घाम अस्ताएको थियो। अर्थात्, भर्खर खरानी झरेको झरझराउँदो कोइलाजस्तो गाढा सुन्तला रंगको एउटा चाक्लो पश्चिम आकाशबाट पर्तिर कतै बिलायो। त्यसका तीखा रेसादार किरण आकाशतिर गएका थिए। ती कहाँसम्म पुगेका थिए, फैलिएको आकाशमा मेरा आँखाले राम्ररी ठम्याउन सकेनन्। जमिनमा विस्तारै अँध्यारो घोप्टिने तरखर गर्दै थियो। अँध्यारो भइसकेको थिएन।
उखरमाउलो गर्मी थिएन। घामले हल्का राप जमिनबाट आइरहेको थियो। त्यसमा केही गन्ध महसुस गर्न सकिन्थ्यो। जाडो सकिएको थिएन। तर, बाक्ला लुगा लगाउनैपर्ने भने थिएन। रातीचाहिँ कम्मल नओढी सुत्न गाह्रो थियो।
रंगमञ्चमा कालो पर्दा खसेजस्तो विस्तारै अँध्यारो खस्दै गयो। लोडसेडिङ् एक साताका लागि हटेको थियो। सुनिएको थियो, पोखरीमा पानीको सतह बढेको छ। पोखरीमा पानी बढ्यो, सहरमा झिलीमिली बत्ती बले। कोठाको टीभी खोलेँ। एक्कासि उनको अनुहार देखेँ। उनी हाँसेका थिएनन्। गालाको दाहिनेतिरको खोपिल्टो उस्तै थियो। चाक्लो निधार, केही मोटो नाक। चिल्लो अनुहार। छरतिो ज्यान। सिरूपाते बाक्ला घोप्टे जुँगा। उनी उस्तै थिए। थुक लगाएर ओठ भिजाइरहने बानी पनि छुटेको थिएन।
"अलि मोटाएछन्," मनमनै सम्झेँ, "मलाई त बिर्से होलान्। आखिर यति ठूलो मान्छे भइसकेछन्। ठूला हुँदै गएपछि मलाई यो सहरमा कसले सम्भिmए र ? आफूलाई पार्टीको अध्यक्ष्ा भन्ने त्यो कालो धम्मरधुस, प्रहरीको त्यो हाकिम, भुँडीजस्तो बुद्धि नबढेको त्यो व्यापारी, अस्ित मात्रै ठूलो पुरस्कार पाएको त्यो लेखक, राज्यमन्त्रीमा सिफारसि भएको ङच्िच हाँस्ने त्यो लट्ठु नेता- आखिर कसले सम्झ्यो र मलाई ? ती सबैको अनुहार त मै पनि चिन्दिनँ।"
अगाडि तेर्सिएका क्यामरातिर हेर्दै उनको स्वर टीभीमा बजेपछि मेरो तन्द्रा भंग भयो। भन्दै थिए, "आखिर यो सब अधुरो क्रान्ति पूरा गर्नका लागि हो। हामी गर्छौं र भोलि पनि नेपाल बन्द निरन्तर हुन्छ। यो जनताको माग हो। क्रान्ति सफल पार्ने जनताको माग पूरा नगरी कसरी हुन्छ ? बन्दमा सबको मुक्ति छ।"
नेपाल बन्दले डान्सबार आज पनि बन्द थिए। झिलीमिली बत्तीमा भोलि पनि नाच्नु नपर्ने सम्झेर मन आनन्द भयो। "सुतिन्छ," मनमनै सोचेँ, "हिँडेर त जसले बोलाए पनि गइन्नँ। दिनभर घरै बसेर फिल्म हेरन्िछ बरु। भेट्न मन भए घरै आउँछन्। हिँड्नलाई रोकटोक छैन क्यारे !"
डान्सबारको साहूजीले केहीछिन अघि फोनमा भनेको थियोे, "मैले माथि कुरा गर्याछु, बन्द दिनभरलाई हो रे ! ७ बजेपछि त खोलूम् कि ? दिनभर सडक बन्द गरेर के भो ? बारमा आँखा बन्द गर्न सक्दैनन्, हेर्न आइहाल्छन् क्यारे उनीहरू पनि। नभए अलिअलि चन्दा दिएर पठाम्ला।"
"खोल्ने भए बेलैमा खबर गर्नू है," मैले भनेको थिएँ।
फेर िएकछिनमा फोन गरेर साहूले भनेको थियो, "भैगो नचलाम्, व्यर्थैमा फुटाइदिए भने। के भर छ र ? डान्सबारमा न सरकारको भर छ, न उनीहरूको। सबैले हान्ने नै हुन्। हाने भने त हानिहाले नि !"
त्यसपछि मेरो दिन घरी छत, घरी बरन्डा गर्दै बित्यो। सडकमा हेर्यो मान्छे मान्छे। सिलिङ्मिलिङ् हिँडिरहेछन्। यो सहरमा कति मान्छे बस्दा हुन् ? हिँडेर कहाँ पुग्दा हुन् ? एकअर्काको अनुहार मिले पो ?