Friday, August 16, 2013

साउनको अन्तिम दिन

  •  अनमोलमणि
त्यसै गरी रोयो साउनको अन्तिम दिन
जसरी रोएकी थियौ तिमी स्टेशनमा छुट्टिनु अघि

हुरी चल्यो रात रातभर
स्मृतिको कब्जाले अड्काएको सम्झनाको ढोकाको खापा
खुल्यो बन्द भयो पटक पटक
पटक पटक खस्यो तिम्रो तस्वीर भित्ताबाट
र अडिएन पटक पटक
कुकुरहरु एकोहोरो रोइरहे रातरातभर
तर अँध्यारो पच्छ्याएर हिँडिरहे तिम्रैजस्ता केहीछायाँहरु
सडकभरि बेपरवाह उत्साहहीन पाइला चालेर ठम्ठम्ती।

Tuesday, August 13, 2013

विवाहेत्तर सम्बन्धका दुष्परिणाम

विवाहेत्तर सम्बन्धले श्रीमान्(श्रीमतीको सम्बन्ध त भाँडिन्छ नै, पारिवारिक सम्बन्धमा पनि संकट उत्पन्न हुने गर्छ ।
यौन, अपराध र परिवार विखण्डन
  • अनमोलमणि
पानीको फोकाजस्तै फुट्यो हाम्रो माया 
नचाहँदा(नचाहँदै छुट्यो हाम्रो माया 
अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो 
अलिकति नजर लाग्यो पापी दुनियाँको

सम्बन्ध टुक्रिनका कारण पहिल्याउन गीतकार राजुबाबु श्रेष्ठका यी शब्द काफी छन् । हरि लम्सालको संगीतमा मनोजराजले यी शब्द गाउँदा संयोग कस्तो परेको थियो भने गायिका श्रीमती अन्जु पन्तसित भर्खर(भर्खर उनको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको सम्बन्धविच्छेदको कारण थियो, विवाहेत्तर सम्बन्धको शंका । दुवैले दुवैलाई गरेको शंकाले संगीत बजारमा जमेको एउटा जोडी टुक्रियो । गीतकार राजुबाबु श्रेष्ठ भन्छन्, ुविवाहेत्तरको सम्बन्धले समाजमा श्रीमान्(श्रीमतीको कसिलो प्रेम पानीको फोकाजस्तो नचाहँदा(नचाहँदै फुटिरहेको छ ।ु २५ हजारले सीआरबीटी प्रयोग गरेको र करिब २ लाखले फेसबुक पेजमा मनपराएको यही गीतको भावजस्तै कहिल्यै नटुट्लान् भन्ने ठानिएका सम्बन्धहरू विवाहेत्तर सम्बन्धका कारण फेरि नजोडिनेगरी टुक्रेका छन् । कतिले आत्महत्या गरेर अमूल्य जीवन सकेका छन् । कति आपराधिक क्रियाकलापमा लागेर जेल जीवन बिताइरहेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमडौंका डीएसपी वसन्त थापाले १५ कात्तिकमा आत्महत्या गर्नुको कारण पनि विवाहेत्तर सम्बन्ध नै भएको अनुसन्धानले देखायो । थापाको आत्महत्या खबर आएपछि प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी जवान प्रमिला भट्टराईले पनि त्यही बाटो रोजिन् । घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीका अनुसार, विवाहित थापा र अविवाहित भट्टराई बीचको घनिष्ट सम्बन्धले दुवैलाई मृत्युको मुखमा पुर्‍यायो । भन्छन्, गुपचुप सम्बन्धबारे परिवारको चियो र सम्बन्ध सार्वजनिक हुने भयले दुवैले आत्महत्या रोजेको देखिन्छ ।

 केही हप्ताअघि राष्ट्रिय महिला आयोगमा आएको एउटा उजुरी यस्तो थियो, मेरा श्रीमान् बाहिर अर्की केटी लिएर हिंँड्छन् । घर कम आउँछन् । दुई बच्चा र मेरो वास्ता गर्दैनन् । उनलाई सम्झाइ(बुझाइ मेरो परिवारको खुसी फिर्ता ल्याइदिनुपर्‍यो । आयोगले दुवैलाई झिकाएर सम्झायो ।

३ वर्ष कतार बसेर फर्केका पर्वतका दीपक चापागाईंकी श्रीमती मन्जु उनी आएको महिना नपुग्दै २ छोरीलाई अलपत्र छाडेर भिनाजू नाता पर्ने राजु पौडलसित भागिन् । गत असार ३१ मा म्याग्दीको बेनीमा भएको उक्त घटनापछि दीपक अहिले मानसिक रूपमै विक्षिप्त छन् । पोइल जाँदा श्रीमतीले लगेको ३ तोला गहना र १७ हजार रुपैयाँ उनका लागि ठूलो विषय भएन, समाज र परिवारमा उनीबारे हुने टिप्पणीले दुःखी बनाएको छ ।

धेरैलाई लाग्दो हो, श्रीमान्(श्रीमतीको सम्बन्ध भनेको नितान्त व्यक्तिगत कुरा हो । हुन पनि श्रीमान्(श्रीमती सबैभन्दा नजिकका साथी हुन् । सुखमा सँगै हाँस्ने, दुःखमा सँगै रुने र समस्यामा मिलेर त्यसलाई परास्त गर्ने आदर्श यी दुई साथीले बोकेका हुन्छन् । तर पछिल्लो समय लोग्ने(स्वास्नीबीचको यो आदर्श क्षय हुँदै गएको छ । जीवनभर सँगै बाँच्ने वाचाबन्धन गरेकाहरू सधैंलाई छुट्टनिे बाटोमा अग्रसर छन् ।


केहीअघि लक्ष्मीपूजाको अघिल्लो दिन काठमाडौं जिल्ला अदालतमा मात्रै सम्बन्धविच्छेदका ३ वटा मुद्दामा बहस भयो भने गतसाता झन्डै ७ वटा यस्ता मुद्दामा बहस भयो । अदालतले सकेसम्म मिलाउने तर केही सीप नलागे मात्रै सम्बन्धविच्छेदको अन्तिम फैसला गर्ने गरेको छ ।

अपराधको स्रोत

घरमा श्रीमान् वा श्रीमती हुँदाहँुदै बाहिर मन डुलाउनेहरूले दाम्पत्य जीवनमात्रै धरापमा पारेका छैनन्, आफैं आपराधिक क्रियाकलापमा समेत मुछिएका छन् । कतिले पदरप्रतिष्ठा गुमाएका छन् । यस्तै सम्बन्धका कारण सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइराला श्रीमती हत्या अभियोगमा अहिले जेलमा छन् । महाबौद्धमा रेस्टुरेन्ट चलाउने एक महिलाले भाइ बनाएका व्यक्तिसँगको सम्बन्धका कारण श्रीमान्को हत्या गरिन् । हत्याले उनको इच्छा पूरा भएन, बरु योजना नै चकनाचुर भयो ।

Saturday, August 10, 2013

त्यो महेन्द्र माला

कक्षा ९ र १०मा दुई दशक पढाइ भएको महेन्द्रमालाको नियात्रा घनघस्याको उकालो काट्दा हजारौं लाखौले पढे । पाठ्यपुस्तक लेखेवापत ताना सर्माले चाहि एक पैसो रोयल्टी पाएनन् ।

  • अनमोलमणि

चीसो बढ्दै गएको पुसको एउटा मध्यान्ह भेट्दा उनी सरस्वती नगरको घरनं ५०५ मा भाषा बारे कार्यपत्र लेख्दै थिए । भीडभाड र होहल्लावीच पनि म शान्तसित बसेको छु, कपन जादा गोपिकृण सिनेमा हललाई देब्रे परेर ठडिएको घरमा उनले भने, यहा घर र सडक यसरी बढ्यो, पाच वर्ष अमेरिकाबसेर आउदा मैले झन्डै आफ्नै घर भुलेको । ३४ वर्षको उमेरमा २०२४ सालमा घनघस्याको उकालो काटेका ताना सर्मा यतिखेर घरको पहिलो तल्लामा गफिइरहेका थए ।

घनघस्याको यात्रा यति लोकप्रिय होला भन्ने उनलाई लागेकै थिएन । उनको यात्राले एउटा गुमनाम ठाउ सेलिब्रिटीझै एकाएक चर्चामा आएको थियो । त्यसपछि कयौंले घनघस्यामा पाइला टेके । कयौंले त्यसबारे लेखे । यो नियात्राको सप्रसंग व्याख्या गरेर कतिले विद्यालय तह सके । कतिका लागि त्यो व्याख्या घनघस्याजस्तै चढ्नै नसक्ने अक्करे उकालो भयो । आखिर त्रिचालीस वर्षअघिको सर्माको त्यो यात्रा नेपाली साहित्यमा किन सदाबहार चर्चामा रहन्छ ?


