साइन पेन र मार्करको नरम
निवले कोर्दा जीउमा अलिअलि कुत्कुति लाग्यो । केही असजिलो महसुस गरेर तिनले जीउ हल्का हल्लाएझैं गरे । बढीचाहि“ उनीहरुले त्यसलाई आनन्दले सहे । क्षणभरमै उनीहरुले लाएको सर्ट अनेक रंगका किरमिरे धर्साले पोतियो । र, तिनको जीउमा साथीभाइको सिग्नेचर ‘सुन्दर अटोग्राफ’ को सम्झना बनेर टा“सियो ।
यो घटना एसएलसी परीक्षाको अन्तिम दिन भएको थियो ।
काठमाडौको रेनस स्कुलबाट दुई वर्षअघि एसएलसी सकेका आशिष भुजुले परीक्षा केन्द्र अघि उभिएर साथीभाइको सर्टमा सही गरे । साथीभाइले पनि रंग रंगका साइन र मार्कर किनेर कुनै सेलिब्रिटीले झैं चञ्चल मनले साथीको सर्टमा हस्ताक्षर गरिदिए । उनको जीउमा पनि साथीभाइले त्यसै गरे । सर्ट÷सर्टहरु अटोग्राफले भरियो ।
एसएलसी अघिका दश वर्ष तिनले स“गै कक्षामा बिताए । आनीबानी थाहा पाए । एउटै किताब पढे । कहिले साना तिना कुरामा झगडा गरे र कहिले सानातिना खुसीमै रमाए । टिफिन बा“डेर खाए । चकचक पनि सगै गरे र सजाए“ पनि सगै पाए । कहिले साथीको गल्तीले पिरिए कहिले आफ्नो गल्तीले साथीलाई पिराए । कहिले गल्ती गर्दा पनि जोगिए ।
एसएलसी पछि उनीहरुको अबको यात्रा यसरी जान सक्दैन । तिनका नया साथी हुनेछन् । नया स्कुल हुनेछ । फरक विषयको पढाइ सुरु हुनेछ । स्कुलको एउटा तह र त्यो तह पढ्दाका साथीभाइलाई यही नेर फुलस्टप लगाएर उनीहरु अब नया वातावरणमा जानेछन् ११ र १२ कक्षा वा ए लेवल पढ्न । त्यहा उनीहरुको सम्बन्धको नया सुरुवात हुनेछ ।
कहिले काही हुने भेटघाट, फेसबुक र ट्वीटरमा गरिने च्याट एउटै बेन्चमा दिनदिनभर बसेर पढेजस्तो कसैगरी हुने छैन । विस्तारै उमेर बढ्ने छ । सर्कल बदलिने छ । स्कुले साथीहरुको सम्झना त्यही सर्टको अटोग्राफमा सिमित हुनेछ ।
जस्तो वुटवलकी मन्जु क्षेत्रीलाई अहिले भइरहेको छ । वुटवलको बुद्धज्योति उच्च माविबाट २०६० सालमा उनले एसएलसी सकिन् । अंग्रेजीको प्रयोगात्मक परीक्षा सकिएको स्कुल जीवनको अन्तिम दिन सबै साथीले सर्टभरि अटोग्राफ दिए, लिए । उनको सर्ट रंगियो, साथीहरुको पनि ।
‘त्यो सर्ट मेरो दराजमा छ, घर गए पिच्छे म सर्ट हेरेर साथीभाइ सम्झिन्छु’, काठमाडौंमा बीटेक तेस्रो वर्षको पढाइ सकेर थेसिस लेखिरहेकी उनले सात वर्षअघिको सम्झना यसरी गरिन्, ‘त्यो सर्ट लाएर हामी दिनभर बुटवल बजार घुम्यौं । मार्कर नपुगेर कसैले कस्मेटिक पसलबाट गाजल किनेर पनि अटोग्राफ दिए । ससर्ट हेर्दा कस्तो थिए“, अहिले कस्तो भएको छु जस्तो लाग्छ ।’
उनको विचारमा एसएलसीको अन्तिम दिन सर्टमा कोरिएको अटोग्राफ मनमा लेखेको सम्झना हो । जुन सम्झना ढुङ्गामा लेख्दा चर्किन सक्छ । कागजमा लेख्दा च्यातिन सक्छ । त्यही सर्टमा लागेको मसीको रंग उडिजान सक्छ । मनमा राखेको त्यो सम्झनाको अटोग्राफ कहिल्यै मेटिने छैन । चर्किने छैन । च्यातिने छैन । मुटुमै सग्लो टा“सिइ रहने छ ।
आशिष भन्छन्, ‘स्कुल हुदा कहिले कलेज पुगौंजस्तो हुन्थ्यो । प्लस टु स्कुलजस्तो नहुने रहेछ । टोटल्ली चेन्ज्ड । साथीभाइसगको भेट स्कुलको जस्तो रमाइलो हुदैन, शिक्षकको केयर पनि स्कुलमाजसतो नहुने रहेछ ।’
