अनमोलमणि पौडेल
तिनको कसुर यति थियो, उनीहरू प्रेमीसित त्यहाँ आए । पशुपतिको एकान्तमा जोडी भएर बसे । कंक्रिट चिहानले उजाड बन्दै गएको श्लेषमान्तक हेर्दै सुन्दर र हराभरा भविष्यको कल्पना गरे । अल्छेलाग्दो गरी बगेको वाग्मती साक्षी राखेर प्रेमिकालाई अँगालो हाले । निधार, ओठ र गालामा प्रेम स्पर्श गरे । आँखामा आँखा गाडेर हेरे, जहाँबाट प्रेमीहरूलाई मुटुसम्म जाने बाटो पहिल्याउन सजिलो हुन्छ ।

तिनलाई लागेको अभियोग हो, पशुपतिनाथ साक्षी राखेर तिनले प्रेम प्रदर्शन गरे । त्यसका लागि एकान्त खोज्दै किरातेश्वर, श्लेषमान्तक र त्यस वरपरका देवलका खोपीमा ढेसिएर कमजोर र उराठ बन्दै गएको सहरी जीवनको दिक्दारीबाट एकछिन सुस्ताउन खोजे । सबै हिसाबले विघटनको संघारतिर लम्किँदै गरेको समाजले सिर्जेका प्रेमभोकलाई तिनले त्यो एकान्तमा पोख्न खोजे ।