गाउँको प्रचीन गन्ध बिर्सेर बाँचिरहेछ शहर
आङमा छन् पुराना सम्झनाजस्तै
मक्किन लागेका मन्दिर, देवल र भवनहरु
लेउ लागेको छानो र स्याल—लाटोकोसेरो कराएको झझल्को
बथानका बथान गाडीहरु चिप्लिरहेछन्
कालो सडकको नाङ्गो छातीमा
र, गोधुलीमा गाईवस्तु हिँडेको धुले पाखोजस्तो
कुइरीमण्डल बनेको छ शहर धुवाधूलोले,
शहर चटक्क विर्सिदैछ
धुलोमा बसेर खरी पाटीमा केरेका विगतका मखमली सपना
पुरानो विद्यालयको भत्किएको कालो पाटी र गारोको गन्ध
भाँच्चिएको बेन्ची र मूल थामको रङ
पुरानो माडसाबको पावरदार चस्मा र चोइटिन लागेको हातको छडी
अहिले जेलिएको छ नागबेले, कुकुर डाइना वा गिठ्ठाका लहराहरुले झै
विजुली वा टेलिफोनका तारले
गाउको स्कुलको कालो पाटीजस्तो योजना बनाएर
शहर चलाइरहेछ गाउमाथि शासन
शहरको पुरानो द्वारबाट निस्किन्छन् हुलका हुल सुकिला मान्छे
जो त्यहा पस्दा मैला थिए
चप्पल र भाडाको दौरा लगाएर गएका थिए
कोमल र हार्दिक थिए
तिनको मनमा थियो गाउको चिन्ता
अहिले उनीहरुसित त्यो द्वारबाट निस्केको छ
खलाँतीमा फलामझै तातेको पोल्ने शब्द
तिनले बिर्सेका छन् जीवनमार्ग छेकिरहेको गाउको ठाडो खोलो
शहरमा फरफराउँछ आमाको मैलिदै गएको
रातो पेटिकोट (जहा मान्छे जन्मे) जस्तो क्रान्तिकारी झण्डा
बाउको कटकटिएको धोतीजस्तो सिद्धान्त
बगरको ढुङ्गाजस्तो कठोर हुदै गएको सहरीया मन
बाँझो खेतजस्तो चिराचिरा परेको मान्छेको समवेदना
गाउले विस्तारै बुझ्दै गएको छ के निस्किन्छ सहरबाट ?
फापरको रोटीजस्तो सपनाको जून वा जून निल्ने अजिंगर ?
नयाँ समयको नयाँ घामले
पारिलो भएको सहरमा पसिरहेछन् हुलका हुल गाउका मान्छे
निस्किरहेछन् सहरीया ठाटसहित गाउँ विर्सेर
उनीहरु पकाउछन् शहरमा कसौडीका कसौडी भात
डेक्चीका डेक्ची मासु
घैलाका घैला रक्सी
र गर्छन् दैनिक उत्सव गाउका भोकाहरु विर्सेर
उनीहरु बनाउछन् धरहरा भन्दा अग्लो घर
त्यसमाथि ओच्छ्याउछन् गद्दावाल ओच्छ्यान
घरबारविहीन
नाङ्गाहरु बिर्सेर भित्रयाउछन् थानका थान कपडा,
सहर छिरेपछि बन्छन् उन्मत्त घोडा
जसका धारिला टापले
कुल्चिएको छ गाउँको आली र भत्काइरहेछ
कुल्चिएको छ गाउको आवाज र दवाइरहेछ
गाउको प्राचीन गन्ध बिर्सेर बाँचिरहेछ सहर ।

No comments:
Post a Comment