‘हजारौ लाखौ विद्यार्थीले यसलाई पढेका छन्’, उनले कारण खोले, ‘यसमा एउटा जीवन छ । यात्राको रोचक वर्णन छ ।’ यदि २०४० सालदेखि निरन्तर २० वर्ष कक्षा ९ र १० को पाठ्यपुस्तकमा नसमेटिएको भए यो नियात्राको चर्चा यति धेरै हुन्थ्यो होला ? ‘भन्न सकिन्न’, झर्रोवादी आन्दोलनका सर्मा दाहिने हातले मुख छोपेर एकछिन गमे, ‘यस्सै भन्न सकिन्न ।’

दोहोरीमा परदेश पीडा

  • अनमोलमणि
कुनै बेला यस्तो थियो, झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत सुनेर भक्कानिने धेरै थिए । परदेशिएको ‘लाहुरे’ श्रीमान्, छोरो, भाइ र आफन्तको दुख समेटिएको त्यो गीत सारंगीमा रेटि“दा मन भारी बनाएर आ“खा पिलपिल पार्थे । त्यति बेलाको वैदेशिक रोजगारी भारत वा वेलायती सेनामा हुने भर्ना थियो । ती ‘लाहुरे’ गनिन्थे । वर्षौमा घर फिर्थे । प्रियजन र आफन्त भेट्थे, दुख सुनाउ“थे । लडाइमा कहा“ परिन्छ पत्तो थिएन । तिनै अनुभूति गीतमा समेटिएका थिए ।
अहिले पनि पारिवारिक खुसी र आर्थिक उन्नतीका लागि विदेशिनु पर्ने बाध्यता बदलिएको छैन । स्वदेशमा घट्दो अवसरले वैदेशिक रोजगारीमा जाने दिनदिनै बढेका छन् । कुल जनसंख्याको ६५ प्रतिशत गरिब नेपालीको सजिलो गन्तव्य बनेको छ खाडी मुलुक । सरकारी तथ्याङ्क अनुसार यसरी सस्तो श्रम गर्न जानेको संख्या दैनिक ७ सयको हाराहारीमा छ । कतारमामात्रै यो संख्या ३ लाखभन्दा बढी छ । मलेसिया, इराक, युएइ, दुवइ, कुबेत लगायत देशमा गरेर सस्तो श्रममा गएका नेपाली करिब १५ लाख छन् । त्यसमध्येका ३० प्रतिशत अत्यन्त जोखिमको काममा छन् । वैध वा अवैध रुपमा त्यहा पुगेका नेपालीको जीवन सुखी छैन, ‘रण है प¥यो भन्दिए’ शैलीकै दुखिया दैनिकी छ ।

अहिले चल्तीका केही दोहोरी गीतमा वैदेशिक रोजगारीका तिनै पीडा समेटिएका छन् । कान्तिपुर एफएमका लाइबे्ररियन विष्णु वस्नेतका शब्दमा यस्ता लोक दोहोरीमा विदेश बस्नेको पीडा, घरको सम्झना, आफन्तको माया, प्रेमी, पे्रमिका वा श्रीमतीको झझल्को समेटिएको पाइन्छ ।
‘धेरै नेपाली कतार मलेसिया जाने भएर होला क्यासेटको नाम र गीत पनि त्यस्तै भावका छन्’, उनी भन्छन्, ‘घर परिवार र श्रीमतिको सम्झना तथा त्यहा काम गर्दाको दुख अनुभवका गीत धेरै छन् । केही गीत हङकङबारे र केही गीत अमेरिकाका बारेमा पनि आएका छन् । एक दुई बाहेक कतार मलेसियाजति तिनको चल्ती छैन ।’ यस्ता भाव समेटिएका करिब एक दर्जन गीत धेरैले रुचाएका छन् । बाकी क्यासेटमै सीमित । 
चल्तीमा रहेमध्येको एउटा हो ‘लाको छैन फर्की आउ“ला’ एलबममा ऋषि अधिकारी र बीमा कुमारी दुराले गाएको इराकको त्रासदी सम्झाउने भावको गीतः
सद्दाम हुसेन जन्मेको गाउमै छु
बाह« जना मारेको ठाउमै छु
लाको छैन फर्की आउ“ला झै“
सानु तिम्रो मुख देख्न पाउला झै
सुख दुख गरिखाउला झै
...................
राम्रै ठाउ“ हो भन्थ्यौ नि पहिले त
किन त्यस्तो बोल्छौ नि अहिले त
म बा“चुला कसलाई हेरेर
२०६२ भदौ १६ पछि यो गीत निकै चर्चामा रह्यो अहिले पनि बजिरहन्छ । यसले नेपालीको दुर्दान्त कथालाई जिवित तुल्याइदिन्छ । अहिले पनि क्यासेट बिकीरहेकै छ । त्यसपछि आएका क्यासेट ‘तातो हावा चल्छ सरर’, ‘फर्क जहाज चढी’, ‘मलेसिया साउदी कतार’, ‘चीठी आउदैन’, ‘नजाउ विदेश’, ‘मेरो माया मलेसियाको’, ‘बा“चे आउ“छु जन्मेको गाउघर’ चल्ती मध्येका एलबम हुन् ।

Saturday, August 3, 2013

कथा/जेब्राक्रसमा उभिएर

   म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई ।
      लमतन्न सडकले हामीलाई छुट्याएको थियो ।
ऊसँगको मेरो यो दोस्रो भेट थियो ।
             यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ याद भएन । त्यो भेट भनौं वा देखादेखमात्र थियो ।
              म उभिएको पछिल्तिर पुस्तकपसल थियो । दुई पाउ जमिन ओगटेर म जहाँ उभिएको थिएँ त्यसको ठीक अघिल्तिर लमतन्न पिच सडक सुतेको थियो । मेरो टाउकोमाथि असुहाउँदो गरी जेलिएका बिजुलीका तार थिए, र त्यसभन्दा माथि खुला आकास घोप्टिएको थियो । हल्का हरियो रङ पोतिएका बिजुलीका खम्बाहरू मेरै लहरमा उभिएका थिए । आकासमा कतै पनि बादलका राँटा देखिएका थिएनन् । म नीलो आकासले छोपिएको थिएँ ।
            बाँचेको प्रमाण दिन मान्छेहरू सडकमा ठमठम हिँडिरहेका थिए ।
            बत्तासिएर कुद्ने गाडीको बेगले उडाउन खोजेको साडीको सप्को, कुर्ताको सल र र स्कर्टका फेरहरू समातेर केही युवती पारिपट्टी अर्को सडक छिचोल्दै, सम्हालिएर किनारै किनार हिँडिरहेका थिए । त्यो भीडमा चिनेको अनुहार कोही पनि थिएन । त्यत्रा मान्छेबीच कसैको अनुहार कसैसँग मिल्ने खालको थिएन । सोच र बुद्धि मिल्ने कुरै भएन !
        मेरै लहरमा उभिएका युवाहरू हावाको बेगसँगै कुतकुतिए कि भन्ने ठानेर पनि मैले उनीहरूको अनुहारमा हेरिनँ ।
           बरु झिमझिम गरिराख्ने मेरा आँखाहरू आधा चिम्लिएर आफूलाई बुद्धझैं अर्धस्मित राखेँ ।
          जेब्राक्रसमा नीलो बत्ती बलेको थिएन ।
              तेस्रो पटक भेट हुँदा थाहा भयो ऊ केही वर्षअघि यही विश्वविद्यालयकी विद्यार्थी थिई । परिचय भयो । नाम बताई, सिन्थिया । बालुवाझैं कहिल्यै नबाटिने र फुस्किरहने  जिन्दगी बोकेर हिँडिरहेकी छु भन्थी । साँझको घाम छेकिएर कतै खुला चौरमा देखिएको हिमालको छायाजस्तो सधैं उदास देख्थेँ ।
          ऊ विस्तारै मसँग नजिकिई । कम हाँस्थी ।
             एक दिन कफिगफ चल्दै गर्दा क्यान्टिनमा सुस्केरा छाडेर भनी, 'मैले खोज्नु छ सर, धेरै खोज्नु छ । मैले यहाँ जिन्दगी हराएको छु । आफैंलाई हराएको छु ।' मेरा लागि ऊ रहस्यमयी बन्दै गएकी थिई ।
         त्यसपछि ऊ निकै दिन हराई ।
         'कहाँ गएकी थियौ,' भेटपछि क्याम्पस गेटमै मैले सोधेको थिएँ, 'निकै दिन हरायौ नि ।'
           'त्यतिकै सर, आफ्नै काममा हिँडेकी थिएँ, तर यसपटक काम हुन सकेन,' उसले यत्ति भनी ।
   'मैले गर्न सक्ने सहयोग केही छ ?'

कथा/अकारण

आइतबार
...र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

आजै अस्पताल भर्ना भएको एउटा अनौठो बिरामीको उपचारमा दिनभर व्यस्त रहे“ । ऊ छाती पोल्यो भन्छ र रुन्छ, छटपटाउ“छ । र भन्छ, "आई गट पेन इन माई चेस्ट, प्लिज डक्टर इफ पोसिबल किल मी, आई वान्ट टू र्डाई ।" तर, परीक्षणमा केही छैन । समग्रमा उसमा कुनै पनि रोगका लक्षण छैनन् । आज सामान्य केही औषधि लेखिदिएको छु

सोमबार
म त्यही घटना सम्भिmरहेछु, मैले उसलाई त्यति सिरयिस देखिन“ । कतिसम्म भने डिस्चार्ज गरेर घर जानेसम्मको सल्लाह दिए“ । तर, उसले मेरो सल्लाह मानेन । बरु दाहिने हातले आफ्नो छाती विस्तारै थिच्दै भन्यो, "डाक्टर, सायद प्रत्येक आ“सुले पीडा दिन्छ । मस“ग त्यही आ“सुको पीडा छ र मेरो छातीमा चोटैचोट छ । मलाई डिस्चार्ज गरेर चोट नथप डाक्टर । म त्रि्रो छेउ बस्न चाहन्छु । त्रि्रो छेउमा मलाई केही ढाडस मिलेको छ । बरु मिल्छ भने तिमी मलाई मारदिेऊ । डाक्टर पीडा खेपेर बा“चिरहनुभन्दा म मेरो मृत्युपत्रमा हस्ताक्षर गरििदन्छु ।"

मेरा लागि यो अनौठो पेसेन्ट हो । यस्तो पेसेन्ट मैले न कहिल्यै अस्पतालमा भेटे“, न मेरो क्लिनिकमा ।
मैले उसको शरीरको माथिल्लो भाग स्टेथेस्कोपले जा“चे““ । सबै ठीक थियो । बाहिर देखिने गरी कतै घाउको कुनै निसाना थिएन । उसलाई भित्रैसम्म पीडा हुने गरी पोल्ने उसको छातीमा के त्यस्तो रोग थियो, मेरो स्टेथेस्कोपले पत्ता लगाउन सकेन ।

मैले उसको छातीको सिटीस्क्यान र एक्सरे गरे“ । मुखबाट नली राखेर भित्रका धेरै अङ्गको परीक्षण गरे“ तर उसको कुनै अङ्गमा त्यस्तो खराबी देखिएन । सबै ठीक थियो । ऊस“ग चुरोट, रक्सी, भुटेको सुपारी, पान, कफी, चकलेट, प्रत्येक बिहानको कडा एक्सरसाइज केहीको लत थिएन ।

Friday, August 2, 2013

कथा /एउटा अर्को गुलाब

मलाई त्यो गुलाबले छातीमै लागेको थियो। मुटु धड्किने छातीको देब्रे पाटोनेर। त्यसपछि म बेहोस भएको थिएँ।
म बेहोस भएपछि छेउमा यस्ता वाक्य बोलिए :

'उसलाई गुलाबकै थुँगाले लागेको छ। कसले हान्यो त्यो फूलले? राम्ररी छिमलिएको छैन कि के त्यसका डाँठ, राम्ररी हेर? त्यसका घुमे्रका काँढाले उसको कोमल छाती कोतरे जस्तो छ। चोट पक्कै मुटुसम्म पुगेको हुनुपर्छ। नत्र किन फूलले छुँदै यसरी लत्रेर बेहोस हुन्थ्यो?'

