Sunday, January 29, 2012

नबिर्सिने ती दिनहरु


  • अनमोलमणि पौडेल


२०४९ सालको मंसिर महिना । मेरो हातमा थियो, कक्षा ५ मा दुई विषय फेल भएको एउटा झुत्रो मार्कसिट र चारित्रिक प्रमाणपत्रको चिर्कट्टो । जीउमा थियो मैलि“दै गएको आकाशे रंगको सर्ट, गाढा नीलो रंगको हाप पाइन्ट र गा“स्दा गा“स्दा गा“स्ने ठाउ“ सकि“दै गएको पुरानो एक जोर हात्ती छाप चप्पल । साथमा थिए मेरो कान्छो मामा पूर्णबहादुर बस्नेत ।
मलाई अहिले पनि पूरापूर याद छ, छतिवनको मेहन्द्र प्रस्तावित माध्यमिक विद्यलाय टेकेको पहिलो दिन । माटोको पुरानो गारोमा प्राथमिक विद्यालयकै बोर्ड झुन्डिएको थियो । ढिस्को मुन्तिर चौर थियो । छेउमा कल धारा । म त्यही चौरमा थिए“ । मैजस्ता केटाकेटीको हुल कल्याङ मल्याङ गर्दै छेउछाउ कुदिरहेका थिए । कोही ट्वा“ परेर यता उता हेर्दै थिए मजस्तै । मेरो मन एक तमासले ढुकढुकिएको थियो ।
‘पढाइ त कमजोर रहेछ’, मेरो जम्लेहात नमस्कारको त्यतिविग्नै वास्ता नगरेर ढाकाटोपी र चस्मा लगाएका सर बोले, ‘ल यहा“का विद्यार्थीले ल्याएको नम्बर हेर । यहा त एक से एक छन् । यहा पढ्ने भए तिमीले धेरै मेहनत गर्नु पर्छ । कम्पिटिशन गर्न सक्छौ ?’ उनले आफ्नो स्कुलबाट कक्षा ५ पास भएका विद्यार्थीको नाम अंकित दुई पाने चिरकट्टे म तिर सारिदिए । मैले अमिलो अनुहार पारेर हेरे“मात्रै । सबै पढ्ने मेरो ह्याउ थिएन ।
उनी थिए माध्यमिक तहका लागि प्रस्तावित महेन्द्र प्राथमिक विद्यलायका प्रधानाध्यापक जनार्दन खनाल सर । ‘तिम्रो त अंग्रेजी पनि राम्रो छैन, गणित पनि राम्रो छैन, डिभिजन पनि राम्रो छैन । यहा“ सबैको फस्ट डिभिजन छ’, जनार्दन सरले यसो भनेको मलाई हिजैजस्तो लाग्छ । उनले सोधेका थिए, ‘अंग्रेजीमा आफ्नो नाम लेख्न आउछ ?’ यो प्रश्नको उत्तर दिन नसकेर मैले कोठाको सिलिङमा आखा डुलाएको थिए“ ।
अंग्रेजीको ‘अ’ पनि नआउने मेरो डरको पारो बढेर त्यसपछि उच्च भएको थियो । मलाई  त अंग्रेजीमा नाम लेख्न आउ“दैन थियो । म नबोली बसेपछि शायद जनार्दन सरले मेरो कमजोरी बुझे र लेख्न लगाएनन् । त्यतिमात्रै होइन मलाई डिभिजन भनेको के हो थाहा थिएन, समुतीर्ण र विषय लागेर उत्तीर्ण भएको भनेको के हो थाहा थिएन । अंग्रेजी र गणित जान्नु त कता हो कता ? अहिले सम्झिन्छु, मलाई कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा कसरी पास गराइदिएछन् कुन्नि ? (पास गराउने मनकारीलाई धन्यवाद ।)
करिब १५ मिनेट मेरो मार्कसिट र अनुहार बराबर हेरेर जनार्दन सरले महेन्द्र माविको ढड्डामा मेरो नाम चढाए । स्कुलको कुनै कुनामा धूलो मैलो भएर त्यो ढड्डा कतै लडिरहेको होला । भर्ना वापत २० या २५ रुपैया पैसा लिए । मामाले त्यो पैसा भुक्तानी गरे । किन्नु पर्ने किताबको लिस्ट दिए । पुस २ गतेदेखि स्कुल आउनु भने । त्यतिबेला नया शैक्षिकसत्र पुसदेखि सुरु हुन्थ्यो ।
यसरी एउटा कमजोर विद्यार्थी माध्यमिक तहको पहिलो ब्याचका रुपमा ‘महेद्र प्रस्तावित मावि’मा कक्षा ६ को विद्यार्थी भयो । मेरो रोल नम्बर धेरै पछि थियो ३७ वा ४३ अहिले भुले“ । भर्ना भएपछि मनमा खुसी र त्रास एक साथ मडारिएर आयो । एक मनले भन्यो, ‘केटा अब ६ कक्षा पुगिस् ।’ अर्को मनले सोच्यो, ‘यहा एक से एक जान्नेहरु पढ्दा रैछन्, त लद्दु सकिने भइस् अब ।’