । सरकारी कर्मचारीको सम्बन्धित विषयका सेवाग्राहीसितमात्रै । पत्रकारितामात्रै यस्तो पेशा हो जसको सबै पेशाकासित  निर्वाध कुराकानी हुन्छ ।’
यस्तै  निर्वाध कुराकानी गर्ने पेशामा आएकैले उनलाई संसारले चिन्यो । १९४३मा जन्मेका बबलाई विद्यालय सक्दा सम्म पत्रकार बन्छु भन्ने थिएन । विश्वविद्यालय सकेपछि कसो कसो उनी पत्रकारितासित जोडिए । पढ्ने लत त थियो नै, लेख्ने रस र खोज्ने बानी बस्यो । नया तथ्य र कारणहरु भेट्दै गए । त्यो रस अझ गहिरो बन्दै गयो । अहिले ६८ वर्षमा हिंडिरहेका उनको ३७ वर्ष पत्रकारिताका शब्द, तथ्य र खोजीमा खेल्दै बितेको छ ।
‘मेरो स्रोतले मलाई एक दिन खानाका लागि घरमै बोलायो’, वाटरगेट स्क्यान्डलको रिपोर्टिङ अनुभव सुनाउदै उनले भने, ‘म उनको घरमै गए“ । सुरुमा पालेले झण्डै छिर्न दिएन । तर सूचना लिए । प्रत्येक पल्ट समाचार लेख्नु अघि मैले उनलाई भेटे । प्रमाण जुटाए“ । अनिमात्रै समाचार लेखे । भनेको र सुनेको भरमा मैले समाचार लेखिन“ । आजसम्म लेखेको छैन ।’
जब उनले राजनीतिक स्क्यान्डलको एउटा समाचार लेखे । स्रोतमात्रै बढेनन् क्रमैसितसूचना प्राप्ति पनि बढ्दै गयो । झन्झन् नया र मजबुद आधार भएका सूचना प्राप्त हुदै गए । ‘तर स्रोत बारे मैले कहिल्यै कसैलाई जानकारी दिइन“, उसको नाम कहिल्यै लेखिन“’, उनले भने । (सन् २००८मा उनको स्रोतको निधन भयो)
उनको विचारमा सत्य पत्ता लगाउने तरिका अनेक हुन्छन् । ‘सकेसम्म पत्रकारले नदेखेको कुरा सत्य नसम्झनु राम्रो । प्रमाण नभएका सूचनालाई आधार नबनाउनु राम्रो’, वासिङटन पोस्टका एसोसिएट एडिटर उनी आफ्ना रिपोटरलाई सधै भन्छन्, ‘खोजी रिपोर्टिङमा टोलिफोनबाट हुदैन । फिल्डमा गएर व्यक्ति भेट्नै पर्छ । व्यक्तिको हाउभाउले पनि समाचारको सत्यता पुष्टि गर्न मद्दत पु¥याउछ ।’

ड्ड

सत्तरीको त्यो दशकमा अहिलेजस्तो सामाजिक सञ्जाल थिएन । उनी पत्रकारिताको प्रारम्भिक अवस्थामै थिए । ‘अहिले त’, संसारबाट भेला भएका पत्रकारहरुलाई उनले सुनाए, ‘इन्टरनेट जादुजस्तो भएको छ । यस्तो जादु जसले नया दुनिया देखाएको छ । क्षण क्षणमा तुरुन्ता तुरुन्तै नया संसारको कुरा सुनिरहेको छ ।’ उनलाई लाग्छ जतिनै विज्ञानको प्रगति र सोसियल मिडिया जन्मे पनि परम्परागत भनिएका मिडियाको प्रभाव तत्काललाई घट्दैन ।
कसैले सोध्यो जुलियन असान्जले बाहिर ल्याएको अमेरिकी सरकारको गोप्य सूचना र वाटरगेट स्क्यान्डलको रिपोर्टिङमा के फरक छ ? उनले भने, ‘त्यो पनि खोजीको एउटा पाटो हो । वाटरगेट स्क्यान्डललेझै त्यसले प्रभाव पार्न नसक्नुको कारण बारे चाहि म केही भन्न सक्दिन ।’
उनलाई लाग्छ, हरेक देशमा खराब र असल मान्छे छन् । पत्रकारको दुवैसित संगत गर्नुपर्छ÷हुन्छ । राम्रा र इमानदारले सत्य पत्ता लगाउन सहयोग गर्नेछन् । ‘पत्रकारले इमानदार भएर सत्यको सुरुवात गर्नुपर्छ’, उनको अनुभवले भन्छ, ‘अहिलेका पत्रकार प्रत्येक स्टोरीमा ह्याङ भएर बसेका छन् । उत्साह छ तर त्यसलाई टिकाइ राख्ने धैर्य उनीहरुमा कम छ । पत्रकारले पढ्नु पर्छ, मेहनत गर्नु पर्छ र सप्रमाण सूचना खोज्नु पर्छ । पढ्नुपर्छ र फेरि पढ्नु पर्छ । खोज्नु पर्छ र फेरि खोज्नु पर्छ । लेख्नु पर्छ र फेरि लेख्नु पर्छ । राम्रो पत्रकार बन्ने सुत्र यसबाहेक अर्को केही छैन ।’
कसैले सोध्यो बढ्दो सोसियल मिडियावीच अब पत्रकारिताको परिभाषा फेर्नु जरुरी छ ? ‘छैन, मलाई त्यस्तो लाग्दैन’, उनले जवाफ दिए, ‘जे परिभाषा दिए पनि पत्रकारिता सत्यको नजिक हुनु पर्छ । प्रमाणसहितको हुनुपर्छ । पत्रकारिताको परिभाषा बदलेर केही हुदैन । सत्य सूचना बदलेर पत्रकारिता गर्न सकिन्न ।’
सभाहलको पछाडिबाट कसैले सोधेको मैले सुने“, ‘राष्ट्रपतिलाई राजिनामा दिन बाध्य पार्ने रिपोर्टिङ गर्ने मान्छे, अहिले राष्ट्रपति चुनावको चर्चा छ । उम्मेदवार बन्ने विचार छैन ?
निधार मुजा पारेर उनी हल्का मुस्काए र यति भने, ‘म राष्ट्रपति हुन चाहन्न । त्यसका लागि मेरो योग्यता पुगेकै छैन ।’ त्यति भनेर सधन्यवाद उनले आफ्नो मन्तव्य टुङ्ग्याए ।
हो, अनि त्यसपछि हो सभाहलमा परर्र ताली बजेको ।


No comments: