Monday, May 17, 2010

Book Review

कल्पनाश्रित उडान

नीलिमा र गाढा अँध्यारो कथाकारः अनमोलमणि प्रकाशकः रिएन्टल पब्लिकेसन
पृष्ठः १०७,
मूल्यः रु.१३५
समालोचक डा. गोविन्दराज भट्टराईले लेखेका “साहित्यमा सस्ताइँले ढाकेको यो बेला, छोटो बाटो खोजेर छटपटाइरहेका युवापुस्तालाई अनमोलका कथा-शिल्पले अर्कै सन्देश दिनेछन्― धैर्यको, त्यागको, साधनाको अझ् भन्दछु निरन्तर अध्ययनको” भन्ने कुरासँग अनमोलमणिको कथासङ्ग्रह नीलिमा र गाढा अँध्यारो पढेपछि विमति राख्न सकिँदैन।

टेष्टट्यूब बेबी र मेरी प्रेमिकामा विश्वव्यापीकरण र साइबर संस्कृतिको कलात्मक प्रस्तुतिबाट आफूलाई भिन्न देखाउने प्रयास गरेका कथाकारद्वारा प्रस्तुत साइबर जीवन, टेष्टट्यूब छोरासँगको संवाद, त्यसले प्रतिबिम्वित गर्न खोजेको संवेदनहीन समाज र प्रसव पीडा बेहोर्न नचाहने आधुनिक आमाहरूको कथावस्तु नौलो एवं रोचक छ। थोरै लेखकहरूले मात्र जमर्को गर्ने उत्तरआधुनिक लेखनमा अनमोलमणिको प्रयास आसलाग्दो छ।

प्रेमको विषयवस्तुमा आधारित पीडा नायक215, नीलो रुमाल हराएपछि, नीलिमा र गाढा अँध्यारो, कार्नेसन, धूँवा र तिम्रो झ्झ्ल्कोमा पनि लेखकले नयाँ स्वाद दिएका छन्। अकारणमा प्रेम पीडाको प्रस्तुति तारिफयोग्य छ। उस्तैमा नारीहरूले विभिन्न अनुहार र पात्रमार्फत समाजविरुद्ध गर्न खोजेको विद्रोह झ्ल्किएको छ। सहरयात्रा र जेब्रा क्रसमा उभिएर...मा अरू धेरै कथाकारले झ्ैं मावादी छापामारलाई नै विषयवस्तु बनाएकोले नयाँपन भेटिँदैन। बाँकी प्रश्नहरूमा मेरो टाउको नै नभएपछि कसरी म मेरो नाम भन्न सक्छु? ... यस्ता टाउका काटिएकाहरू धेरै दरबार आएका छन् र टाउकोसित आएकाहरू धेरै टाउको काटिएर यहाँबाट मुर्कुट्टा भएर निस्किएका छन् भन्ने जस्ता हरफबाट कथाकारले विगतको राजनीतिक व्यवस्था बुझ्ाउने प्रयास गरेका छन्,। यथावत मा प्रस्तुत म्यारिज व्यूरो, कम्प्युटरको लगनजुराई र सम्बन्धबिच्छेदका घटनाक्रमले पाठकको मथिङ्गल घुमाउँछन्। ग्रीसमा पाइने कार्नेसन फूलको प्रसङ्ग, भोटाहिटीको पुस्तक पसलमा देखिएको बालसुलभता र पशुपतिपरिसरमा अन्तिम सत्यको पर्खाइ जस्ता मेल नखाने विषयवस्तुलाई पनि कथाकारले कार्नेसन, धूवाँ र तिम्रो झ्झ्ल्कोमा पठनीय ढङ्गले उनिएको छ।

अनमोलमणिका अधिकांश कथा पढ्दै जाँदा पाठकले आफूलाई पात्रमा ढालेको पत्तै पाउँदैनन्। कतिपय कथामा लेखकको कल्पनाश्रित उडान गज्जबकै लाग्छ भने केहीमा अलि बढी जटिल छ। समग्रमा यो कथासङ्ग्रहले कथाकारलाई सञ्चारकर्मीको परिधिमा मात्र सीमित नराखी प्रयोगधर्मी युवा कथाकारका रूपमा स्थापित गर्ने सम्भावना देखिन्छ।

