Thursday, July 25, 2013

कहा चुक्यो सिकाइ ?


  • कक्षा १ मा भर्ना हुने १ सय विद्यार्थीमध्ये ५ कक्षा पुग्दा ३३ जनाले र कक्षा १० पुग्दा ६५ जनाले विद्यालय छाड्छन्
  • एसएलसी जाच दिने ५ लाख मध्ये नियमिततर्फ ५३ प्रतिशत विद्यार्थी फेल हुन्छन्
  • प्लस टुमा वर्षेनी ६२ प्रतिशत अर्थात् ५ लाख विद्यार्थी असफल हुन्छन्
  • एसएलसी जाच दिनेमध्ये ९० प्रतिशत ट्युसन पढ्छन्  

 नेपालको विद्यालय शिक्षाको अवस्था झल्काउने माथिका केही तथ्यांक हेर्दा लाग्छ, पढेर पास, कामकाजी र सिर्जनात्मक हुनेभन्दा फेल भएर निराश हुनेको संख्या धेरै छ । शिक्षालयहरु विद्यार्थीलाई नया“ चिज सोच्न र गर्न सक्ने बनाइरहेका छैनन् अक्षरमात्रै चिनाइरहेका छन् । निश्चित तह पुगेका (सफल वा असफल)े जनशक्ति सिर्जनात्मक वा व्यवसायिक काम गरेर आत्म निर्भर हुन सक्ने आ“टिलो छैन । केही वर्ष अघि भएको ‘विद्यालय शिक्षाको समीक्षा’ले विद्यालयको वातावरण, पढाउने शैली र शिक्षकको व्यवहारले प्राथमिक तहका विद्यार्थीले पढाइ छाड्ने गरेको देखाएको छ । केदारभक्त माथेमा नेतृत्वले गरेको एसएलसी अध्यनले विद्यालयमा विषयगत सिकाइको कमीका कारण धेरै विद्यार्थी फेल हुने गरेको देखाएको छ । प्लस टु स्थापनाको बीस वर्षसम्म पनि कम विद्यार्थी पास हुनुको कारण अध्ययन भएको छैन । सन् २०११मा पहिलो पल्ट कक्षा १०को राष्ट्रिय उपलब्धि अध्ययन गर्दा पत्ता लाग्यो, विद्यार्थी कक्षा कोठाको पढाइ भन्दा ट्युसन, कोचिंग र सहयोगी पुस्तकको भरमा पास भइरहेका छन् ।
राजधानीको जनजागृति माविका प्रधानाध्यापक कृष्ण कु“वर भन्छन्, ‘हामीले विद्यार्थीको क्षमता बुझेर सिकाइ सुधार्न सकेनौं । त्यसका लागि विद्यालयको वातावरण पनि बन्न सकेन । व्यवसायिक सीप दिएर आत्म निर्भर बन्ने गरी सिर्जनात्मक क्षमता भर्न सकेनौं । अक्षर चिनायौं, त्यसको भाव र मर्म बुझाएर शिक्षित बनाउन सकेनौं ।’
देशभर ३३ हजार सामुदायिक र ६ हजार निजी विद्यलायमा करिब ७० लाख  विद्यार्थी पढ्छन् । २५ हजार प्ररम्भीक बालविकास केन्द्र (इसीडी) सञ्चालनमा छन् जहा विद्यालय जानु पूर्वका केटाकेटी पढ्छन् । पछिल्लो १० वर्षमा सरकारले शिक्षामा लगानी ९ बाट बढाएर १७ प्रतिशत (६४ अर्ब रुपैया) पु¥याएको छ । तर, निरन्तर गर्नु पर्ने लगानी अनुसारको सिकाइ उपलब्धि मापन भने हुन सकेको छैन । 
शिक्षा विभागले कक्षा १०का विद्यार्थीमाथि गरेको अध्ययन अनुसार ६० प्रतिशतको पढाइ अत्यन्त कमजोर छ । बा“की ४० प्रतिशतको सिकाइ पनि परीक्षा उत्तीर्ण गर्ने स्तरको मात्रै छ । गणित, अंग्रेजी र विज्ञानको सिकाइ अत्यन्त कमजोर देखिएको छ । दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा झन्डै शून्य छ । कक्षा १० पुगेका विद्यार्थी अक्षर चिन्न र पढ्न बाहेक कुनै पनि सीपमा दक्ष छैनन् ।
अध्यनले लगानी तथा पाठ्यक्रम अनुसार विद्यार्थीको सीप विकास नभएको, कमजोर सिकाइका कारण पाएको ज्ञान व्यवहारिक भन्दा बढी सैद्धान्तिक भएको औंल्याएको छ । प्रतिवेदनले ९० प्रतिशत विद्यार्थी कक्षाको पढाइमा भन्दा ट्युसन र कोचिंगमा तानिएको देखाउ“छ ।
विद्यार्थी उत्तीर्ण भएर कक्षा चढ्दै गए पनि सिकाइको धरातल अत्यन्त कमजोर रहेको सन् १९९७ देखि २००८ सम्म गरिएको कक्षा ३, ४, ५ र ६को ९ वटा अध्ययनले देखाएको छ । सबैजसो अध्ययनले ५० प्रतिशत विद्यार्थीको प्रस्तुती कमजोर रहेको औंल्याएको छ । जुन कुरा अहिले पनि सुध्रेको छैन । विद्यार्थीको सिकाइ उपलब्धिबारे अध्यन गरेका शिक्षाविद् प्रा तीर्थ खनिया भन्छन्, ‘शिक्षकलाई के पढाउदैछु थाहा छैन, विद्यर्थीले के÷किन पढ्दैछु बुझेको छैन । राज्य आफ्ना नागरिकलाई के पढाउने प्रष्ट छैन । अन्यौलवीचको पढाइले विद्यार्थीको सिकाइ कमजोर भएको हो ।’
रुम टु रिडको ग्लोबल अफिसका प्रमुख कार्यक्रम अधिकृत धिर झिंग्रानले गत वर्ष दक्षिण एसियाका ५ देशमा गरेको अध्यनले पनि नेपालको सिकाइ स्तर अन्य देशको भन्दा पछाडि रहेको देखाएको थियो । राजधानीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘अक्षर चिनाएर शिक्षित हुदैनन् । चिनेको अक्षर सही रुपमा प्रयोग गर्न सक्छन् सक्दैनन् महत्वपूर्ण कुरा हो ।’

