Sunday, September 25, 2011

उटा उदास आइतबार



हंगेरीका संगीत जोडी रेक्सो सेरेस र लास्जो जाभोरले आइतबारलाई ुउदासु भन्दै सन् १९३३मा रचेका थिए चर्चित गीत ुग्लुमी सन्डेु । असोज ७ गतेको आइतबार नेपालीका लागि त्यस्तै उदास भएर आएको छ । विहानैदेखि सिम सिम झरी परिरह्यो । ललितपुर लामाटारको डाडोमा ध्वासे बादल मडारिएको थियो । लागूँ नलागूँ गर्दै झुल्केको फुस्रो घाम छोपिने देखिने भइरहेको थियो ।
लतिपुरको कुसुन्तीका एलडी कर्माचार्यका जेठा छोरा डा जगमान कान्छा छोराबुहारी निरन्जन र शारदा हिमाल हेर्न माउन्टेन फ्लाइटमा िहंडेका थिए । एक घण्टाको फ्लाइटबाट फर्केपछि घरमा पारिवारिक जमघट गर्ने शनिवार बेलुकाकै योजना थियो । त्यही योजना अनुसार गंगा गिरी भान्जाहरुलाई भेट्न भिनाजु एलडीको घर जाने तयारीमा थिए ।
आइतबारको रमाइलो रमाइलोमा बदलिन पाएन । ुएक्कासी यस्तो दुखद खबर सुन्नु पर् योु विहान आठ नबज्दै आएको विमान दुर्घटनाको खबरले आत्तिएर बी एण्ड बी अस्पताल आइपुगेका गंगाले पंक्तिकारसित भने ुपारिवारिक रमाइलोमा बिताउने भनेको आइतबार दुख र उदासी बोकेर आयो ।ु जगमान १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए । चिकित्सक साथीसित उनी एउटा मिटिङमा भारत आएका थिए । घर नजिकैको मुलुकमा आएको बेला मृगौला रोगले विरामी आमालाई भेटु भनेर उनी नेपाल छिरे । भोलि मंगलबार उनको अमेरिका फिर्ती टिकट थियो । मामा गंगाले मौसम राम्रो नभएकाले माउन्टेन फ्लाइटमा नजान पनि सम्झाएका थिए । तर पहिल्यै काटेको माउन्टेन फ्लाइटको टिकट उनले क्या_िन्सल गरेनन् ।
ुकेही हुन्नु जगमानको मामालाई भनेका थिए । मामा गंगाले भने ुआइतबार विहान भेटौला भनेर शनिवार साँझ छुट्टिएको थिएँ । कहिल्यै नभेट्ने गरी विदा भएर गए ।ु कर्माचार्यका चार छोरामध्ये माइला र साइला छोरा अमेरिकामै छन् । आइतबारको दुर्घटनामा कर्माचार्य परिवारका ३ जनाले ज्यान गुमाएका छन् । दाजु आएको खुसीयालीमा हिमाल हेर्न गएका ३८ वर्षे निरन्जन आमाबाबुको ख्याल गरेर घरै बसेका थिए । एक वर्ष अघि २३ वर्षे शारदासित उनको विवाह भएको थियो ।
विमान दुर्घटना हुने वित्तिकै घाइते भेटिएका निरन्जनलाई लामाटारका विनय पाठक र राजकुमार केसी लगायत युवाले अस्पताल ल्याएको खबर पाएपछि कर्माचार्य परिवार दौडादौड गरेर अस्पताल पुगेको थियो । उपचारकै क्रममा निधन भएको खबर सुनेपछि अस्पतालमा उनीहरुको रुवाबासी चलेको थियो । जगमानका सानोबुवा अमरबहादुर श्रेष्ठका अनुसार काठमाडौंको िलंकन स्कुल पढेका ४५ वर्षे जगमान एमबीबीएस र एमडी सकेदेखि अमेरिकामै थिए । ुकान्छोले परिवार हेरेको थियोु उनले भने ुत्यै सहारा पनि छुटेर गयो । परिवारको खुसीका लागि आएको मान्छे दुख बोकाएर सधैका लागि विदा भयो ।
उपचारका लागि ल्याएका राजकुमारले सातदोवाटो आउन्जेल निरन्जनले आफूलाई दुखेको बताएका थिए । घटनास्थलबाट विशंखुनारायणसम्म उनीहरुले बोकेर ल्याएका थिए । ुत्यसपछि एम्बुलेन्समा ल्यायौू सातदोवाटो आउन्जेल बोलि थियो त्यसपछि विस्तारै नारी चिसो हुदै गयोु उनले भने ुअस्पताल ल्याएको १० मिनेटमै उहाको ज्यान गयो ।ु घटनाले उनीहरु पनि उदास थिए । ुहामीले आगोको ज्वाला देख्यौूु ती युवाले भने ुएकजनामात्रै जीवित भेटिएका मान्छे पनि बचाउन नसकेकोमा दुख लागेको छ ।
राजधानीमा आइतबार दिनभर पानी परेको थियो । १९ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको खबर देश दुखी थियो । कर्माचार्य परिवारको आखा साूझसम्म पनि ओभाएको थिएन । एउटा उदास आइतबार चाहि सधैलाई दुख बोकाएर विदा भएको थियो ।
ग्लुमी सन्डेको पूरै गीत पढ्न तलको िलंकमा क्लिक गर्नुहोस् ।

