कुनै जमाना थियो, शिक्षक हुनु गर्व र सम्मानको विषय थियो । ज्ञानको स्रोत, समाजले आदर्श, अनुशासन, विश्वास र नैतिकताको विम्ब लिनुपरे शिक्षक उदाहरण बन्थे । चेतनाका संवाहक मानिएका तिनै शिक्षक दशकयता सामाजिक विश्वास र सम्मान गुमाउ“दै आलोचनाको केन्द्रीय पात्र बन्दै गएका छन् । शिक्षकको छवि धुमिल हु“दै तिनको व्यावसायिक दायित्वमाथि प्रश्न उठ्न थालेको छ । शिक्षक छाडा भएको तिनका नेताहरू नै स्वीकार्छन् । नपढाएर चरम राजनीतीकरण गरेको, शिक्षण सिकाइ क्रियाकलाप र सामुदायिक विद्यालय बिगारेको आरोप शिक्षकले खेपिरहेको छ । आखिर किन भत्कि“दैछ, आदर्शको ‘विम्ब’ शिक्षकको पर्खाल ?
शिक्षा विभागका अनुसार, देशमा १८ थरी शिक्षक कार्यरत छन् । त्यसमध्ये १ लाख ९ हजार ९८ स्थायी छन् । ३७ हजार ६ सय २० राहत करिब १२ हजार पीसीएफ, २० हजार अस्थायी, २५ हजार ईसीडी सहजकर्ता शिक्षक छन् । कुल बजेटको ७० प्रतिशत शिक्षक तलबमा खर्च भइरहेको छ । ६७ अर्बमध्ये शिक्षा विभागमा ४८ अर्ब पैसा जान्छ र ४३ अर्ब रुपैया“ शिक्षक तलबमा खर्च हुन्छ । एउटा माध्यमिक तहको शिक्षकले २७ हजारसम्म तलब खान्छ । खर्च अनुसारको उपलब्धिको साटो वर्षेनि विद्यार्थीको सिकाइ स्तर भने ओरालो लाग्दै गएको छ
।
‘आइडेन्टिटी क्राइसिस’
शिक्षा मन्त्रालयले गरेको एक अध्ययन अनुसार, कक्षा १० र कक्षा ८ दुवै तहको सिकाइ उपलब्धि अत्यन्त कमजोर छ । शतप्रतिशत शिक्षक तालिमप्राप्त हु“दा पनि उनीहरूले सिकाइमा आफूलाई अब्बल देखाउन सकेका छैनन् । कमजोर सिकाइ र केही दिनअघि आएको एसएलसी नतिजालाई केन्द्रमा राखेर फेरि शिक्षकको आलोचना सुरु भएको हो ।
शिक्षक पेसाप्रति इमानदार नभएको भन्दै पछिल्लो २ महिनामा शिक्षा विभागले तीनवटा निर्देशन बाहिर ल्यायो, राजनीतिमा लाग्न नपाउने, शिक्षण बाहेकको पेसा व्यवसाय गर्न नपाउने र निरन्तर ८५ प्रतिशतभन्दा कम विद्यार्थी फेल भए विषय शिक्ष्ँकको २ ग्रेड घटुवा गर्ने । यसले शिक्षकको व्यावसायिक मर्यादामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी भन्छन्, ‘शिक्षकले आफू शिक्षक भएकोमा गर्व गर्न छाडे । दलको कार्यकर्ता वा अरु नै व्यवसायीको परिचयमा उनीहरूले सम्मान महसुस गर्न थाले । यसले नेपालमा शिक्षकको परिचय जोखिममा छ भन्ने देखाउ“छ ।’