मेरै छेउमा पछारएको अखबारको पहिलो पृष्ठमा लेखिएको खबरको शीर्षक यस्तो थियो, 'सहरमा साना हतियारको बिगबिगी'।


त्यही भएर धेरैले ठानेका थिए, मलाई गोली नै लागेको छ। मान्छे मार्न एक गोली काफी थियो। फूलले लागेर व्यक्ति यसरी घाइते हुन्छ भन्नेमा उपस्थित आमनागरकि विश्वस्त थिएनन्। तिनका आँखा वास्तविकता जान्न आतुर थिए। अलिकति निधार खुम्च्याएर, अलिकित आइब्रो र परेला तन्काएर सकेसम्म सही कुरा के हो खुट्याउन प्रयासरतहरू मलाई गोली नै लागेको हो भन्ने जिद्दी गर्दै थिए। तर, म रगतपच्छे भएको थिइनँ। त्यसैले 'होइन होइन' भन्नेहरू पनि त्यत्तिकै थिए।

रगत नदेखे पनि गोली लागेको हो भन्नेहरूले अखबारका केही खबरलाई आधार बनाएका थिए। तिनले आधार बनाएका खबरमा यस्तो थियो :
  •   प्रेमीले पहिले प्रेमिकाको निधारमा चुमेको थियो। फूलैफूलको जंगलबीच प्रेमिकाले आँखा बन्द गरेकी थिई। त्यही बेला वर्षौंदेखिको पि्रय प्रेमिकाको चाक्लो निधारमा एउटा गोली खर्चेर उसले प्रेमिकाको हत्या गरेको थियो। प्रहरी बयानमा उसले भन्यो, "म उसको प्रेममा पागल छु। म यति धेरै उसलाई मन पराउँछु कि आफूलाई पनि त्यति माया गर्दिनँ। तर, उसले मलाई बुझिन। मेरो भावनामाथि खेलबाड गरी।
  •   एक थान गोलीले छाती चुमेपछि व्यापारी सडकमै डङ्ग्रङ्ङ लड्यो। त्यसपछि उसको आत्मा शरीरबाट मुक्त भयो। सहरको एउटा अज्ञात समूहले घटनाको जिम्मेवारी लिँदै भन्यो, 'चन्दा नदिनेलाई हामी यसैगरी गोलीले भगवान्को नजिक पुर्‍याउँछौँ।'
  •   परीक्षामा चिट चोर्न नदिने शिक्षकलाई एउटा विद्यार्थीले केहीबेरको भनाभनपछि कम्मरपछाडि लुकाएको कटुवा पेस्तोल निकालेर एक गोली हानेको थियो। जसको प्रहार यति कठोर भयो कि शिक्षकले फेर िचिट नचोर भन्ने नैतिक पाठ सिकाउने अवसर नै पाएन। भाग्दै गर्दा स्कुल चौरमा विद्यार्थीले भन्यो, "चोर्न पाउनु मेरो नैसर्गिक अधिकार हो। हेरौँ कसले चोर्न दिँदैन!"
  •   श्रीमतीले पूर्वप्रेमीको आग्रहमा श्रीमान्लाई आफ्ना कोमल औँलाले स्टिगर दबाएर कन्चटमा प्रहार गरी। सधैँ आफूसित नांगै घन्टाँै मडारनिे ओच्छ्यानमा श्रीमान्ज्यूको शरीर पछारएिको थियो। असहज महसुस नगरी सारी सम्हालेर श्रीमतीले लोग्नेको घर छाडेकी थिई। त्यसपछि उसले भनी, "म बन्धनमुक्त भएकी छु। अब जोसुकैलाई चुम्न, हेर्न र छुन स्वतन्त्र छु।"
  •   ओम माने पद्मे हुम्... मन्त्र जप्दै गुम्बाअघि हिँडेको एउटा भिक्षुलाई स्वयम्भूको जंगलनजिकै केही लुटेराले गोली हाने। उसको गेरु झोला खोसे। झोलामा बुद्धका वाणीहरू भएको एउटा पुस्तक थियो। भुइँमा उसको टाउको गोलीले धोद्रो पारेको थियो। तिनले भिक्षुको हातको माला पनि खोसे। त्यसपछि माला जप्दै स्वयम्भूका मानेहरू घुमाउँदै लुटेराहरू मन्त्रोच्चारण गर्दै थिए, 'बुद्धम् शरणम् गच्छामि।'