Monday, September 19, 2011

लुक्ने ठाउँ कहा बनायौँ ?


जम्बो जहाज बनायौ
सुविधायुक्त रेल बनायौ
शक्तिशाली मेसिन बनायौ
मैले ठाने सबै राम्रो भयो
तर भन नानीहरुलाई खेल्ने ठाउ कहा बनायौ

वर्षौं अघि कवि इस्लाम युसुफले यो गीत लेखेका थिए । सहरमा आइतबार साझ एक्कासी भूकम्पको धक्का महसुस गर्दा भएको भागाभाग देख्दा लाग्थ्यो यो गीत नेपाली त्यसमािथ पनि काठमाडौं बासीहरुका लागि लेखिएको हो । साझ ६।२५ बजे आफू उभिएको जमीन हल्लियो । घर र कार्यालय नराम्रोसित लरबरायो । त्यसपछि आत्तिएका धेरैले लुक्ने खुला ठाउ खोजे । अग्ला अग्ला घरले घेरिएको राजधानी काठमाडौमा त्यस्तो ठाउ कहा पाउनु  आइतबारको भूकम्प धक्काले राजधानीबासीलाई गम्भीर बनाइदिएको छ हामीले केटाकेटी खेल्ने ठाउँ कहा बनायौं यस्तो विपतमा आफू लुक्ने ठाउ कहा बनायौं .

धक्का आउन थालेपछि कान्तिपुर कार्यालयको चौथो तलाबाट केही सहकर्मी आत्तिएर तल झरे । केही साथी आत्तिएर चिच्याए । केही साथी लुक्ले टेबुल खोजे । यस्तो दृश्य सहरको प्रत्येक घर कोठा र सडकमा भइरहेको थियो । मान्छेहरु बच्ने खुला ठाउ खोज्दै कुद्दै थिए । जसका कारण धक्का सकिएको निकै बेर पछिसम्म पनि सडकको भीड हटेन । त्यतिबेला सबैले महसुस गरेको एउटै कुरा थियो यस्तो विपत्तिमा हामीले लुक्ने ठाउ कही बनाएनछौँ ।