सुरेश

http://www.himalkhabar.com/news.php?id=2823

Thursday, February 25, 2010

कुशवाहका आठ महिना

ठीक आठ महिनाअघि शिक्षामन्त्री नियुक्त हुँदा रामचन्द्र कुशवाहसँग दुई मुद्दा थिए, शिक्षण लाइसेन्स खारेजी र शिक्षक व्यवस्थापन । मन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट असार १२ गते कन्तिपुरसित उनले भनेका थिए, 'लाइसेन्स शिक्षक मैत्री छैन यसको खारेज हुनुपर्छ । यो मेरो पार्टीको लाइन हो । विद्यालयमा शिक्षक व्यवस्थापन राम्रो छैन । म यसलाई पनि मिलाउँछु ।'


दुवै कुरामा असफल कार्यकालको आठ महिनापछि कुशवाह भ्रष्टाचारको आरोप खेपेर बाहिरिने पहिलो शिक्षामन्त्री भएका छन् । राहत शिक्षक कोटाको वितरण, असहयोग आरोपमा शिक्षाका उच्च अधिकारीको आकस्मिक सरुवा तथा स्वायत्त निकायका प्रमुखलाई मन्त्रालय हाजिरीको चिठी काटेर पदबहालीसँगै उनी विवादमा तानिए । शिक्षक लाइसेन्स खारेजीको मुद्दा शिक्षक संघ संगठनले तुहाइदिए । आन्दोलनरत शिक्षकसँग वार्ता गर्न साउन पहिलो साता बनेको कार्यदलमा उनी संयोजक थिए तर लाइसेन्स खारेजीको उनको अव्यावहारिक अडान कायम हुन सकेन । दुनियाँमा लाइसेन्सबिनाका शिक्षक शिक्षण योग्य मानिन्नन्, नेपालमा शिक्षामन्त्री नै त्यसको विरोधमा उत्रे । दुनियाँ हाँस्यो । दाता र शिक्षक संघ/संगठनले चासो दिएपछि खारेजीको साटो त्यसलाई थप व्यवस्थापन गरेर लागू गर्ने सहमति भयो । भतिजलाई पास गराउन दिएको निर्देशन नमानेको आरोपमा असोज ६ गते स्वायत्त निकाय उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष उपेन्द्र कोइराला र आफन्तलाई जागिर नखुवाएको आरोपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिवलाई उनले मन्त्रालय हाजिर हुन आउने गैरकानुनी चिठी काटे । जुन पछि अदाललते उल्टाइदियो । सहसचिव प्रमुख हुने अनौपचारिक शिक्षा केन्द्रमा विवाद हुँदाहँुदै उपसचिव जीवछ मिश्रलाई कार्यकारी निर्देशकको जिम्मा दिए ।

त्यसपछि सुरु भएको राहत शिक्षक कोटा वितरणमा उनी पटक पटक विवादमा परे । तोक आदेश मिलाउन नसकेको भन्दै आठ महिनाको कार्यकालमा उनले आफ्नो गृह जिल्ला पर्सामा तीन जना जिशिअ परिवर्तन गरे भने शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई आकस्मिक सरुवा गरेर मन्त्रालय ल्याए । आफ्ना भाइहरू मदन कुशवाह र वीरेन्द्र कुशवाहसहित उनका आठजना सहायकले राहत शिक्षक कोटाको चिठी बोकेका थिए ।