Monday, July 22, 2013

फूलजस्ता केटाकेटी

  • अनमोलमणि

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका हुन्थे । कडा सैनिक अनुशासनको चौघेरा उनको स्वतन्त्र स्वभावले थेग्न सकेन । ‘अनि मैले सैनिक जागिर छाडे’, केही दिन अघि बाकेमा भेटिएका उनले विगत सम्झे, ‘मनदेखिनै इच्छा नभएपछि त्यो जागिरमा बसेर मैले प्रगति गर्न सकिदन भन्ने लाग्यो र छाडिदिए ।’

भएको एउटा जागिर छाडेपछि उनी फुर्सदमा थिए । सोच आउदै थियो व्यापार गरौं कि अरु जागिर खोजौं वा भारतमै अरु मजदुरी गर्न छिरु ? संयाग त्यही बेला बाकेका चिनारु आफन्त स्कुल खोल्ने तयारी गरिरहेका थिए । समस्या के थियो भने स्कुल त खोल्ने, अरु विषय पढाउने शिक्षक फेला पर्लान् तर अंग्रेजी पढाउने कसले ? विकल्पमा देखिए तिनै श्यामबहादुर बुढा । सिम्लामा मजदुरी गर्ने बुबाले ५ वर्षकै उमेरमा पढाउनकै लाग साथ लगेका थिए । सिम्लामै उनले विद्यालय र प्रमाणपत्र तह सके । उनको अंग्रेजी राम्रो थियो । त्यही भएर होला एक साझ अगुवा मध्येका कसैले सोध्यो, जागिर खान्छौं ? अंग्रेजी पढाउनु पर्छ, केटाकेटी पढाउन सक्छौ ?

उनी गम खाए । जागिर थिएन, एक मनले लाग्यो, ह्या होस्है केटाकेटीसित झुत्ती खेलने जागिर के खानु ? अर्को मनले भन्यो अल्झिने मेलो त हुन्छ । किताबै पढाउने हो, पढाउन जानिहालिन्छ जागिर खाएर आखिर के बिग्रिन्छ ? मन नलागे छाडिदिउला । यस्तै दोधारवीच २०४५ सालको फागुनबाट अंग्रेजी पढाउन थाले ।

दोधारवीच सुरु गरेको त्यही मास्टरी पेशा अन्तत उनको स्थायी करिअर बन्यो । त्यसपछि गाउको श्यामबहादुर बुढाबाट उनी एकाएक श्याम सरमा बदलिए । सबैको श्याम सर । श्यामसरलाई नमस्कार गर्न थाले । छोराछोरीको पढाइको चासो लिन थाले । केटाकेटीसित खेल्ने क्रम त्यसपछि सुरु भयो ।

‘एक दिन केटाकेटी नदेख्दा न्यास्रो झै लाग्छ, घरमा छोरीहरु छन् र पनि सुनसानझै लाग्छ’, अढाइ दशक शिक्षणमा बिताएका उनले भने, ‘केटाकेटीसित आकर्षणको शक्ति हुन्छ । ती रिसाए पनि फूलजस्ता हुन्छन् । ती हास्दा पनि फूलजस्ता हुन्छन् । सुन्दर । हेरिरहु लाग्ने ।’