विज्ञहरुले भूकम्पीय क्षति र खतराका दृष्टिले विश्वका २ सय सहरमध्ये काठमाडौं उपत्यका ११ औं नम्बरमा छ । विज्ञहरुका अनुसार १९९० सालको भुकम्पको केन्द्रबिन्दु भोजपुरमा थियो । राजधानी  काठमाडौं नजिकै धादिङ र रसुवामा भुकम्पको २ वटा केन्द्र छन् जसका कारण नेपालको पूर्वया पश्चिम जुनसुकै ठाउंमा भुकम्प गएपनि त्यसको ठूलो असर काठमाडौंमा परि हाल्छ । आइतबार साझको कोकोहोलो पनि त्यसकै परिणाम हो । राज्यले यसलाई गम्भीर रुपमा चासो दिएको छैन । अध्ययन अनुसार करिब डेढ लाख घर रहेको काठमाडौं महानगरपालिका तथा आसपासका क्षेत्रमा वर्षेनी ४ हजारभन्दा बढी नया घर थपिएका छन् । घरको बनोट भूकम्पीय दृष्टिले अत्यन्त नाजुक छन् । हाउजिङ र अपार्टमेन्टको निर्माण ह्वात्तै बढेको छ । नक्सा अनुसार घर बने नबनेको अनुगमन कुनै निकायले गरेको छैन । करिब ४५ हजार घर रहेको अनुमान गरिएको ललितपुर उपमहानगर पालिको अवस्था पनि यस्तै छ । ललितपुरमा वर्षेनी झण्डै २ हजारका दरले नया घर थपिने गरेकेा अनुमान छ । भक्तपुर र कीर्तिपुर पनि यस्तै नाजुक हालतमा छन् । सहरको मध्य मानिने असन इन्द्रचोक नया सडकको हालत अझ खतरापूर्ण छ । राजधानीका पुराना घरको कुरा छाडौं देशको प्रशासनिक केन्द्र िसंहदरबार हातामा बनेका घर पनि भूकम्पीय जोखिमबाट सुरक्षित नरहेको विज्ञहरु बताउछन् ।

भूकम्प प्रविधि राष्टि्रय समाज नेपाल एनसेट नेपालले दश वर्षघि गरेको अध्ययन अनुसार १९९० सालमा झैं ८ दशमलव ४ रेक्टरको भुइचालो जाने हो भने उपत्यकामा ४० हजार मानिसको मृत्यु र ९० हजार घाइते हुन सक्ने अनुमान छ । दशक यता बढ्दो शहरीकरण र जनसंख्याको चापले उपत्यकाका ७०प्रतिशत भवन क्षति पुग्न सक्ने र ८०प्रतिशतको मृत्यु पुरिएर हुन सक्ने अनुमान छ ।

यसको कारण हो उपत्यकाको शहरी क्षेत्रमा खुला चौर र खेत अब बाकी छैनन् । बाक्लो बस्ती भएको एक किलो मिटर क्षेत्रमा कम्तीमा खुला चौर हुनु पर्ने व्यवस्था सहरमा कसैले पालना गरेको छैन । यस्तै आपत पर्दा आत्तिएर भन्छन् हामीले लुक्ने ठाउ बनाएनौं ।

२०४५ सालको भूकम्पको अध्ययनपछि सरकारले बनाएको राष्ट्रिय भवन निर्माण संहिता बिल्डिङ कोड लागू गरे पनि त्यसको कडाइसाथ अनुगमन राज्यले गरेको छैन ।

पछिल्लो पल्ट झण्डै ७ सय नागरिकको ज्यान जानेगरी २०४५ सालमा भूकम्प जादा अहिलेका धेरै युवा जन्मेकै थिएनन् । त्यसपछि अनुभव हुने गरी भूकम्प गएको थिएन र त्यसको खतरा साचार माध्यममा पढन् बाहेक उनीहरुले गर्न सकेका थिएनन् । ८ हजारको ज्यान जानेगरी १९९० सालमा गएको भूकम्प अनुभव गर्ने धेरै वृद्धहरुले हामीलाई छाड्दै गएका छन् ।

भूकम्पीय क्षति न्युनिकरणका लागि करिब ३ सय व्यक्ति तालिम प्राप्त छन् । राज्यले यस्तो विपतमा सर्भावित खतरा र क्षतिको आकलन गर्न जनचेतना जगाउने र सर्भावित जोखिम घटाउने उपायलाई व्यापक बनाउन सकेको छैन । त्यसका लागि राज्यले नीतिगत व्यवस्था गरेर स्थानीय सरकारलाई सकि्रय पार्नु जरुरी छ ।
कवि इस्लाम युसुफले भनेजस्तो बडेमाको प्लेन बनाउने अग्लो घर बनाउने बलिया हतियार बनाउने हामीले आफू भाग्ने र लुक्ने ठाउ पनि बनाउन बिस्रनु हुदैन । आइतबार ढोकैनिर भयबाट हामीले यति सिक्नै पर्छ ।

युसुफको कविता पूरै पढ्न तलको िलंकमा क्लिक गर्नुहोस्:

http://www.lyricsfreak.com/c/cat+stevens/where+do+the+children+play_20028191.html