जम्बो जहाज बनायौ
सुविधायुक्त रेल बनायौ
शक्तिशाली मेसिन बनायौ
मैले ठाने सबै राम्रो भयो
तर भन नानीहरुलाई खेल्ने ठाउ कहा बनायौ
वर्षौं अघि कवि इस्लाम युसुफले यो गीत लेखेका थिए । सहरमा आइतबार साझ एक्कासी भूकम्पको धक्का महसुस गर्दा भएको भागाभाग देख्दा लाग्थ्यो यो गीत नेपाली त्यसमािथ पनि काठमाडौं बासीहरुका लागि लेखिएको हो । साझ ६।२५ बजे आफू उभिएको जमीन हल्लियो । घर र कार्यालय नराम्रोसित लरबरायो । त्यसपछि आत्तिएका धेरैले लुक्ने खुला ठाउ खोजे । अग्ला अग्ला घरले घेरिएको राजधानी काठमाडौमा त्यस्तो ठाउ कहा पाउनु आइतबारको भूकम्प धक्काले राजधानीबासीलाई गम्भीर बनाइदिएको छ हामीले केटाकेटी खेल्ने ठाउँ कहा बनायौं यस्तो विपतमा आफू लुक्ने ठाउ कहा बनायौं .
धक्का आउन थालेपछि कान्तिपुर कार्यालयको चौथो तलाबाट केही सहकर्मी आत्तिएर तल झरे । केही साथी आत्तिएर चिच्याए । केही साथी लुक्ले टेबुल खोजे । यस्तो दृश्य सहरको प्रत्येक घर कोठा र सडकमा भइरहेको थियो । मान्छेहरु बच्ने खुला ठाउ खोज्दै कुद्दै थिए । जसका कारण धक्का सकिएको निकै बेर पछिसम्म पनि सडकको भीड हटेन । त्यतिबेला सबैले महसुस गरेको एउटै कुरा थियो यस्तो विपत्तिमा हामीले लुक्ने ठाउ कही बनाएनछौँ ।
विज्ञहरुले भूकम्पीय क्षति र खतराका दृष्टिले विश्वका २ सय सहरमध्ये काठमाडौं उपत्यका ११ औं नम्बरमा छ । विज्ञहरुका अनुसार १९९० सालको भुकम्पको केन्द्रबिन्दु भोजपुरमा थियो । राजधानी काठमाडौं नजिकै धादिङ र रसुवामा भुकम्पको २ वटा केन्द्र छन् जसका कारण नेपालको पूर्वया पश्चिम जुनसुकै ठाउंमा भुकम्प गएपनि त्यसको ठूलो असर काठमाडौंमा परि हाल्छ । आइतबार साझको कोकोहोलो पनि त्यसकै परिणाम हो । राज्यले यसलाई गम्भीर रुपमा चासो दिएको छैन । अध्ययन अनुसार करिब डेढ लाख घर रहेको काठमाडौं महानगरपालिका तथा आसपासका क्षेत्रमा वर्षेनी ४ हजारभन्दा बढी नया घर थपिएका छन् । घरको बनोट भूकम्पीय दृष्टिले अत्यन्त नाजुक छन् । हाउजिङ र अपार्टमेन्टको निर्माण ह्वात्तै बढेको छ । नक्सा अनुसार घर बने नबनेको अनुगमन कुनै निकायले गरेको छैन । करिब ४५ हजार घर रहेको अनुमान गरिएको ललितपुर उपमहानगर पालिको अवस्था पनि यस्तै छ । ललितपुरमा वर्षेनी झण्डै २ हजारका दरले नया घर थपिने गरेकेा अनुमान छ । भक्तपुर र कीर्तिपुर पनि यस्तै नाजुक हालतमा छन् । सहरको मध्य मानिने असन इन्द्रचोक नया सडकको हालत अझ खतरापूर्ण छ । राजधानीका पुराना घरको कुरा छाडौं देशको प्रशासनिक केन्द्र िसंहदरबार हातामा बनेका घर पनि भूकम्पीय जोखिमबाट सुरक्षित नरहेको विज्ञहरु बताउछन् ।
भूकम्प प्रविधि राष्टि्रय समाज नेपाल एनसेट नेपालले दश वर्षघि गरेको अध्ययन अनुसार १९९० सालमा झैं ८ दशमलव ४ रेक्टरको भुइचालो जाने हो भने उपत्यकामा ४० हजार मानिसको मृत्यु र ९० हजार घाइते हुन सक्ने अनुमान छ । दशक यता बढ्दो शहरीकरण र जनसंख्याको चापले उपत्यकाका ७०प्रतिशत भवन क्षति पुग्न सक्ने र ८०प्रतिशतको मृत्यु पुरिएर हुन सक्ने अनुमान छ ।
यसको कारण हो उपत्यकाको शहरी क्षेत्रमा खुला चौर र खेत अब बाकी छैनन् । बाक्लो बस्ती भएको एक किलो मिटर क्षेत्रमा कम्तीमा खुला चौर हुनु पर्ने व्यवस्था सहरमा कसैले पालना गरेको छैन । यस्तै आपत पर्दा आत्तिएर भन्छन् हामीले लुक्ने ठाउ बनाएनौं ।
२०४५ सालको भूकम्पको अध्ययनपछि सरकारले बनाएको राष्ट्रिय भवन निर्माण संहिता बिल्डिङ कोड लागू गरे पनि त्यसको कडाइसाथ अनुगमन राज्यले गरेको छैन ।
पछिल्लो पल्ट झण्डै ७ सय नागरिकको ज्यान जानेगरी २०४५ सालमा भूकम्प जादा अहिलेका धेरै युवा जन्मेकै थिएनन् । त्यसपछि अनुभव हुने गरी भूकम्प गएको थिएन र त्यसको खतरा साचार माध्यममा पढन् बाहेक उनीहरुले गर्न सकेका थिएनन् । ८ हजारको ज्यान जानेगरी १९९० सालमा गएको भूकम्प अनुभव गर्ने धेरै वृद्धहरुले हामीलाई छाड्दै गएका छन् ।
भूकम्पीय क्षति न्युनिकरणका लागि करिब ३ सय व्यक्ति तालिम प्राप्त छन् । राज्यले यस्तो विपतमा सर्भावित खतरा र क्षतिको आकलन गर्न जनचेतना जगाउने र सर्भावित जोखिम घटाउने उपायलाई व्यापक बनाउन सकेको छैन । त्यसका लागि राज्यले नीतिगत व्यवस्था गरेर स्थानीय सरकारलाई सकि्रय पार्नु जरुरी छ ।
कवि इस्लाम युसुफले भनेजस्तो बडेमाको प्लेन बनाउने अग्लो घर बनाउने बलिया हतियार बनाउने हामीले आफू भाग्ने र लुक्ने ठाउ पनि बनाउन बिस्रनु हुदैन । आइतबार ढोकैनिर भयबाट हामीले यति सिक्नै पर्छ ।
युसुफको कविता पूरै पढ्न तलको िलंकमा क्लिक गर्नुहोस्:
http://www.lyricsfreak.com/c/cat+stevens/where+do+the+children+play_20028191.html
No comments:
Post a Comment