- अनमोलमणि
खुँडे जुन आकाशमा विस्तारै देखियो।
मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’
मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए।
ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो।
ऊ अझै चुपचाप थियो।
मैले दुवै गिलासमा आधा आधा हृवीस्की लगाएँ। र छेवैको वोतलबाट पानी खन्याएँ। उसले आफ्नो बोतलमा पानी नभर्न भन्यो।
‘पानी नहाली पिउँदा बढी कडा हुन्छ नि।’
‘केही छैन मैले धेरै कडा चिज पचाइसकेको छु।’
मैले ओठ छुवाएर अलिकति पिएँ। स्न्याक्सको एक टुक्रा चपाएँ। उसले घुटु घुटु तीन चार मुख लिएर गिलास झण्डै रित्यायो। मैले खाली हुँदै गएको गिलास फेरि आधा भरिदिएँ।