Saturday, April 23, 2011

माटोको के भर

एउटा सामान्य मान्छे संसार त्यागेर किन जोगी बन्छ ? घर परिवार नाता र छरछिमेक चटक्कै बिसे्रर किन वनवास लाग्छ गरिखान छाडेर अलख निराजनु गाउँदै किन व्यर्थ सहर-गल्ली चहार्छ ? जोगी हुनुअघि सुनसरी हरिपुरका हरिनारायण यादवको मनमा यस्ता प्रश्न आइरहन्थे । जोगी देख्दा उनलाई लाग्थ्यो, 'गरिखानको अल्छीले जोगी भएका मोराहरु ।'

अचम्म दस वर्षअघिको एउटा झिसमिसे बिहान उनी आफंै जोगी बनेर घरबाट सुटुक्क निस्किए । १२ सन्तानका ५० वर्षे किन बैराग्गिए ? 'खान नपाएर सबैसित आस मर्दै गएपछि मान्छे जोगी बन्दो रहेछु', हरिपुरको खेतमा केही किसान छिमेकीका साथ भेटिएका उनले सुनाए, 'म जोगी भएको पेटका लागि हजुर । गरिखाने ठाउँ भएको भए किन जोगी हुन्थेँ दुई छाक खान पाए कोही जोगी बन्दैन ।'

एक पाइलो माटो नभएर आफैंदेखि बैरागिएका हरिनारायण अहिले १५ कट्ठाको मालिकु भएका छन् । उनले ५ कट्ठा जग्ग्ाा बाढीपीडित राहतमा पाए । अरु दस कट्ठा यस्तै खेतीको कमाइले जोडे । जोगी जीवन त्यागेको १८ महिनामा उनले ११ वटा गाईभैंसी जम्मा गरे । बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी हातमा फोरुवा हँसिया मल विषादी बोकेर माटोसित खेलिरहेका हुन्छन् । श्रीमती गाईभैंसीको स्याहारमा । छोरीको बिहेवारी भयो । एउटा छोरो भर्खरै ट्याक्टर चलाउने भएको छ ।
'म जोगीलाई यो सबै माटोले दिएको शक्ति हो', उनले भने, 'माटोमा शक्ति छ हजुर । मान्छेलाई धपाउने र अड्याइराख्ने दुवै शक्ति । हिजो यही माटोमा खान नपाएर जोगी भएँ आज यही माटोले मलाई आफ्नै पैसामा तीर्थ जान सक्ने बनाएको छ ।'
त्यासो भए अझै उनलाई जोगी हुने मोह छ ?
'अब नहुने', उनी एकछिन घोरिए, 'तर भगवान्को के भर जीवनमा धेरै थोक आज छ भोलि छैन । आखिर माटो पनि त्यही हो आज छ भोलि छैन'

2 comments:

Numraj Khanal said...
This comment has been removed by the author.
Numraj Khanal said...
This comment has been removed by the author.