



To Listen The Real Voice of Love Most Listen VOICE OF HEART





यतिखेर दशैंका लागि धेरैले गाउँ टेकिसके । कतिचाहिँ कलंकी, कोटेश्वर वा बल्खु नाकातिर पुटुक्क कसिलो पुन्टे झोला लिएर घर जाने सवारी कुरिरहेका छन् । कोही हतारिएर विमानस्थलतिर कुदिरहेका छन् । तिनका झोलामा 'काठमाण्डुको कोशेली' छ, एकथान मोबाइल, एकसरो लुगा, केही मरमसला । काठमाडौं यसरी छरिएर ७५ जिल्लाका ३ हजार ९ सय गाविसका प्रायः सबै टोल, नगर र बस्तीमा पुगेको छ । प्रत्येक गाविस/टोलको एउटा मान्छे काठमाडौं छ । प्रत्येक दशैंमा गाउँका नदी, बगर, आली र पाखापखेरामा काठमाडौंको धूवाँ-धूलो टक्टकिन्छ ।
काठमाडौंले व्यक्तिलाई 'मान्छे' बन्न, छुट्टै पहिचान बनाउन र अवसरको खोजी गर्न सघाउँछ भन्ने अपेक्षा धेरैको छ । पछिल्लो केही वर्षदेखि संघीयताको चर्चामा रमाइरहेको काठमाडौंमा सामान्य मजदुरी गर्नेदेखि देशको नीति बनाउनेसम्म छन् । उनीहरू सिंहदरबार वा कुनै तारेहोटलमा बस्छन् र गाउँ विकासको योजना बुन्छन् । काठमाडौंसित देशका झन्डै ३ करोड नागरिकको भविष्य कस्तो बनाउने भन्ने शक्ति छ । तिनलाई कता डोर्याउने वर्षौंदेखि त्यसको लगाम आफ्नो हातमा समातेर बसेको छ, काठमाडौं । कान्तिपुरबाट

१ घण्टा १४ मिनेटको यो सीडीमा नीलिमा र गाढा अँध्यारो का एक दर्जन कथामध्ये पाँच वटा सुन्न पाइन्छ। कथा मनपराउने तर पढ्न नभ्याउनेहरूले अब सीडी प्लेयर, आइपोड, पेन ड्राइभ, एमपी थ्री, डेस्कटप वा ल्यापटपबाट साहित्यको स्वाद लिन सक्नेछन्। लामो यात्राका वेला यो अझ् स्वादिलो हुनेछ। अनमोलमणिले रु.१२५ को यो सीडी दृष्टिविहीनहरूलाई निःशुल्क वितरण गरेको बताए। सीडीमा पार्श्व सङ्गीतसहित कथा वाचन अच्युत घिमिरेले गरेका छन्।
you can read this article on Himal Khabar Patrika or you can click