संसद्को सार्वजनिक लेखा समितिले पुस १२ गते अनियमितता आशंकामा शिक्षा सचिव रामस्वरूप सिन्हासित प्रस्टीकरण लियो । छानबिनका लागि गठित उपसमितिले फागुन ४ मा बुझाएको प्रतिवेदनमा सात जिल्लामा अनियमितता भएको देखियो । त्यसमा उनको गृह जिल्ला पर्सासहित नवलपरासी, महोत्तरी, बारा, सिराहा र धनुषा छन् । कतिसम्म भने उनले विद्यालय नै नभएका ठाउँमा पनि शिक्षक बाँडेका छन् । मन्त्रालय उच्च स्रोतका अनुसार शिक्षक नियुक्तिमा प्रतिशिक्षक कम्तीमा ४० हजार रुपैयाँ मन्त्री नजिककाले लिएका छन् । त्यसमा उनका सहायक तथा सल्लाहकारको संलग्नता देखिएको छ । गत आर्थिक वर्षमै निर्णय भएको १२ हजार राहत शिक्षक वितरणमध्ये करिब ४ हजारमा 'चलखेल' भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैको निर्देशन कुशवाहले पालना गरेनन् । शिक्षा राज्यमन्त्री गोविन्द चौधरीसमेत राहत कोटामा मन्त्रीले एकलौटी गर्न खोजेको भन्दै आफू पनि तोक आदेश दिनतिर लागे । दुवै मन्त्रीको तोक आदेशका कारण अहिलेसम्म कुन जिल्लामा कति राहत शिक्षक बाँडियो शिक्षा विभागसँग त्यसको तथ्यांक छैन । दाताको सहयोग रोक्ने चेतावनीपछि राहत शिक्षक कोटा वितरण तत्काललाई बन्द गरेको छ ।

शिक्षा मन्त्रालय कहिल्यै दलहरूको प्राथमिकतामा परेन । पटक-पटक मन्त्रालय सम्हाल्ने जिम्मा पाएका कांग्रेस, एमाले, फोरम र तमलोपाले कुशवाहको भन्दा फरक काम गरेर देखाउन सकेनन् । सबै मन्त्रीले तोक आदेशमा 'राम्रा' भन्दा 'हाम्रा' मान्छेलाई जागिर दिएर कार्यकर्ता भर्ती केन्द्र बनाए । पार्टीको झन्डा बोकेका भरमा अक्षमलाई पायक र राम्रो स्थानमा सरुवा बढुवा गरे । यस्तो गलत कामको सुरुवात २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षामा चलखेल गरेर कांग्रेसले गरेको थियो । पछि एमाले, फोरमले पनि त्यसलाई निरन्तरता दिए । कुशवाहले समातेको बाटो पनि त्यही हो ।

गलत राजनीतिक संस्कारले बसाएको जगमा उभिएर उनले गरेको आर्थिक अनियमितताको काम नागरिकमाथिको प्रहार हो । जुन क्षम्य हुन सक्दैन ।

anamolmani@kantipur.com.np

Saturday, December 5, 2009

HiStOrY oF iNdEpEnDeNcE

Between March 25 and December 16, estimated 3 million Bengalees were killed, 200000 women raped and 10 million were displaced. This was the worst genocide after Second World War...
Appeal From Liberation War Museum, Bangladesh.
Twenty five years ago, India and Pakistan went to war over the issue of Bangladesh. Mukti Bahini guerillas and Indian soldiers swept past Pakistani defenses and forced the Pakistani Army to surrender within two weeks. On the western front, Indians and Pakistanis fought a series of even deadlier battles. This 1971 War web exhibition commemorates that war...

The war broke out on 26 March 1971 as army units directed by West Pakistan launched a military operation in East Pakistan against Bengali civilians, students, intelligentsia, and armed personnel who were demanding separation from West Pakistan. Bengali military, paramilitary and civilians formed the Mukti Bahini (or liberation army) and used guerrilla warfare tactics to fight against the West Pakistan army. India provided economic, military and diplomatic support to the Mukti Bahini rebels leading Pakistan to launch Operation Chengiz Khan, a pre-emptive attack on the western border of India which started the Indo-Pakistani War of 1971.

Saturday, November 14, 2009

LOVEBIRDS PROHIBITED CITY

Kathmandu city is going LOVEBIRDS PROHIBITED CITY Day by day. Some days before some couples are arrested by cops from Tundikhel a big ground of kathmandu. for the forther information please read my article published in Kantipur daily 14 november saterday.