एसएलसी दिएका विद्यार्थी कम्तीमा अबको तीन महिना फुक्काफाल भएका छन् । पढ्नु र घोक्नु छैन । होमवर्कको चटारो छैन । रात विरात बसेर एसाइन्मेन्ट सक्नु पर्ने, एकाविहानै सफा चट ड्रेस लाएर विद्यालय जान तयार हुनु पर्ने हतारो उनीहरुसित छैन । आधा गा“स टिपेर वा भोकै पेट बस छुट्ला भन्दै आत्तिएर कुद्नु पर्दैन । कहिले घण्टी लाग्ला र कक्षा बाहिर निस्क“ु वा कहिले टिफिन होला र खाजा खाउ“ भन्ने तर्कना पनि तिनको मनमा अहिले छैन ।
खोरबाट भरखर छाडिएको चल्लाले झै यसपाली एसएलसी दिएका सवा ५ लाख विद्यार्थी यतिखेर बेग हानेर उड्न खोजिरहेका छन् ।
मन चंगा बनाएर उनीहरु फिल्म हेर्न जानेछन् । ब्रिज कोर्स पढ्न सहरका ट्युसन सेन्टर धाउने छन् या कम्प्युटर वा विभिन्न भाषाको क्लास भर्ना गर्नेछन् । साथीभाइसित मस्ताराम गफिने छन् । ‘पढ पढ’ भन्ने अभिभावकको दवाव उनीहरुले अबको तीन महिना झेल्नु पर्ने छैन । यो फुर्सदलाई उनीहरुले शैक्षिक हड्ताल वा बन्दमा पाएको फुर्सदभन्दा सयौं गुणा भिन्न अनुभव गरिरहेका छन् ।
त्यसो भए के उनीहरुको मन खाली छ ? यति छिट्टै दिमागले स्कुलको सबै थोक विर्सिन चाहेको छ ।
‘होइन, स्कुल मिस गरिराछु’, आशिषले भने, ‘साथीभाइसितको भेटघाट मिस हुने रहेछ । सरहरु सम्झनामा आउने रहेछन् ।’
सर्टको अटोग्राफ सम्झने एउटा बहाना हो ।
दुई वर्षअघि एसएलसी सकेका आशिष र सात वर्ष अघि एसएलसी दिएकी मन्जु दुवैको अनुभव उस्तै छ । ‘स्कुले दिनको याद आउछ नि’, मन्जुले सम्झिन्, ‘त्यो दिन मैले लगाएको सर्टमा साथी भाइको प्रशंसा र कामनाहरु पनि लेखिदिएका छन् । त्यो हेरेर अहिले पनि म दंग पर्छु ।’
आशिषले पनि त्यो सर्टको अटोग्राफ सुरक्षित राखेका छन् । यसपालीको एसएलसी अन्तिम दिन विराटनगर, धरान, पोखरा, काठमाडौंजस्ता शहरका केन्द्र अघि सर्टमा अटोग्राफ भर्नेहरु बाक्लै भेटिए । साथीभाइको जीउमा तिनले लेखे ‘मिस यु’, ‘लभ यु’, ‘वेस्ट अफ लक’, ‘विस यु अल द वेस्ट’ । अनि त्यसको छेवैमा आफ्नो बाङ्गो टिङ्गो अक्षरको हस्ताक्षर ।
एसएलसी अहिलेसम्म विद्यालय तहको अन्तिम परीक्षा हो । तर यो जीवनकै अन्तिम परीक्षा होइन । एसएलसी दिएर बसेकाले हिंड्नु पर्ने पढाइ र सिकाइको मूल बाटो धेरै लामो छ । यसक्रममा औपचारिक र अनौपचारिक परीक्षा दिन बाकी नै छ । त्यसभन्दा पनि जीवन भोगाइमा दिनु पर्ने कठीन परीक्षाहरुको लिस्ट झन् धेरै लामो छ ।
कतिलाई सेलिब्रिटी भएर अटोग्राफ दिनु छ । कतिको डाइहार्ट फ्यान भएर अटोग्राफ लिनु छ ।
त्यतिखेरसम्म नया सम्झना थपिएलान् । नया अटोग्राफको लिस्ट बन्ला । तर एसएलसीको अन्तिम दिन साथीभाइको जीउमा कुत्कुति लाग्ने गरी साइन पेनको निवले कोरेको अटोग्राफले सर्ट भरिएको सम्झना र आनन्द फेरि मिल्ने छैन ।
ह्याप्पी एसएलसी । ह्याप्पी अटोग्राफ ।
1 comment:
malai pani afno school ko last din yaad aayo ....nice blog sir tapai ko
kalam nirantar chali rahos
mero sadhubad....
Post a Comment